×

NMB BANK
NIC ASIA

शहरी विकास

मेयर बालेन्द्र शाहको प्रस्तावमा काठमाडौंका यी ३ ठाउँमा बन्नेछ भूमिगत पार्किङ

असार २३, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

Muktinath Bank

काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौंको पार्किङ समस्याको समाधानका लागि भूमिगत पार्किङको अवधारणा ल्याएका हुन् । त्यसका लागि महानगरले डीपीआरको प्रक्रिया अगाडि बढाइसकेको छ ।


Advertisment
Nabil box
Kumari

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेशकुमार काफ्लेले काठमाडौंको कालोपत्रे गरेको सडकमाथि भइरहेका पार्किङ कम गर्न कोर सिटीलाई फोकस गरेर टुँडिखेलमुनि वा खुलामञ्चमुनि, बानेश्वर क्षेत्रका लागि तीनकुने पार्कमुनि, ठमेल क्षेत्रका लागि समाज कल्याण परिषद्स्थित उपराष्ट्रपति भवन छेउको खाली जग्गामुनि हुनसक्ने भनेर सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

Vianet communication

‘पार्किङका लागि बेसमेन्टमा अझै डबल बेसमेन्टमा जान सकियो भने सडक खाली गर्न सकिन्छ र ट्राफिक जाम कम गर्न सकिन्छ भन्ने मान्यतामा यो अवधारणा मेयर बालेन्द्र शाहले ल्याएका हुन्,’ उनले भने ।

‘नीति पास भइसकेको छ, अब १–२ दिनमा बजेट पास भएपछि त्यसको डीपीआर गर्न कम्तिमा ४–५ महिना लाग्छ, डीपीआर रिपोर्टले साइन्टिफिकल्ली र टेक्निकल्ली यो प्रोजेक्ट तयार गर्न सकिन्छ भन्ने रिपोर्ट आयो भने मात्र अगाडि बढाउने हो,’ उनले भने ।

‘अहिले सम्भाव्यता अध्ययन मात्र गर्ने भनेको तर आजैबाट निर्माण प्रक्रिया शुरू गर्ने भनेको चाहिँ होइन,’ उनले थप प्रस्ट्याउँदै लोकान्तरसँगको कुराकानीमा भने ।

सूचना अधिकारी महेशकुमार काफ्लेका अनुसार प्रारम्भिक अध्ययनले खुलामञ्चमा १ हजार सवारी पार्किङ गर्न सकिने देखिएको छ भने बाँकी अरु स्थानमा ३००–४०० गाडी र १ हजार जति मोटरसाइकल पार्किङ गर्न मिल्ने प्रारम्भिक अध्ययनले देखाएको उनले जानकारी दिए ।

उनले थप्दै भने, ‘तर अध्ययन गर्दा फिजिबल देखियो भने मात्र यो योजना अगाडि बढाउने हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x