×

NMB BANK
NIC ASIA

बुटवलमा विक्रम् संवत् २०२० सालतिर केआर फोटो सेन्टर खुबै प्रख्यात थियो । त्यसका सञ्चालक थिए केशवराम श्रेष्ठ ।

Muktinath Bank

श्रेष्ठले सम्भवतः पश्चिम क्षेत्रमै पहिलोपटक बुटवलमा व्यावसायिक रूपमा क्यामेरा चलाएर फोटो खिच्ने कामको शुरूआत गरेका थिए । त्यो बेला केशवको क्यामेरा एकछिन पनि रोकिन पाउँदैनथ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केशवका बुवा जगत काठमाडौंबाट घुम्दैफिर्दै २००० सालतिर बुटवल झरेका थिए । जगत बुटवलमा सरकारी जागिरे बने ।


Advertisment
Nabil box
Kumari

उनले बुटवलमै स्थायी रूपमा बसोबास थाले । व्यवसाय गर्ने मनसाय भएका केशवलाई पाल्पाका गंगाप्रसाद श्रेष्ठले क्यामेरा र फोटो व्यवसायीमा लाग्न प्रेरित गरे । केशवले अनि लाहुरेहरूले विदेशबाट ल्याएका क्यामेरा किनेर बुटवलमा व्यावसायिक फोटो खिच्ने पेशा अँगाले । त्यो बेला पनि लाहुरेसँग ५–६ हजार रुपैयाँमा क्यामेरा किन्नुपर्थ्यो । अहिलेजस्तो सहजै क्यामेरा किन्न पाइँदैन्थ्यो ।

Vianet communication
Laxmi Bank

केशवले ३० वर्ष फोटो खिचे । २०४८ सालमा उनको निधन भयो । केशवको त्यो व्यवसायलाई छोरा कृष्णकुमार श्रेष्ठले निरन्तरता दिइरहेका छन् । बुवासँगै २०३५ सालदेखि फोटो खिच्न थालेका कृष्णले हालसम्म पनि त्यसैलाई निरन्तरता दिइरहेका छन् । 

कृष्णका झण्डै ४ दशक क्यामेरामै बिते । बुवाजस्तै कृष्णले पनि क्यामेरालाई सबथोक मानेका छन् । बुटवलमा जन्मे–हुर्केका उनी बुवासँगै नजानिँदो रूपमा फोटोग्राफीतिर मोहित हुँदै गए । भोगाइ र लगनशीलता उनका गुरू भए ।

बुवा निधनपछि कृष्णले पेशालाई केही परिमार्जित गरे । फोटो खिच्नेसँगै फोटोहरू धुलाइ गर्ने ‘कलर ल्याब’ पनि २०५० सालदेखि शुरू गरे । बुटवलको अमरपथमा उनको शिद्धबाबा कलर ल्याब छ । 

३५ वर्षभन्दा बढी समयको निरन्तर मेहनतले उनलाई क्यामरामा देखिने फोटो र ल्याबका फोटो खिच्न र धुलाइ गर्न मात्र सिकाएको छैन, क्यामेराका समस्या समाधानदेखि काम गर्दागर्दै उनले स्टुडियोमा पुराना क्यामेराको संग्रालय नै बनाउन सकिने गरी सबै सामग्रीको संकलन गरेका छन् ।

कुनै बेला कृष्ण भर्भराउँदा फोटोग्राफरमध्ये पर्थे । अहिले पनि त्यस्तै जोशजाँगर उनीसँग छ । ‘फोटोग्राफी लगाव चाहिने काम हो । त्यसका साथै फोटोग्राफीमा अझ बढी धैर्य र मेहनत आवश्यक हुन्छ,’ उनले भने ।

उनीसँग यस्ता धेरै स्मृति छन् । तस्वीर खिच्दाका सास्ती र त्यसभित्रको रोमाञ्च भरपुर छ । कृष्णले कतै आवद्ध नभई स्वतन्त्र रूपमा फोटोग्राफी गर्दै आएका छन् । उनले खिचेका तस्वीर थुप्रै सरकारी कार्यालयमा भरिएका छन् । हजारौंका नागरिकतामा छापिएका छन्, लाखौंका लालपूर्जामा छापिएका छन् । उनले खिचेका तस्वीर विभिन्न संघसंस्थाका पुस्तक, इन्टरनेट जताततै छाएका छन् ।

त्यो बेला एनालग (रिलवाला), बक्स क्यामेरा लगायतका क्यामेराबाट फोटो खिचिन्थ्यो । ‘फोटाहरू सबै ‘ब्ल्याक एण्ड ह्वाइट’ हुन्थे, अहिलेजस्तो कलर फोटो खिचिँदैनथ्यो । कलर फोटो धुलाइ गर्न हङकङ पठाएर धुलाइ गरी ल्याउनुपर्थ्यो । जसका लागि १ देखि डेढ महिना लाग्थ्यो,’ कृष्ण भन्छन् । 

त्यो बेला फोटोको क्रेज खुबै थियो । फोटो धुलाएपछि मात्र कस्तो आएछ भनेर देख्न पाइन्थ्यो । अहिले जस्तो मोबाइल र क्यामेरामा खिच्ने बित्तिकै तत्काल हेर्न मिल्दैन्थ्यो । जसले गर्दा फोटोप्रति खुब रुचि रहेको कृष्ण बताउँछन् । 

कृष्णको फोटोग्राफीसँगै ल्याबतिरको भोक अझै घनिभूति छ । कृष्णको क्यामेरा र ल्याबले धेरैलाई सजाएको छ । भिन्न र कलात्मक तरिकाबाट फोटो खिच्ने कृष्णको चिनारी छ । 

‘अहिले लाखौं मूल्यमा डीएसएलआर क्यामेरा आएका छन् । महंगो क्यामेरा हुँदैमा राम्रो फोटोग्राफी हुँदैन । फोटोमा मस्तिष्क जोडिनुपर्छ, त्यसै राम्रो हुन्छ,’ कृष्णले भने । 

कृष्णको ३ पुस्ता फोटोसँगै जोडिएको छ । फोटो नै उनको उद्यम बनेको छ । ‘खिच्दा बजारले कस्तो रुचाउँछ भनेर सोच्दैनन् । जस्तो दृश्य आँखामा नाच्छ, त्यस्तै क्यामेरामा सजाउँछन्,’ कृष्ण भन्छन् ।

कृष्णका छोराहरू पनि अहिले फोटोसँगै जोडिएका छन् । अहिले फोटोमै उनको ३ पुस्ता जोडिएको छ । पछिल्लो समय फोटो पेशा नै लोप हुने अवस्थामा पुगेको भन्दै कृष्ण चिन्तित छन् । सबै क्षेत्र डिजिटल बन्दै गएको छ । सबै व्यक्तिका हातहातमा महंगा–महंगा मोबाइल छन् । घरघरमा लाख मूल्यभन्दा बढीका क्यामेरा छन् । जसले गर्दा फोटो पेशा लोप हुने डर उनलाई छ ।

‘सरकारी कार्यालय प्रयोजनका लागि पनि मानिसहरू फोटो खिच्थे,’ कृष्ण भन्छन्, ‘कार्यालयहरूले पनि ठाउँको ठाउँ खिच्छन् । प्रिन्ट फोटो आवश्यक पर्दैन । फोटोहरू खिचेर संग्रह गर्ने बेला गयो । पछिल्लो समय त मृत्यु भइसकेका व्यक्तिको मात्र फोटो प्रिन्ट हुने हो कि भन्ने जस्तो लाग्न थाल्यो । अरु सबै डिजिटल बनिसक्यो ।’

उनी कहाँ ४० वर्ष पुरानासम्म क्यामेरा छन् । जसलाई उनले संग्रह गरेर राखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x