×

'सरकारले अर्थतन्त्र तहसनहस बनायो'

चैत २८, २०७८

तीनजना पूर्वअर्थमन्त्रीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । विगतमा एमालेबाट अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र विष्णु पौडेलले आइतवार सार्वजनिक गरेको अर्थतन्त्रको वर्तमान अवस्थाबारेको १२ बुँदे धारणामा महँगी अघिल्लो सरकारको बेलाभन्दा दोब्बर भएको, बाह्य क्षेत्र सन्तुलन संकटग्रस्त बनेको, वैदेशिक व्यापार घाटा देशले धान्नै नसक्ने गरी आकाशिएको, चालू खाता घाटा धान्नै नसकिने स्तरमा पुगेको र समग्र वित्तीय प्रणालीमा लगानीयोग्य रकमको चरम अभाव देखिएको उल्लेख छ ।

नौ महिनाअघि एमाले सरकारले छाडेको सबल र सुदृढ अर्थतन्त्रलाई गठबन्धन सरकारले बचाउन नसकेको र आफ्ना गल्ती ढाकछोप गर्न केन्द्रीय बैंकका गभर्नरलाई निलम्बन गरेको उनीहरुको आरोप छ ।


Advertisment

अर्थतन्त्रको वर्तमानबारे एमाले धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विदेशी मुद्रा सञ्चिति कमजोर भएकै बेला सरकारले तस्करी प्रयोजनका लागि अनावश्यक सामानको आयात खुला गरेको आरोप लगाए । अर्थमन्त्री जनार्दन शर्माले एउटा व्यापारीको नाममा विदेशबाट आएको शंकास्पद ४० करोड रुपैयाँबारे अनुसन्धान गर्नु नपर्ने भनेर गलत निर्देशन दिएको पनि उनले बताए । ‘अर्थमन्त्रीले लेखेर फलानाको पैसा दे भन्नै मिल्दैन, अर्थमन्त्री त्यस्तो अधिकार प्राप्त अधिकारी होइन,’ पत्रकार सम्मेलनमा पाण्डेले भने । अनुसन्धान गर्ने निकायले काम गरिरहेका बेला अर्थमन्त्री शर्माले ‘यो पैसा देऊ वा नदेऊ’ भनेर निर्देशन दिनु एक किसिमले अपराधै भएको उनको भनाइ छ ।


Advertisment

‘श्रीलंकाका अर्थमन्त्री भाग्न लागेको सुन्दैछु, नेपालमा त्यो दिन नआओस्,’ पाण्डेले भने, ‘यदि हाम्रा नियामक निकाय दह्रा हुन्थे भने यही केसमा अर्थमन्त्रीलाई भित्र हालिदिनुपर्ने हो, किन पत्र लेखेको भनेर ।’ अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको ४० करोड रुपैयाँबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेकै बेला अर्थमन्त्री शर्माले उक्त रकम नरोक्न निर्देशन दिएको सार्वजनिक भएको थियो ।

अर्का पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री शर्माले सिरानीमुनिको पैसा झिक्छु भनेर मुद्रा निर्मलीकरणको हल्ला चलाएको बताए । अर्थमन्त्री शर्माले हल्काफुल्का कुरा गरेर बजार आतंकित पारेको आरोप पनि खतिवडाले लगाए । खतिवडाले भने, ‘अर्थमन्त्रीले सिरानीमुनिको पैसा झिक्छु भन्नुभएको छ । त्यो भनेको के हो ? सिरानीमुनि पैसा छ भने झिक्नुपर्‍यो । बजारमा अफवाह फैलाएर हुन्न । हामीलाई पनि सोधिरहेका छन् नोटबन्दी हुन लागेको हो भनेर । सरकारले गर्ने भए हल्ला किन गथ्र्यो होला भन्ने गरेको छु ।’
 
डा. खतिवडाले गभर्नर निलम्बनको घटनालाई सरकारको असफलता ढाक्ने षडयन्त्र भन्दै ‘अराजक अर्थमन्त्री’को दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय गरेको आरोप लगाए । अर्का पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारको गलत नीतिले अर्थतन्त्र धराशयी हुँदै गएको बताए । ‘मुलुकको अर्थ व्यवस्था संकटउन्मुख छ,’ पौडेलले भने, ‘समयमै सार्थक कदम नचाल्ने हो भने अझ अप्ठ्यारोमा पर्छ ।’

सरकारले वित्त नीतिमा गलत हस्तक्षेप गरेको उनको आरोप छ । नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय गलत भएको उनको भनाइ थियो । ‘यो व्यक्ति महाप्रसाद अधिकारीमाथिको हस्तक्षेप होइन, प्रणालीमाथि गरिएको हस्तक्षेप हो,’ उनले भने । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेकाछन् ।

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x