साउन २५, २०७९
जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती २ निकायबीच आँखा उपचार केन्द्र ...
बैतडी | असार १८, २०७९
मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट बैतडीमा ३०० बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
पाटन नगरपालिकाकोे सिद्धपुर स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकास्थित भूमिराज स्वास्थ्यचौकीमा सम्पन्न भएको शिविरबाट ३४३ लाभान्वित भएका हुन् ।
सिद्धपुरमा १५३ र भूमिराजमा १९० ज्येष्ठ नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीमा अनमी कविता भट्टले जानकारी दिइन् । उनले भनिन्, ‘बढीजसो ज्येष्ठ नागरिकमा बाथरोग, लुतो, श्वासप्रश्वासको समस्या देखिएको छ, हामीले निःशुल्क औषधि वितरणका साथै परामर्श पनि दिएका छौं ।’
शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, परामर्श सेवा र निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।
दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घरपायकमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
यसैबीच पुर्चाैंडी नगरपालिका–१० मा प्रजनन रुग्णता स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्चौंडी नगरपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा ३६२ जनाले सेवा लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।
जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती २ निकायबीच आँखा उपचार केन्द्र ...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि १०० जनासम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रले समय&ndas...
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका ...
नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । ...
डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा शुरू गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन शुरू गरेका हुन् । सोमवारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ । शहरमा भएका ठ...
कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...