×

NMB BANK
NIC ASIA

तराईका जिल्लामा होलीको रौनक चलिरहेको छ । तराईमै पर्ने मोरङको केराबारी–१ पाटीगाउँका स्थानीय वासिन्दालाई होलीले खासै छुँदैन । कारण एउटै छ – शरीरमा लागेको रंग पखाल्ने पानीको अभाव छ । 

Muktinath Bank

स्थानीयले होली खेल्नुअघि लुगा र शरीर सफा गर्ने पानीलाई सोच्नुपर्छ । सबैतिर चाडपर्वको रौनक बढिरहँदा आकाश धमिलो छ/छैन भनेर हेर्ने गरेको मनकुमारी राईले बताइन् । चाडपर्व समेत राम्ररी मनाउन नपाउँदा स्थानीयहरू नेताले गरेका वाचा सम्झछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावैपिच्छे ‘घरघरमा पानी’ पुर्‍याउने नारा सुन्ने गरेका स्थानीयका लागि फेरि त्यहीँ वाचा सुन्न पनि अब धेरै दिन बाँकी छैन, किनकि स्थानीय चुनाव आउँदैछ तर पानी अझै आएको छैन । स्थानीयकै भोटले जितेर नेताहरू मेयर, उपमेयर, सांसद हुँदै मन्त्रीसम्म बनेका छन् तर मतदाताको पीडा उस्तै छ । 


Advertisment
Nabil box
Kumari

खाद्यान्नजस्तै खानेपानीको जोहो गरेर जीवन  बिताउनुपरेको संगीता राई बताउँछिन् । ‘असारदेखि भदौ–असोजसम्म प्रशस्त मनसुनी वर्षा हुने गर्छ । त्यही  मनसुनी वर्षाको पानी संकलन गरेर प्रयोग गर्छाैं,’ उनले भनिन्, ‘आकाशबाट परेको पानी कोक, फेन्टा, पेप्सी लगायतका प्लास्टिकका बोतलमा संकलन गरेर पछि प्रयोग गर्छाैं ।’

Vianet communication
Laxmi Bank

१ नम्बर वडाको माथिल्लो टोलमा पानीको धेरै समस्या छ । २०० भन्दा बढी परिवारले खानेपानीको समस्या भोग्दै आएका छन् ।

‘आकाशे पानीको भरले मात्रै थेग्न नसक्ने अवस्था बनेपछि ट्रयाक्टरलाई पैसा दिएर पानी ल्याउनुपर्छ । प्रतिलिटर ३ रुपैयाँ तिरेर गाउँभन्दा तलबाट कुवाको पानी ल्याएर खाने गरेका छौं,’ वडा सचिव मिकल राईले भने ।

गाउँभन्दा मुनि पानीको मुहान भएका कारण जनताले समस्या भोग्नुपरेको वडाध्यक्ष चन्द्रसिंह लिम्बुले बताए । ‘काली दह र टुकटुक दह गाउँभन्दा धेरै तल छ,’ उनले भने, ‘घरघरमा धारा पुर्‍याउनका लागि काम थालिएको छ । लिफ्टिङ गरेर पानी माथिल्लो गाउँमा लैजानका लागि काम भइरहेको छ ।’

उपाध्यक्षले दिइन् ‘हिल ट्यांक’

साविकको केराबारी, यांसिला, पाटी र सिंहदेवी मिलेर केराबारी गाउँपालिका बनेको हो । गत स्थानीय तह चुनावमा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट रोहितबहादुर कार्की र उपाध्यक्षमा नेकपा एमालेका तर्फबाट शान्ति भुजेल निर्वाचित भएकी हुन् ।

निर्वाचित भएपछि योजनाको अनुगमनको सिलसिलामा उपाध्यक्ष भुजेल पाटी गाउँ पुगिन् । ‘योजना अनुगमन गर्न जाँदा प्लास्टिकका बोतलमा पानी हालेको देखेपछि मैले चासो दिएर सोधें,’ उनले भनिन्, ‘त्यसपछि मात्रै पानीको चरम अभाव रहेछ भन्ने कुरा थाहा पाएँ ।’

स्थानीय महिला दिदीबहिनीको पीडा सुनेपछि विभिन्न तालिम र भ्रमणका लागि छुट्याएको बजेट काटेर गाउँमा ‘हिल ट्यांक’ किनिदिएको उनले बताइन् । ‘हिल ट्यांक’ भएपछि केही सहज भएको मनकुमारीले बताइन् ।  

मन्त्री भन्छन् – चालू आर्थिक वर्षभित्रै पानी पुग्छ 

साविकको पाटी गाउँ हालको केराबारी गाउँपालिका १० वर्षे जनयुद्धको समयमा माओवादीको ‘सेल्टर एरिया’ थियो । माओवादीका अध्यक्ष प्रचण्डदेखि थुप्रै नेताहरू गाउँमा आउने गरेका थिए । द्वन्द्वको समयमा ‘सेल्टर’ बनाएर बस्नेहरू नै सत्तामा पुग्दा समेत गाउँका जनताले पेटभरि पानी खान पाएका छैनन् ।

मोरङको १ नम्बर निर्वाचन क्षेत्रमा गर्ने पाटी गाउँका बहालवाला प्रतिनिधिसभा सांसद एमालेका घनश्याम खतिवडाले समेत समस्या समाधानमा खासै काम गरेका छैनन् । उनी आफैं मन्त्री नभए पनि उनको पार्टी सरकारमा हुँदा समेत उनले खासै चासो दिएनन् ।

प्रदेशमा पाटी गाउँकै जनताले दिएको मतका कारण प्रदेश सांसद बनेका उपेन्द्र घिमिरे मन्त्री नै बने । यातायात तथा सञ्चारमन्त्री भएका घिमिरेले खानेपानी सबडिभिजनमार्फत गाउँको पुच्छर भागसम्म पानी पुर्‍याइसकिएको बताए । ‘गाउँको सिरानमा ट्यांकी समेत निर्माण भइसकेकाले अब लिफ्टिङ गरेर चाँडै पानी पुर्‍याइने छ,’ उनले भने ।

तताएर मात्रै पानी खान विज्ञको सुझाव 

चिकित्सकहरूले आकाशबाट झरेको पानी सोझै नखान स्थानीयलाई सुझाव दिएका छन् । आकाशबाट झरेको पानी खाँदा धेरै समस्या उत्पन्न हुने कोशी अस्पतालका डा. रोशन खड्का बताउँछन् । झाडापखाला, वान्ता हुने, टाइफाइट हुने जस्ता रोगहरू लाग्न सक्ने उनले बताए । प्लास्टिकको बोतलमै कीटाणु हुनसक्ने भएकाले पानी उमालेर मात्रै खान खड्काले सुझाव दिए ।

आकाशबाट धुलोधुवा तथा कीटाणुहरू मिसिएको पानी पर्ने भएकाले नतताई खाँदा छिट्टै बिरामी बनाउन सक्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x