×

NIC ASIA

मन्त्री प्रकरण

सत्ताका कारण संकटतिर समाजवादी : २४ घण्टाको काउन्टडाउन सुरु

असार १०, २०७९

Prabhu Bank
NTC
Premier Steels

सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र नयाँ सेट पठाउने निर्णयपछि माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा किचलो बढ्दै गएको छ । सरकारमा रहेका ४ मन्त्रीसहित १० सांसदले पार्टी निर्णयलाई चुनौती दिएपछि आन्तरिक संकट चुलिँदै गएको हो । संकटकै बीच नेताहरुले शनिबार साँझसम्म पार्टीको निर्णयअनुसार नै नतिजा देखिने बताएपनि विश्वसनीय आधार भने बनिसकेको छैन । 

Muktinath Bank

बागमती प्रदेशका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बुधबार साँझसम्म हाल सरकारमा रहेका पार्टीका मन्त्रीहरु फिर्ता भइसक्ने र नयाँ सेट आउने दावी गरे । पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाँदा हाल रहेका मन्त्रीहरुलाई ६ महिनामात्रै काम गर्नेगरी पठाइएको र त्यसको साक्षी आफू पनि रहेको बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तपाईँहरु अहिले ६ महिनाका लागि सरकारमा जानुस्, त्यसपछि तपाईँहरूलाई परिवर्तन गरेर हामी अर्को टीम पठाउँछौँ भनेर पहिले नै भनेको हो’, उनले भने, ‘म पार्टीको राजकीय मामिला विभागको प्रमुख पनि भएकाले मेरै रोहवरमा पार्टी अध्यक्ष र मसहित भएर भनेको हो ।’


Advertisment
Nabil box
Kumari

उनले मन्त्री पद चार्मफूल पद भएर छाड्न नचाहनु स्वभाविकै भएको प्रतिक्रिया दिए । ‘गाडी हुन्छ, झण्डा हुन्छ । सलाम ठोक्ने मान्छे हुन्छ । सुरक्षा हुन्छ र यो सबैबाट तल ओर्लन मान्छेलाई गाह्रो हुन्छ’, उनले भने। 
८ बुँदे अघि सारेर पार्टीको निर्णय मान्दैनौँ भन्न खोजेको जस्तो देखिन्छ, तपाईँहरु के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले फिर्ता हुने र नहुने शनिबार बेलुकासम्ममा थाहा हुने बताए । ‘फिर्ता हुने र नहुनेमा त भोलि बेलुकासम्ममा थाहा पाउनुहुन्छ’, उनले प्रतिक्रिया दिए, ‘यी साथीहरु जान्छन्, नयाँ टोली आउँछ ।’ 

Vianet communication

पाण्डेले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउँदा केही प्रक्रियामा कमजोरी भने भएको स्वीकारे । बजेटबारे छलफल भइरहेको बेला पार्टीले अली चाँडो निर्णय गरेर कमजोरी भएको उनको भनाइ छ । बजेटमा मन्त्रीहरुले जवाफ पनि दिइसकेकाले अब भने फेर्दा केही फरक नपर्ने उनले बताए ।

नमान्नेमाथि कार्वाही हुन्छ– झलनाथ खनाल
यसैगरी पार्टीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फिर्ता बोलाउने पार्टी निर्णयमा पुर्नविचार नहुने प्रतिक्रिया दिएका छन् ।  पार्टीको निर्णय सबैले मान्नु पर्ने उनले बताए ।  पोलिटब्युरो बैठकपछि कुरा गर्दै खनालले पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन नहुनु दुःखद भएको पनि बताए । 

‘पार्टीको सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले अनुमोदन गरेको छ । फेरि केन्द्रीय कमिटीमा यसरी कुरा उठ्नु सहज कुरा होइन’ खनालले भने, ‘पार्टी निर्णय नमान्नेलाई पार्टीले आवस्यक कार्वाही गर्छ । पुर्नविचार गर्दैनौँ ।’ यहीबीच स्वास्थ्य मन्त्री समेत रहेका नेता विरोध खतिवडाले मन्त्री पद छाड्न तयार रहेको प्रतिक्रिया जनाएका छन् । 

‘मेरा कुरा लेखेर पार्टीमा दिएको छु, मन्त्री छोड्नका लागि लेखेर दिएको हो’ खतिवडाले भने । तर उनले पार्टीमा लेखेर दिएको निवेदन बारे केही बताउन चाहेनन् । 

सचेतक श्रेष्ठको आफ्नै तर्क
नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पनि मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुने दावी गरेका छन् । आफूहरुको भूमिकाका कारण शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोले पार्टीको निर्णय कार्यान्वयन गर्नु देउवाको दायित्व भएको उनले बताए । 

‘रामकुमारी झाँक्री र विरोध खतिवडा समेत सहभागि स्थायी कमिटीको बैठकले निर्णय गरेको हो, पार्टीको निर्णयलाई लिएर कुनैपनि कमिटीमा मतभेद भएको छैन’ श्रेष्ठले भने । सरकारमा कसलाई पठाउने या फिर्ता बोलाउने भन्ने निर्णय पार्टीको भएकोले त्यो मान्नु पर्ने उनले बताए ।  शुक्रबारको पोलिटब्युरो बैठकमा सरकारबाट फिर्ता बोलाउने निर्णयलाई चुनौती दिएका सबै मन्त्रीहरु सहभागि भएका छन् । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा शुक्रवार बसेको बैठकमा मन्त्रीहरु सहभागी भएका हुन् । 

मेटमणिले लगाए प्रचण्डलाई दोष
यसैगरी  नेता मेटमणि चौधरीले आफ्नो पार्टीले सिफारिश गरेका मन्त्रीको शपथ ढिलो हुनुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि दोष रहेको आरोप लगाएका छन् । नेकपा समाजवादीका मन्त्री फेरिने वित्तिकै पार्टीमा दवाव पर्ने भएकाले आफूहरुको शपथ प्रचण्डले रोकिराखेको चौधरीले आरोप लगाएका हुन् । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै चौधरीले समाजवादीका मन्त्रीको शपथ गराउने दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाको भएपनि प्रचण्डको कारण रोकिएको जिकिर गरे । 

१० सांसदको ८ बुँदमा के छ ?
मन्त्री फेर्ने लफडाकै बीच पार्टीका ४ मन्त्रीसहित १० सांसदले नेतृत्वलाई ८ बुँदे ध्यानाकर्षण गराएपछि पार्टीमा गम्भीर संकट देखापरेको हो । जेठ २२ गते सरकारबाट फिर्ता बोलाइएका चार मन्त्री सहित १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव नेपाललाई हस्ताक्षर बुझाएपछि थप संकट निम्तिएको हो । पार्टी सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ सहित १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गर्दै संसदीय दलको नेतालाई हस्ताक्षर बुझाएका हुन् ।

संसदीय दलको बैठक माग गर्नेमा माधव नेपाल निकट मानिने सांसद कृष्णलाल महर्जन, पूर्व राज्यमन्त्री धनबहादुर बुढा लगायत छन् । यस्तै गोपालबहादुर बम, विना बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ र निरा जैरु पनि छन् । 

नेकपा एमालेबाट विद्रोह गरी माधव नेपालले २३ सांसदले गतवर्षको भदौमा नेकपा एस गठबन्धन गरेका थिए । तर पार्टी गठनको एकवर्ष नपुग्दै चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णयले एस गम्भीर अबस्थामा पुगेको हो । फिर्ता बोलाइएका एक मन्त्रीले आफूहरुलाई अपराधीको जस्तो व्यवहार गरिएकोले हस्ताक्षरसहितको पत्र बुझाइएको बताए । ‘पार्टीको निर्णयबाट सरकारमा सहभागि मन्त्रीलाई छापामार शैलीमा फिर्ता बोलाउने निर्णय भयो, अपराधीलाई जस्तो व्यवहार गरिएकोले संसदीय दलको बैठक माग गरेका हौं’ हस्ताक्षर गरेका एक मन्त्रीले लोकान्तरसँग भने । नयाँ सिफारिश गरिएका मन्त्री समावेशी नभएको, महिला र भूगोल नसमेटिएकोमा अन्य सांसद पनि असन्तुष्ट रहेका छन् । 

केन्द्रीय कमिटी शनिवार
यसैबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न पार्टी केन्द्रीय कमिटी बैठक शनिवार बस्ने भएको छ । शुक्रवार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको छ ।  केन्द्रीय कमिटीको बैठक शनिवार बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए । 

पार्टीमा गम्भीर संकट उत्पन्न भएपनि नेताहरुले शनिबार साँझसम्म नतिजा आइसक्ने बताएको सन्दर्भमा त्यसको २४ घण्टे काउन्टडाउन सुरु भइसकेको छ । समाजवादीभित्रको विवादले अब कस्तो रुप लिन्छ या मत्थर हुन्छ त्यो भने क्रमशः देखिने नै छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x