
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना भएको छ ।
सिक्रेबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार २० जना चढेको गाडी ५०० मिटर तल खस्दा कति मृत्यु भए भन्ने खुलेको छैन तर ३ जना घाइतेलाई काठमाडौं रिफर गरिएको छ ।