×

अमृता खत्रीको शंकास्पद मृत्यु प्रकरणः ४ दिनपछि पोस्टमार्टम, प्रहरी अनुसन्धानमा माइती पक्षको आशंका

बैशाख ४, २०७९

रुपन्देही तिलोत्तमाकी अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको चार दिनपछि आइतवार पोष्टमार्टम भएको छ ।

जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले निष्पक्ष घटनाको अनुसन्धान गरी छानबिन गर्ने प्रतिबद्धता जनाएपछि पीडित माइती पक्ष शवको पोष्टमार्टम गर्न सहमति जनाएका हुन् । 


Advertisment

‘फोरेन्सिक ल्याब एक्सपर्ट’को रोहवरमा पीडित पक्षले चाहेको अस्पतालमा पोष्टमार्टम गराउन प्रशासनले सहयोग गर्ने भएपछि सहमत भएको मृतकका दाजु पुष्पक खत्रीले जानकारी दिए । मृतक २९ वर्षीया अमृताको पोष्टमार्टम भए पनि शव बुझेर दाहसंस्कार भने भएको छैन । तर, पीडित माइती पक्षले प्रहरीको अनुसन्धानमा आशंका गरेको छ । पुष्पक खत्रीले सीआईबीबाट अनुसन्धान गराउन माग गरे । 


Advertisment

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, रूपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मी, प्रवक्ता डीएसपी नवरत्न पौडेलको उपस्थितिमा छलफल भएको थियो । 

गएको बुधवार (चैत ३० गते) तिलोत्तमा नगरपालिका–२, जानकीनगरकी २९ वर्षीया अमृताको रहस्यमय मृत्यु भएको थियो । 

सोही दिन साँझ झण्डै ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी अनिताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । अमृताले विष सेवन गरेकाले मृत्यु भएको परिवारले बताएको छ । तर, माइती पक्षले उनको योजनाबद्ध रुपमा हत्या गरिएको दाबी गर्दै आएको छ । 

घटनाका सम्बन्धमा आइतवार माइती पक्षले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 

अमृताका दाजु पुष्पकले मुद्दा दर्ता नै नगरी दुई दिनसम्म बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले मुद्दा दर्ता भइसकेको भनेर आफूहरूलाई झुटो बोलेको दाबी गरे । घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजुले आरोप लगाएका छन् ।

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x