२३ असार २०८३, मंगलबार

युवामा 'साल्सा’ क्रेज

चैत २३, २०७८
युवामा 'साल्सा’ क्रेज

साल्सा नृत्य (डान्स)ले नेपाली युवकयुवतीबीच महत्वपूर्ण स्थान पाएको छ ।  

केही  समययता  देशका  मुख्य  सहरमा साल्सा  डान्स  गर्ने  तथा  सिक्ने  लहर  नै  चल्न थालेको  छ ।

कुनै  खास  कार्यक्रममा  मात्र  स्थान पाउने यो नृत्य अहिले विवाहको पार्टीदेखि अन्य रमाइला अवसरमा समेत देखापर्न थालेको छ ।

आफ्नो व्यक्तित्व विकासका लागि पनि साल्सा नृत्यको  प्रशिक्षण  लिने  साल्सा  डान्स  एकेडेमीका प्रशिक्षक   विनायकदास   श्रेष्ठले   बताए ।

साल्सा डान्सले समयसँगै अघि बढ्न सहयोग गर्ने, मानिसलाई  स्वस्थ  राख्नुका  साथै  अनुशासितसमेत बनाउँछ ।

उनले भने, 'साल्साको अन्तर्राष्ट्रिय कोर्स १५० घण्टाको हुन्छ । ”

यता,  फेसन  डिजाइनर  आकृति  महाजनले साल्सा  सिक्न  थाल्नुभएको  पाँच  महिना  भयो । भद्दा हुँदै गएको शरीर तन्दुरुस्त राख्न उहाँले यो नृत्यलाई रोजेको बताए । करिअरलाई अझ उचाइ  दिन  ।।।फिट  एन्ड  फाइन’  रहनु  आवश्यक रहन्छ ।  उनले  भने,  'जुम्बा  सिक्न  भनेर आएको   तर   साल्साको   क्लास देखेपछि  उतै  मोडियो ।”  

पार्टनरसँग  मिलेर गरिने  नृत्य  हो–  साल्सा ।  यो  एक्लै  गर्न मिल्दैन ।  जोडीमा  गरिने  नृत्यले  आफ्नो व्यक्तित्व विकास गर्नेमा ढुक्क छन्।

उनले  थपे,  'बिहान  चाँडै  उठ्ने र  दिनभर  दौडधुप  गर्ने  हाम्रो  दैनिकी छ । त्यसबाट बचेको समयमा केही नयाँ र भिन्न कुरा सिक्नु व्यक्तित्व विकासका लागि उपयोगी छ । ”

अफ्रिकी    मुलुकबाट    सुरु भएको  मानिने  साल्सा  दक्षिण  अमेरिका  पुगेर संसारभर  फैलिएको  मानिन्छ ।  यसमा  ल्याटिन अमेरिकी  सङ्गीत  नै  हाबी  हुन्छ ।  केटाले  'लिड’ र  केटीले  त्यसको  'फलो’  गर्छन् ।  

जोडीविना साल्सा  नृत्य  गर्न  मिल्दैन ।  नेपालमा  साल्सा डान्स   विनायकदास   श्रेष्ठले   भित्र्याएका हुन् ।

 'कङ्गोलगायत  अफ्रिकी  मुलुक  र  ल्याटिन अमेरिकाको संस्कृति सम्मिश्रण हुँदै फैलिँदा यसले संसारभर ख्याति कमाएको छ,” श्रेष्ठ भन्छन्। सन्   १९९५   मा   जर्मनीका   आन्द्रियाज लर्जले  विदेशीलाई  सिकाइरहेको  ठाउँमा  श्रेष्ठ पनि   साल्सा   सिक्न   थपे ।

त्यसपछि   स्पेन   र   जर्मनी   गएर प्रशिक्षण लिई सन् २००४ देखि काठमाडौँमा  साल्सा  सिकाउन थालेका हुन् ।  त्यतिबेला यो  नेपालमा  नृत्यको  नयाँ विधा   थियो ।

शुरूमा पाँच  प्रतिशत  नेपाली र   ९५   प्रतिशत विदेशीले  सिक्थे । अहिले भने  ९९  प्रतिशत नेपाली र एक प्रतिशतमात्र विदेशी प्रशिक्षार्थी हुने गरेको श्रेष्ठले बताए ।

प्रशिक्षार्थीको  उमेर  समूह  २०  देखि  ४० वर्षको हुन्छ । साल्सामा दुईवटा अभ्यास हुन्छ– 'थिम पार्टी’ र 'सोसल’ ।

यसबीचमा करिब सात हजारले  साल्सा  सिकेको  श्रेष्ठले  बताए । तर,  तीमध्ये  अधिकांशले  प्रारम्भिक  चरणको कोर्समात्र  गरेका  छन् ।  

एड्भान्स  कोर्समा  कमै पुग्ने  गरेका  छन् ।  साल्साले  सामाजिकीकरणमा जोड  दिन्छ,  सोही  कारण  यो  सहरका  व्यस्त मानिसको रोजाइ बन्न थालेको छ । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्