×

NMB BANK
NIC ASIA

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला

साउन १६, २०७९

NTC
Premier Steels

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमचेम नेपाल) नेपालसँगको सहकार्यमा व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 

Muktinath Bank

'अन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख संमवाहक निजी क्षेत्र हो । जसले रोजगारी सृजना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्‍याउँछ,' कार्यवाहक राजदूत म्यानी पी. मिक्कलर भन्छन्  'त्यसबाहेक  जिम्मेवारी र समावेशिताजस्ता मुल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै निजी क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफल गरिएका विषय नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहलहरूमा केन्द्रित थिए । कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समुह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति रहेको अमेरिकन अमचेम नेपालका अध्यक्ष अजित शाहले बताए ।


Advertisment
Nabil box
Kumari

एफएनसिसिआई, सिआएन र एनयुएसएसिसिआईका नेतृत्वसँग मिलेर अमचेम नेपालको आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतिहरू न्यूनीकरणमा कसरी काम गरिरहेको छ भन्ने बारेमा अमचेम नेपालका अध्यक्ष अजित शाहले जानकारी गराए । 

Vianet communication

‘नेपालबाट विश्वका अन्य क्षेत्रमा आईटी सेवा पुर्‍याउने ठूलो अवसर रहेको छ,’ अजित भन्छन् ‘यस उद्योगलाई तिव्रता दिन एनएएसएससिओएम जस्तो संस्थाको आवश्यकता रहेको छ ।’

कार्यक्रमले काठमाडौंस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो ।

कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्‍याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ बारे पनि छलफल भएको थियो।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x