×

NMB BANK
NIC ASIA

एक महिने बिदामा मुख्य रजिस्ट्रार कुँवर, कर्मचारी भन्छन्– उहाँमाथि प्रतिशोध साँधियो !

चैत २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतभित्रको विवाद पेचिलो बन्दै जाँदा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् ।

Muktinath Bank

सञ्चित बिदाबाट काटिने गरी चैत २५ देखि वैशाख २५ सम्म बिदामा बस्न कुँवरले दिएको निवेदन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले स्वीकृत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि कामु प्रधानन्यायाधीश कार्कीले न्यायाधीश पद स्वीकारेर पाटन उच्च अदालतमा हाजिर हुन दिएको निर्देशन कुँवरले अस्वीकार गरेका थिए । त्यसपछि न्यायिक नेतृत्वकै दबाबमा कुँवर एक महिना लामो घर बिदामा बसेको सर्वोच्च स्रोतको दाबी छ ।


Advertisment
Nabil box
Kumari

'एकातर्फ तीन दिनभित्र खटाएको ठाउँमा जानू भनेर कामु प्रधानन्यायाधीश कार्कीले नै लिखित निर्देशन दिनुभएको थियो, पछि फेरि उहाँले नै बिदामा बस्नका लागि मुख्य रजिस्ट्रार कुँवरले दिएको निवेदन स्वीकृत गर्नुभएको छ,' सर्वोच्च स्रोतले भन्यो ।

Vianet communication
Laxmi Bank

कुँवर बिदामा बसेपछि निमित्त मुख्य रजिस्ट्रारको जिम्मेवारी रजिस्ट्रार नारायणप्रसाद पन्थीलाई दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नेपाल बार एसोसिएसनले गरेको आन्दोलन र न्यायाधीशहरूको भद्र अवज्ञामा साथ नदिएकाले कुँवरसँग प्रतिशोध साँध्न खोजिएको कर्मचारीहरूको आरोप छ ।

'मुख्य रजिस्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउनुपर्ने विगतको अभ्यासविपरीत उहाँ (कुँवर)लाई न्यायाधीशमा मात्र सिफारिश गर्नु त्यसको उदाहरण हो,' कुँवरनिकट एक कर्मचारीले लोकान्तरसँग भने, 'उहाँलाई अन्याय नै भएको छ ।'

उच्च अदालतको मुख्य न्यायाधीश नहुनु भनेको अहिलेको मुख्य रजिस्ट्रारभन्दा एक तह घटुवा नै भएको कुँवरको बुझाइ छ ।

त्यसकारण आफू मुख्य रजिस्ट्रार पदमा नै बस्न चाहेको भन्दै कुँवरले कामु प्रधानन्यायाधीश कार्कीलाई लिखित निवेदन दिएका थिए ।

गत फागुन २६ गते न्यायपरिषद् बैठकबाट कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरिएको थियो ।

उक्त सिफारिशसहितको निर्णय कार्यान्वयन गर्नका लागि न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतलाई फागुन २७ गते नै पत्राचार गरेको थियो । एक सातापछि चैत २ गते मात्र कुँवरलाई नियुक्ति बुझ्नका लागि कामु प्रधानन्यायाधीश कार्कीले लिखित रूपमा पत्राचार गरेका थिए । तर कुँवरले नियुक्ति बुझ्न मानेनन् ।

'म न्यायाधीश पदको सम्मान गर्छु, तर अहिले उक्त पद स्वीकार गर्न असमर्थ छु । म जुन पदमा छु, त्यही पदमा कार्यरत रहन पाऊँ,' भनी कुँवरले लिखित निवेदन नै दिएका थिए ।

त्यसपछि उनी मुख्य रजिस्ट्रारकै हैसियतमा सर्वोच्च अदालत उपस्थित भएर कामकाज गरिरहेका थिए ।

यसबीचमा चैत २१ गते कामु प्रधानन्यायाधीश कार्कीले कुँवरलाई लिखित रूपमै निर्देशन दिँदै खटाइएको ठाउँमा जान भनेका थिए । तर कुँवरले उक्त निर्देशन स्वीकार गरेका छैनन्।

यसअघिका मुख्य रजिस्ट्रारहरू सिधै मुख्य न्यायाधीशमा सिफारिश भएका थिए । २०७४ असार २२ देखि २०७४ माघ ७ गतेसम्म मुख्य रजिस्ट्रार रहेका नहकुल सुवेदीलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सिफारिश गरिएको थियो ।

उनले उक्त पदको नियुक्ति स्वीकार गरेका थिए । हाल उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएर काम गरिरहेका छन् ।

त्यसैगरी २०७४ माघ १८ गतेदेखि २०७५ माघ ९ गतेसम्म काम गरेका मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईलाई भने न्याय परिषदले उच्च अदालतमा मुख्य न्यायाधीशको रूपमा सिफारिश नगरी न्यायाधीश मात्र सिफारिश गरेको थियो । उनले न्यायाधीश पद स्वीकार गरेका थिए ।  

त्यसपछि २०७५ माघ १५ देखि २०७७ माघ १४ गतेसम्म मुख्य रजिस्ट्रारको रूपमा काम गरेका नृपध्वज निरौलालाई न्याय परिषदले उच्च अदालत पाटनको मुख्य न्यायाधीश पदमा सिफारिश गरेको थियो । उनी हाल पनि उच्च अदालतमा मुख्य न्यायाधीशको रूपमा कार्यरत छन् ।

निरौला पछि मुख्य रजिस्ट्रारमा कार्यरत रहेका कुँवरलाई न्याय परिषदले उच्च अदालतमा न्यायाधीशको रूपमा मात्र सिफारिश गरेको छ । कुँवरले न्यायाधीश मात्र बन्न अस्वीकार गरेका छन् ।

२०७७ माघ २९ गते मुख्य रजिस्ट्रारमा नियुक्त भएका कुँवरको कार्यकाल २०८० माघ २८ गतेसम्म छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x