×

सरसर्ती २४ घण्टा

अमेरिका पठाउने धन्दामा संलग्न कर्मचारी हटाइए, सन्दीपलाई विश्वकपमा सहभागी गराउन थप पहल हुने

काठमाडाैं | जेठ १०, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ।  सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलविरुद्ध ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ ।
पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीका अनुसार उनीविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ स्रोत नखुलेको पाइएको छ ।
उनको वैध आय भने २ करोड १ लाख ४३ हजार ४८८ रुपैयाँ मात्र रहेको अभियोगपत्रमा उल्लेख छ ।
००००
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको भन्दै छानबिन समिति गठनको लागि आगामी आइतबार विरोध प्रदर्शन गर्ने भएको छ । 
बुधबार पार्टी मुख्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
००००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् ।
 बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाको प्रस्तावमा उनलाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय भएको हो ।
००००
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई क्लीन चिट दिनेगरी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।


Advertisment

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध अधिवक्ता भट्टराईले मंगलवार नै निवेदन दिएका थिए ।


Advertisment

सोही निवेदनमा बुधवार सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले महान्यायाधिवक्ता दीनमणि पोखरेल र रविलाई विपक्षी बनाएर दायर भएको रिट दर्ता गर्न आदेश दिएको हो ।
००००
क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत भएसँगै उनको क्रिकेट विश्वकपको यात्रा कठिन भएको छ । सन्दीपले नै आफ्नो भिसा अस्वीकृत भएकोबारे जानकारी गराएपछि यसबारे तीव्र टीकाटिप्पणी भइरहेको छ । 

यहीबीचमा नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले क्रिकेटर लामिछानेको केसबारे टिप्पणी गर्न नसकिने अवस्था रहेको स्पष्ट पारेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एक पटक फेरि उच्चस्तरबाट भिसाका लागि पहल गरिने बताएको छ । त्यसका लागि प्रधानमन्त्रीमार्फत कूटनीतिक च्यानल प्रयोग गरेर पहल गर्न लगाइने क्यानको भनाइ छ । आईसीसीको नियमअनुसार जेठ १२ गतेभित्र खेलाडी परिवर्तन गरेर सन्दीपलाई विश्वकपमा सहभागी गराउन सकिनेछ ।  
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विभिन्न चारवटा प्रतिवेदन पेस भएका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदन पेस भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
००००
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।
नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंबाट पक्राउ परेका सिरोहियालाई बुधबार जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले उक्त अनुमति दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
००००
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतान्त्रिक मूल्य र मान्यताप्रति  कटिबद्ध रहेको स्पष्ट पारेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियालाई प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै आलोचना भइरहेका बेला रास्वपाले यसबारे मुख खोलेको हो ।
००००
टी–ट्वान्टी क्रिकेट विश्वकपको बहानामा अमेरिका पठाउने धन्दामा संलग्न भएका शाखा अधिकृत ज्ञानेन्द्र शर्मासहित ३ जनालाई प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटाएको छ ।

सुशासन शाखाका उपसचिव विष्णु सुवेदी, स्टोरमा कार्यरत शाखा अधिकृत ज्ञानेन्द्र शर्मा र प्रशासनकी शाखा अधिकृत लक्ष्मी प्रसाईंलाई जिम्मेवारीबाट हटाएर जगेडामा राखिएको हो ।

तीनै जनालाई स्पष्टीकरण सोध्ने तथा तत्कालका लागि जिम्मेवारीबाट हटाउने भनी सचिवस्तरीय निर्णय भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाप्रति सरकारको कुनै रिसिबी नभएको बताएका छन् ।
अदालती प्रक्रियाबाट प्रक्रिया अगाडि बढेकाले पक्राउ परेपछि सजिलै छुट्ने उनले बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि पत्रकारलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालती प्रक्रियाबाट भएको पक्राउलाई बढ्ता होहल्ला गर्नु नपर्ने बताएका हुन् ।
००००
कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।


 

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x