×

NIC ASIA

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

बैशाख २६, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

निर्वाचन आयोगले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

Muktinath Bank

आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारी सवारीसाधन प्रयोग गरेर चुनाव प्रचारप्रसारमा गएकाले मुख्यमन्त्री पोखरेललाई स्पष्टीकरण सोधिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्ममन्त्री वा मन्त्री आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री पोखरेललाई ३ दिनभित्र स्पष्ट जवाफ दिन स्पष्टीकरण सोधिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सेना र उपाध्यक्ष नहेन्द्र खड्कालाई पनि स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगका अध्यक्ष तिमिल्सेना र उपाध्यक्ष खड्काले मतदातालाई प्रत्यक्ष प्रभाव पार्न भरतपुर–११ गणेशपुरमा भूमिको निस्सा बाँडेको हो भन्ने शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यमबाट जानकारीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । 

Vianet communication

आयोगले गोरखापत्र दैनिकलाई वैशाख २२ गते ‘गठबन्धनप्रति इमान्दार बन्न देउवाको आग्रह’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकामा स्पष्टीकरण सोधेको छ । समाचारले कुनै राजनीतिक दलको प्रचार गर्न हो वा होइन भन्दै ३ दिनभित्र स्पष्ट पार्न भनिएको छ ।

वैशाख २५ गते ‘बागी उम्मेदवारको प्रभाव नगण्य छ’ भन्ने भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेणु दाहालको अन्तर्वार्ता छापिएको विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । उनले पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न नपाइने बताए ।

आयोगले उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाले स्थानीय मतदातालाई प्रभावमा पारी राज्यको स्रोतको दुरुपयोग गरी टिनको जस्तापाता वितरण गरेको उजुरी आयोगमा परेकाले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको आयोगका प्रवक्ता पौडेलले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x