माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
साल्सा नृत्य (डान्स)ले नेपाली युवकयुवतीबीच महत्वपूर्ण स्थान पाएको छ ।
केही समययता देशका मुख्य सहरमा साल्सा डान्स गर्ने तथा सिक्ने लहर नै चल्न थालेको छ ।
कुनै खास कार्यक्रममा मात्र स्थान पाउने यो नृत्य अहिले विवाहको पार्टीदेखि अन्य रमाइला अवसरमा समेत देखापर्न थालेको छ ।
आफ्नो व्यक्तित्व विकासका लागि पनि साल्सा नृत्यको प्रशिक्षण लिने साल्सा डान्स एकेडेमीका प्रशिक्षक विनायकदास श्रेष्ठले बताए ।
साल्सा डान्सले समयसँगै अघि बढ्न सहयोग गर्ने, मानिसलाई स्वस्थ राख्नुका साथै अनुशासितसमेत बनाउँछ ।
उनले भने, 'साल्साको अन्तर्राष्ट्रिय कोर्स १५० घण्टाको हुन्छ । ”
यता, फेसन डिजाइनर आकृति महाजनले साल्सा सिक्न थाल्नुभएको पाँच महिना भयो । भद्दा हुँदै गएको शरीर तन्दुरुस्त राख्न उहाँले यो नृत्यलाई रोजेको बताए । करिअरलाई अझ उचाइ दिन ।।।फिट एन्ड फाइन’ रहनु आवश्यक रहन्छ । उनले भने, 'जुम्बा सिक्न भनेर आएको तर साल्साको क्लास देखेपछि उतै मोडियो ।”
पार्टनरसँग मिलेर गरिने नृत्य हो– साल्सा । यो एक्लै गर्न मिल्दैन । जोडीमा गरिने नृत्यले आफ्नो व्यक्तित्व विकास गर्नेमा ढुक्क छन्।
उनले थपे, 'बिहान चाँडै उठ्ने र दिनभर दौडधुप गर्ने हाम्रो दैनिकी छ । त्यसबाट बचेको समयमा केही नयाँ र भिन्न कुरा सिक्नु व्यक्तित्व विकासका लागि उपयोगी छ । ”
अफ्रिकी मुलुकबाट सुरु भएको मानिने साल्सा दक्षिण अमेरिका पुगेर संसारभर फैलिएको मानिन्छ । यसमा ल्याटिन अमेरिकी सङ्गीत नै हाबी हुन्छ । केटाले 'लिड’ र केटीले त्यसको 'फलो’ गर्छन् ।
जोडीविना साल्सा नृत्य गर्न मिल्दैन । नेपालमा साल्सा डान्स विनायकदास श्रेष्ठले भित्र्याएका हुन् ।
'कङ्गोलगायत अफ्रिकी मुलुक र ल्याटिन अमेरिकाको संस्कृति सम्मिश्रण हुँदै फैलिँदा यसले संसारभर ख्याति कमाएको छ,” श्रेष्ठ भन्छन्। सन् १९९५ मा जर्मनीका आन्द्रियाज लर्जले विदेशीलाई सिकाइरहेको ठाउँमा श्रेष्ठ पनि साल्सा सिक्न थपे ।
त्यसपछि स्पेन र जर्मनी गएर प्रशिक्षण लिई सन् २००४ देखि काठमाडौँमा साल्सा सिकाउन थालेका हुन् । त्यतिबेला यो नेपालमा नृत्यको नयाँ विधा थियो ।
शुरूमा पाँच प्रतिशत नेपाली र ९५ प्रतिशत विदेशीले सिक्थे । अहिले भने ९९ प्रतिशत नेपाली र एक प्रतिशतमात्र विदेशी प्रशिक्षार्थी हुने गरेको श्रेष्ठले बताए ।
प्रशिक्षार्थीको उमेर समूह २० देखि ४० वर्षको हुन्छ । साल्सामा दुईवटा अभ्यास हुन्छ– 'थिम पार्टी’ र 'सोसल’ ।
यसबीचमा करिब सात हजारले साल्सा सिकेको श्रेष्ठले बताए । तर, तीमध्ये अधिकांशले प्रारम्भिक चरणको कोर्समात्र गरेका छन् ।
एड्भान्स कोर्समा कमै पुग्ने गरेका छन् । साल्साले सामाजिकीकरणमा जोड दिन्छ, सोही कारण यो सहरका व्यस्त मानिसको रोजाइ बन्न थालेको छ । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...
'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...
जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...