×

क्यान्सर रोगीलाई निःशुल्क औषधि

चैत २७, २०७८

ललितपुर भैँसेपाटीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहेकी छन्। जीवनभर सेवन गर्नुपर्ने मासिक छ लाख रुपैयाँबराबरको औषधि उनले निःशुल्क प्राप्त गरिरहेकी छन् ।

उनलाई डेढ वर्षअघि फोक्सोको क्यान्सर भएको थियो । शुरूमा खोकीको लक्षण देखिएपछि नजिकैको अस्पतालमा उपचार गराउँदा क्यान्सर पत्ता लागेको थियो । दुई महिनासम्म छ साइकल केमोथेरापी चढाएपछि उनले नियमित औषधि सेवन गर्दै आएकी छन‍् ।


Advertisment

शल्यक्रिया गर्न नमिल्ने भएपछि छ साइकल केमोथेरापी चढाएर उनले औषधि सेवन गर्न थालेकी हुन् । “शुरूमा मासिक दुई लाख ८० हजार रुपैयाँबराबरको औषधि सेवन गरेकी थिएँ,” उनले भनिन्, “औषधि अत्यधिक महँगो भएकाले क्यान्सर रोगका बिरामीको पहुँच बाहिर रहेछ ।” साथीहरूले पाटन अस्पतालमा निःशुल्क औषधि पाइन्छ भन्दा अचलाले शुरूमा पत्याइनन्।


Advertisment

क्यान्सरको औषधि निःशुल्क पाउने भएपछि उनले बडो राहतको अनुभव गरिन्। पाटन अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. अरुण शाहीले पाटन अस्पतालमा मासिक १० लाख रुपैयाँसम्मको औषधि सेवन गर्ने बिरामी पनि रहेको बताए । अत्यन्त महँगो रोगका रूपमा क्यान्सरलाई लिइन्छ । नेपालबाहेक भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका देशमा गएर उपचार गराउनुपरेमा एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ ।

पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । पेटको क्यान्सर, रक्त क्यान्सर, मिर्गौला क्यान्सर र फोक्सोको क्यान्सर लागेका बिरामीले निःशुल्क रूपमा औषधि सेवन गरिरहेका छन् ।

पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. शाहीले नेपालमा दुई हजार क्यान्सर बिरामीले निःशुल्क औषधि सेवन गरिरहेको बताउँदै उनीहरूले मासिक १५ हजारदेखि १० लाख रुपैयाँसम्मका औषधि सेवन गरिरहेको जानकारी दिए । उनले क्यान्सरका रोगीले लाखौँ रुपैयाँबराबरका औषधि निःशुल्क पाउँछन् भन्ने सूचना सबै क्यान्सरका बिरामीले थाहा नपाएको बताउँदै शल्यक्रियापछि नियमित औषधि सेवन गर्नैपर्ने बताए । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x