×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

कास्कीमा गठबन्धनभित्र रस्साकस्सीः एसले ५० र माओवादीले ४० प्रतिशत भाग खोज्दा कांग्रेस जिल्ल !

चैत २५, २०७८

NTC
Sarbottam
रुपा गाउँपालिकामा चुनावी सभा गर्दै कांग्रेस ।
Premier Steels
Marvel

कास्की जिल्लामा सत्तारुढ दलबीच गठबन्धन गरेर स्थानीय तह चुनावमा जाने निर्णय भएसँगै वडा र पालिका तहका चुनावी प्रचारप्रसार अभियान ठप्प भएका छन् ।

Muktinath Bank

कास्कीका पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संगठन वडासम्मै भए पनि गठबन्धनका अन्य दल नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) को संगठन सबैतिर बनिसकेको छैन । गठबन्धन बनेको अवस्थामा वडामा टिकट पाइने सम्भावना देखिएकाले एस, जसपा र राजमो सम्भावित उम्मेदवारको खोजीमा लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा देशैभर गठबन्धन गर्ने निर्णय गरेपछि कास्कीमा दलहरूले छलफल चलाएका छन् । भागबण्डाको छलफल चल्दा प्रचारप्रसार रोकिएको छ ।


Advertisment
Nabil box
Kumari

‘गठबन्धनका सबै दललाई भाग पुग्ने गरी पालिका तथा वडा विभाजन गर्नुपर्नेछ, त्यसैले केही समय चुनावी कार्यक्रम रोक्न निर्देशन दिएका छौं,’ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने ।

Vianet communication
Laxmi Bank

कांग्रेस कास्कीका अनुसार जिल्लामा नेपाली कांग्रेसको अध्यक्षतामा १० सदस्यीय सर्वदलीय संयन्त्र बनेको छ । संयन्त्रले गठबन्धनको उपयुक्तताका लागि साझेदार सबै दलका मतदाता, आकांक्षीका लागि सामाजिक पृष्ठभूमि सबै कुराको अध्ययन गर्नेछ । यद्यपि हालसम्म  कुनै  गाउँपालिका तथा वडामा गठबन्धन सम्बन्धी छलफल शुरू भएको छैन । वडास्तरका स्थानीय कार्यकर्तासँग छलफल गरी वडास्तरको गठबन्धन सुनिश्चित गरिने जनाइएको छ ।

गठबन्धनका लागि संयन्त्रको बैठक विगत ४ दिनदेखि लगातार बसिरहेको छ तर कुन दलले कति भाग पाउने भन्ने विवादमै बैठक केन्द्रित भएकाले संयन्त्र वडा तहसम्म पुग्न सकेको छैन । 

कास्कीमा पोखरा महानगरपालिकासहित ५ पालिका र ७२ वडा छन् । गठबन्धनको दोस्रो पार्टी माओवादी केन्द्र ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेको छ भने नेकपा एसले अघिल्लो स्थानीय चुनावमा एमालेले करीब दोब्बर  सिट जितेकाले त्यसै हाराहारीमा पालिका तथा वडा पाउनुपर्ने अड्डी कसिरहेको छ ।

अघिल्लो स्थानीय चुनावमा पोखरा महानगरपालिकाका ३३ वडामध्ये २२ वडामा एमालेले जितेको थियो । गाउँपालिकाका ३९ वडामध्ये करीब ७० प्रतिशत वडा एमालेले जितेको छ । ‘उतिबेला एमालेलाई जिताउन हाम्रै उपस्थिति थियो, त्यसैले अहिले पनि ती वडा पायौं भने हामी जित्छौं,’ नेकपा एस कास्कीका इन्चार्ज धनराज आचार्यले भने । आचार्यका अनुसार कास्कीका ५ पालिकामध्ये कम्तीमा १ पालिका पनि नेकपा एसले पाउनुपर्छ । 

नेकपा माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिंह गुरुङको पनि महत्त्वपूर्ण सिट पाउनुपर्ने अडान छ । उनी भन्छन्, ‘पहिले पनि एमालेका लागि महानगरपालिका र अन्य पालिका छाडियो, अहिले छाडिन्न । करीब ४० प्रतिशतकै हाराहारीको सिट हामीले पाउनुपर्छ,’ गुरुङले भने । माओवादी र एसले क्रमशः ४० र ५० प्रतिशत सिटमा भाग खोजेपछि ठूलो दल कांग्रेस ट्वा परेको जिल्लास्तरीय नेता बताउँछन् ।

गठबन्धनको संयन्त्रले स्थानीय स्तरमा पनि संयन्त्र गठन गरी सबै साझेदार पार्टीका उपयुक्त उम्मेदवार खोजी गरिने बताइरहे पनि वडा तह तथा पालिका तहका स्थानीय कार्यकर्ता नेकपा एस लगायतका पार्टीको हकमा जिल्लाले निर्देशन गरेका व्यक्तिलाई नै उम्मेदवार  सिफारिस गर्ने तयारी गरेका छन् ।

‘गठबन्धन सम्बन्धी अहिलेसम्म यहाँ कुनै बैठक त भएको छैन तर कुल दलले कुन वडाको अध्यक्ष पाउने भन्नेबारे निर्णय चाहिँ जिल्लाको निर्देशन अनुरूपकै हुन्छ,’ नेपाली कांग्रेस रुपा गाउँपालिका सभापति बिमलबाबु न्यौपानेले भने ।

गठबन्धनका पाँचै पार्टीका सम्भावित उम्मेदवार वडा तहमा पनि जुटाउनुपर्ने भएकाले उम्मेदवारी सिफारिस गरेपछि मात्र चुनाव प्रचार गर्ने निर्देशन जिल्लाले जारी गरेको भन्दै पालिका तथा वडा तहमा चुनावी कार्यक्रम रोकिएका छन् । यसका लागि नेपाली कांग्रेसको अध्यक्षतामा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र जसपा पार्टीका अध्यक्षसहित सम्बन्धित पार्टीका अन्य केही सदस्य समेत गरी बनेको १० जनाको कार्यदलअनुसारै वडा स्तरमा पनि कार्यदल बनाई गठबन्धन बलियो बनाउने निर्णय जिल्ला तहमा भइसकेको छ ।

कार्यदलले वडास्तरसम्म गठबन्धन कायम गर्नका लागि मतदाता आकलन, पार्टी लोकप्रियता, अघिल्लो स्थानीय तहको मत विश्लेषण गरी छिटोभन्दा छिटो उम्मेदवार निर्क्यौल गर्ने तयारी गरिरहेको कार्यदलका सदस्य तथा नेपाली कांग्रेस कास्कीका सदस्य गंगाधर पराजुलीले जनाए । पराजुली पोखरा महानगरको मेयर पदका दाबेदार हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x