×

प्रधानमन्त्रीको भारत भ्रमण : संयुक्त वक्तव्य जारी गर्न भारतले किन गर्‍यो इन्कार ?

चैत २३, २०७८

तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन ।

नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष÷राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य जारी हुन्थ्यो । सो वक्तव्यलाई नेपाल र भारतका विदेश मन्त्रालयले जारी गर्ने गरेकोमा योपटक भने प्रधानमन्त्री देउवाको भारत भ्रमणमा वक्तव्य जारी हुन सकेन ।


Advertisment

प्रधानमन्त्रीको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन नसकेको यो पहिलोपटक भने होइन । यसअघि केपी शर्मा ओली सन् २०१६ मा पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमण गरेका बेलामा पनि भारतले संयुक्त वक्तव्य जारी गर्न अस्वीकार गरेको थियो । त्यतिबेला भारतले नेपालले जारी गरेको संविधानको केही बुँदामा असहमति राख्दै आएको थियो ।


Advertisment

भारतले योपटक संयुक्त वक्तव्य जारी गर्न नमान्नुको कारण भने नेपाल–भारतबीच देखिएको सीमा विवाद हो । सीमा विवादको विषय संवादमार्फत हल गरिनुपर्ने कुरा नेपालले उठाएपछि भारतले आफू अनुकूल नहुने भन्दै वक्तव्य जारी गर्न नचाहेको हो । भ्रमण दलबाट फर्किएको परराष्ट्रका अधिकारीका अनुसार नेपालले सीमाको विषय उठाएपछि भारतले अहिलेलाई वक्तव्य जारी गर्ने मनसाय नदेखाएको हो ।

देउवा अघिल्लोपटक प्रधानमन्त्रीका रूपमा सन् २०१७ मा भारत भ्रमणमा जाँदा पनि संयुक्त वक्तव्य जारी भएको थियो । देउवापछि दुई तिहाइ मतसहित प्रधानमन्त्री भएका ओलीको भारत भ्रमणमा पनि दुवै देशले सहमति भएका विषय समेटेर संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री देउवाले हाल देखिएको सीमा विवादको समस्या हल हुनुपर्ने भारतीय समकक्षी नरेन्द्र मोदीसँग राखेपछि भारतले सो विषयमा मौनता साँधेको हो । सीमा समस्या सुल्झाउने विषयमा भारत संवादका लागि अझै तयार देखिएको छैन । देउवाले संयुक्त पत्रकार सम्मेलनमै सीमा विषयमा छलफल भएको जानकारी गराए पनि मोदी मौन रहँदा सो विषयले प्राथमिकता पाउन सकेन । यद्यपि, नेपालले भने सीमा समस्या हल गर्ने विषयमा भने जोड दियो ।

सीमा समस्याको विषयमा भारतले मौनता साँधे पनि अन्य द्विपक्षीय विषयमा दुवै मुलुक सहमत भएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ऊर्जा क्षेत्रमा मिलेर सहकार्य गर्नेसम्बन्धी भिन्दै ६ बुँदे वक्तव्य नेपाल र भारतले शनिबार जारी गरेको थियो । तर, सो सम्झौता पनि सहकार्य भन्नेमा मात्रै सीमित छ ।

योपटक प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतका विदेश मन्त्रालयले आफ्नै तरिकाले वक्तव्य जारी गरेका थिए । नेपालले सीमाको विषयमा पनि छलफल भएको उल्लेख गरेको छ भने भारतीय विदेश मन्त्रालयले भने सीमा विवादको कुरा उठाएको देखिँदैन ।

यता परराष्ट्रमन्त्री नारायण खड्काले भारत भ्रमण पूरा गरेर स्वदेश फर्किए लगत्तै गरेको पत्रकार सम्मेलनमा आआफूले विज्ञप्ति जारी गर्ने समझदारी भएको बताएका थिए । उनले भारतसँग सम्बन्ध प्रगाढ भएको र आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा सहमति भएको बताएका थिए । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x