×

कांग्रेसले सरकारमा भाग खोज्दा नेकपा एसलाई धक्का !

चैत २६, २०७८

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ ।

केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो ।


Advertisment

यसअघि सत्तारूढ दलहरू कांग्रेसलाई सत्तामा सहभागी गराउने पक्षमा थिएनन् । कांग्रेस प्रदेश सरकारमा सहभागी भएसँगै नेकपा एकीकृत समाजवादी (एस) मा चरम विवाद उत्पन्न भएको छ ।


Advertisment

शुक्रवार अबेर मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका डा. रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानूनमन्त्री, गोविन्द बोहरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आर्थिक मामिलामन्त्रीमा एसका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाइएको छ । उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको छ ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन् ।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छन् भने अमर साउँद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ । नवनियुक्त मन्त्रीलाई शपथ खुवाइएको छ ।

शपथग्रहण कार्यक्रममा नेकपा एसका अधिकांश मन्त्री तथा सांसद अनुपस्थित भएका थिए । निवर्तमान आन्तरिक मामिल तथा कानुनमन्त्री पूर्णा जोशीले पार्टीले सबैले मन्त्रीले सामूहिक राजीनामा दिने निर्णय गरेको तर संसदीय दलका नेता दीर्घ सोडारीले त्यो निर्णयको कार्यान्वयन नगरेको बताइन् । उनले भनिन्, ‘पार्टीको निर्णय नमान्नेलाई पार्टीले के गर्छ हेर्न बाँकी छ ।’

पार्टीको निर्णय नमानेको आरोप लागेको भौतिक पूर्वाधारमन्त्री तथा संसदीय दलका नेता दीर्घ सोडारीले भने त्यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।

स्थानीय चुनावमा केन्द्रको गठबन्धन सुदूरपश्चिममा असर पर्ने भएपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको जनाएको छ । प्रदेश सभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का जना सांसद छन् । अब सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भएको छ ।

एकीकृत समाजवादीले भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी बाहेकलाई हेरफेर गरे पनि माओवादी केन्द्रले पनि फेरेन । राजधानीमा खबर छ ।

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x