साउन ३१, २०७९
चालू आर्थिक वर्षमा साउन लागेदेखि निरन्तर घट्दै गएको डलर संचितिमा पछिल्लो समय सुधार भएको देखिएको छ । गत वर्ष २०७७/७८ को असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रुपैयाँ बराबरको विदेशी विनियम गत आव २०७८/...
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानूनहरू भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएकी छन्।
सहकारी विभागले तयार पारिरहेको सहकारीको दश वर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र सम्बन्धी सरोकारवालहरूसँगको छलफलमा उनले सहकारी सम्बन्धी भएका व्यवस्थाहरूलाई समयानुकूल सुधार गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानु पर्ने बताइन्।
उनले सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकाय थप्ने भन्दा पनि हाल रहेका संरचनाहरूलाई पुनर्संरचना गरी सशक्त बनाउने र कमजोरी हटाउनेतर्फ कार्यदिशा निर्दिष्ट हुनु पर्नेमा जोड दिइन्।
विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिला भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटोभन्दा छिटो अन्तिम रूप दिन मन्त्री श्रेष्ठले आग्रह गरिन्।
कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले सहकारी क्षेत्रको सुधारका लागि आएको दश वर्षे सोचपत्रमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनु पर्ने बताए।
राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले सदस्यहरूको उद्यमशिलता विकास गरी गरिवी निवारण गर्ने उदेश्य राखेर सहकारीका कार्यक्रमहरू बनाउनु पर्ने सुझाव दिए।
सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले अवधारणा पत्रको प्रारम्भिक मस्यौदा तयार पारेको र सबैको सुझाव समेटेर यसलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।
चालू आर्थिक वर्षमा साउन लागेदेखि निरन्तर घट्दै गएको डलर संचितिमा पछिल्लो समय सुधार भएको देखिएको छ । गत वर्ष २०७७/७८ को असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रुपैयाँ बराबरको विदेशी विनियम गत आव २०७८/...
नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...
देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक...
चितवनको भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । संघसंस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी ब...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । परिसंघले सोमवार पत्रकार सम्मेलन गर्दै पूर्वाधार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।&nb...
गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो । माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन । गत वैशाखमा चुनावी ख...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...