×

राप्तीमा ड्याम निर्माण हुँदै

चैत २३, २०७८

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल लगाउने काम अगाडि बढेको छ ।

पूर्वी चितवनमा राप्ती नदीको कटान र डुबानले मानवबस्ती जोखिममा रहने भएपछि स्थायी समाधानका लागि पक्की पर्खाल लगाउने काम अगाडि बढेको हो ।


Advertisment

आर्थिक वर्ष ०७७/७८ को साउनबाट निर्माण कार्य शुरू भएको परियोजना सम्पन्न भएपछि नदी कटान समस्या समाधान हुने नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रवीन्द्रबहादुर थापाले जानकारी दिए।


Advertisment

बहुवर्षे कार्यक्रमअन्तर्गत नदी नियन्त्रणका लागि अहिले काम भइराखेको छ ।

लोथरदेखि सौराहाको हात्ती प्रजनन केन्द्रसम्मको २६.८ किलोमिटर लम्बाइ भएको ड्याम नेपालमा नै पहिलो संरचना हुने प्रमुख थापाले बताए । ढुङ्गाको तारजाली भएका ड्याम धेरै स्थानमा छन्, उहाँले भन्नुभयो, ‘ती ड्याम लामो समयसम्म टिक्न सक्दैन, अब यस्ता आरसीसी ड्यामले दीर्घकालीन समाधानको काम गर्दछ । ’

लोथरदेखि सौराहासम्म निर्माण हुने पर्खालको उचाइ छ मिटरको हुनेछ । माथि करिब छ मिटरको चौडाइ फराकिलो सडक निर्माण हुने भएकाले वैकल्पिक राजमार्गका रूपमा रहनेछ । चितवन राष्ट्रिय निकुञ्जको नजिकबाट सौराहा लोथर सडक भएकाले छिटो यात्रा गर्नसकिने, नदी कटान समस्या समाधान हुने उनले जानकारी दिए।

चार अर्ब २८ करोड रुपियाँ बराबरको लगानीमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने यो परियोजनाको काम गत वर्षबाट शुरू भएको हो । सुरुमा एक करोड रुपियाँ विनियोजन भएको यस योजनामा हरेक वर्ष बजेट वृद्धि गर्दै लैजाने गरी बजेट सुनिश्चित भएको नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए।

पहिलो वर्ष थोरै बजेट आएकाले काम धेरै हुन सकेको छैन अब बजेट वृद्धि भएर आएपछि निर्माणले तीव्रता पाउँछ । कार्यालय प्रमुख थापाका अनुसार बहुवर्षे योजनाअनुसार सरकारले प्राथमिकताका आधारमा अब बजेट वृद्धि गर्दै लैजाने छ । ड्याम निर्माण सम्पन्न भएपछि पर्यटकीय क्षेत्र सौराहा कटान समस्या समाधान हुनेछ ।

पूर्वी चितवनवासीलाई सधैँ राप्ती नदी कटानको समस्याले सताउने गरेको थियो राप्ती नगरपालिकाका स्थानीय घनश्याम कँडेलले भने, ‘यो निर्माण सम्पन्न भएपछि नदी नियन्त्रण मात्र होइन, आयआर्जनको बाटोसमेत बन्नेछ । ’ ड्यामसँग सडक निर्माण हुने भएकाले त्यस क्षेत्रको आर्थिक गतिविधि वृद्धि हुने उनले बताए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ड्याम निर्माणले सौराहा क्षेत्रको पर्यटकीय गतिविधि लोथरसम्म जाने बताए । सौराहाका पर्यटन व्यवसायी माधव दवाडीले भने, “बाढी र नदीले गर्ने कटानको कारण हरेक वर्ष त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ भन्ने विश्वास लागेको छ । ” निर्माण कार्य छिटो भएमा पूर्वी चितवनवासीले राहत पाउने उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x