×

X
Dabur
Nic Asia
Marvel

बाँकेमा सिकलसेल एनिमिया बिरामीको संख्यामा वृद्धि

बाँके | असार १३, २०७९

प्रतिकात्मक तस्वीर
TVS INSIDE

थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

स्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप ५ सिकलसेलका बिरामीसहित पालिकामा बिरामीको संख्या २३ पुगेको छ । सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास संख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजंग शाहले जानकारी दिए ।

उनले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले राहत नपाएको बताए । यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन । 

Vianet communication
Maruti inside

पालिकामा थारु समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी, बिरामी र बाहकमा जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ कार्य जारी रहेको उनले जानकारी दिए ।

कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौं रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन् ।  सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले १ लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपेका छन् । 

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर  निवासी २८ वर्षीय रामकृष्ण थारुले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्तालमा मोटो रकम खर्च भएको बताए । उनले ऋण खोजेर जम्मा गरेको ७० हजार रुपैयाँ खर्च भएको जानकारी दिँदै आफूलाई सिकसेल एनिमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउँछन् ।

सिकलसेल विज्ञ डा. राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौं खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनिमियाको दीगो समाधान भएको बताए ।

उनले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्युनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ ।

‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारत लगायतका मुलुकमा रहेको छ । थारु समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ । थारु बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करीब ४ हजार सिकलसेलका बिरामी छन् ।

TATA Below
NLIC
साउन २२, २०७९

कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० ...

साउन २१, २०७९

पछिल्लो २४ घण्टामा मुलुकभर ६ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ४ हजार ६ सय ८२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । मन्त्...

साउन २२, २०७९

तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भ...

साउन २१, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेंगुको प्रकोप बढ्दै गएको छ । यी चारै वटै वडामा पछिल्लोपटक करिब ४० जना डेंगु संक्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जन...

साउन २१, २०७९

बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज ल...

साउन २२, २०७९

भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

मंसिर ४ को चुनावी चर्चा– जनताले फेरि रुचाउलान् उही अनुहार ?

मंसिर ४ को चुनावी चर्चा– जनताले फेरि रुचाउलान् उही अनुहार ?

साउन २०, २०७९

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...

ad
x