×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

जोखना हेर्दै 'हेभीवेट' : कुन क्षेत्र रोज्ने भन्ने अलमलमा माधव, आरजुदेखि उपेन्द्रसम्म

भदौ १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सरगर्मी हरेक दिन बढ्दै छ । राजनीतिक दलहरू चुनावी तयारीमा जुटिसकेका छन् । निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिश हुन थालेका छन् । 

Muktinath Bank

चुनावमा उम्मेदवार बन्ने आकांक्षा राखेका नेताहरू मैदानमा खटिन थालेका छन् । मतदाताको माझमा उपस्थिति देखाउने, स्थानीयको समस्या सुन्ने र समाधानको पहल गर्ने गरी निर्वाचन क्षेत्रमा नेताहरूले पसिना चुहाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य समयमा निर्वाचन क्षेत्रमा आक्कलझुक्कल मात्रै देखिने नेताहरू पनि दिनहुँ जनसम्पर्कमा रहेको जस्तो भान पार्नेगरी निर्वाचन क्षेत्रमा पुग्न थालेका छन् । त्यससँगै उनीहरू केन्द्रीय नेतृत्वमा टिकटको दाबेदारी गर्दै त्यसअनुसारको समीकरण मिलाउन पनि उत्तिकै खटिन थालेका छन् । 


Advertisment
Nabil box
Kumari

तर, कतिपय शीर्ष नेता तथा सांसदहरू कहाँबाट चुनाव लड्ने भन्नेमा अझै अन्योलमै रहेका छन् । उनीहरू आफूलाई कुन निर्वाचन क्षेत्र उपयुक्त होला भनेर जाँच्ने क्रममै छन् । 

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको निर्वाचन क्षेत्र नम्बर–१ छाडेर काठमाडौंबाट उम्मेदवार बन्ने चर्चा भएपछि उनले कुनै हालतमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले प्रेम एकतातिर घरजम अर्कोतिर नहुने स्पष्ट पारेका छन् । 

केही दिनअघि उनले ट्वीट गर्दै भनेका थिए, ‘फेरि प्रस्ट्याउँ– बाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ– ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता हुने कुरै हुन्न ।’

२०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले शर्मालाई पराजित गरेका थिए ।

अहिले कांग्रेस र माओवादी केन्द्रसहित सत्तारूढ गठबन्धनले चुनावी सहकार्य गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका कार्कीले पनि उम्मेदवार बन्ने बताइरहँदा कांग्रेस महामन्त्री शर्मा काठमाडौं–५ बाट उम्मेदवार बन्न सक्ने चर्चा चलेको थियो ।

कांग्रेस र माओवादीले गठबन्धन गर्नेभएपछि झापा– १ मा शर्मा र कार्कीमध्ये एकले छाड्नुपर्ने अवस्था आएको छ ।

कांग्रेस महामन्त्री शर्मा नै झापा–१ मा उम्मेदवार बन्ने भनेपछि कार्कीले विकल्प हेरिरहेको माओवादी केन्द्रभित्र चर्चा छ । 

माओवादी केन्द्रभित्र माक्र्सवादी चिन्तक र बौद्धिक नेताको रूपमा चिनिने कार्की ओलढुंगाको चिसङ्खुगढीको दियालेमा जन्मिएका हुन् ।

कार्कीको जन्मथलो भएको कारण पनि उनी चुनावमा ओलढुंगाबाट उम्मेदवार बन्न सक्ने चर्चा भइरहेको छ । 

ओखलढुंगा कांग्रेसका अर्का नेता रामहरि खतिवडाको निर्वाचन क्षेत्र हो । गत चुनावमा खतिवडालाई एमालेका उम्मेदवार यज्ञराज सुनुवारले पराजित गरेका थिए । त्यसैबेलादेखि खतिवडाले निर्वाचनको तयारी गरिरहेका छन् । खतिवडाले कुनै पनि हालतमा अर्को उम्मेदवारलाई निर्वाचन क्षेत्र छाड्न नसक्ने बताएका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कहाँबाट चुनाव लड्ने भन्ने अझै यकिन भइसकेको छैन । उनी अहिले बारा क्षेत्र नम्बर– २ बाट उम्मेदवार सिफारिश भएका छन् । २०७४ मा यादव सप्तरी क्षेत्र नम्बर– २ बाट निर्वाचित भएका थिए । यादव सप्तरी– २ मै उम्मेदवार बन्ने चर्चा भए पनि त्यहाँ जनमत पार्टीका अध्यक्ष सीके राउतको चुनौती छ ।

नेकपा एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टीका अध्यक्ष बनेका माधव नेपाल पनि काठमाडौं क्षेत्र नम्बर– २ बाट उम्मेदवार बन्ने कि रौतहट क्षेत्र नम्बर– १ मा जाने भन्नेमा स्पष्ट भइसकेका छैनन् । तर, पार्टीको शक्ति हेर्दा नेपाललाई काठमाडौंभन्दा रौतहटबाट चुनाव जित्न सजिलो भएका कारण उनी यसपटकको चुनावमा रौतहटबाटै उम्मेदवार बन्न सक्ने एकीकृत समाजवादीका एक नेताले बताए । 

त्यसैगरी, कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा २०७४ को चुनावमा कैलाली– ५ बाट करीब ५ हजार मतान्तरले पराजित भएकी थिइन् ।

अहिले उनी सोही क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा छ । त्यसबाहेक, बर्दिया र कञ्चरपुर– ३ बाट पनि राणालाई उम्मेदवार बनाउन सक्ने बारेमा कांग्रेसभित्र छलफल चलिरहेको छ ।

प्रधानमन्त्री देउवाले यसपटक राणालाई संसद्मा ल्याउन चाहेकाले उनका लागि सहज निर्वाचन क्षेत्रको खोजी भइरहेको कांग्रेसका नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी २०७४ मा गुल्मी–१ बाट उम्मेदवार बनेका थिए । त्यसबेला एमाले–माओवादी गठबन्धनका एमाले उम्मेदवार प्रदीप ज्ञवालीले चुनाव जितेका थिए । त्यसबेला ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत मात्रै पाएका थिए ।

यसपटक कांग्रेस नेता भण्डारी गुल्मी नभई रूपन्देही– २ बाट चुनाव लड्न सक्ने चर्चा छ ।

गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले मतदाता नामावली स्थानीय तहको चुनाव अगाडि नै रूपन्देही क्षेत्र नम्बर– १ मा सारेका कारण उनी त्यहीँबाट चुनाव लड्ने आकलन कांग्रेसभित्र थियो । तर, स्थानीय तहको मत परिणामलाई हेर्दा रूपन्देही क्षेत्र नम्बर– १ भन्दा ३ सुरक्षित ठानेका कारण खाणले रूपन्देही– ३ बाट नै उम्मेदवार बन्ने रूचि देखाएको कांग्रेस नेताहरू बताउँछन् ।

नेता भण्डारीको गुल्मीबाट रूपन्देही झर्ने योजनामा गृहमन्त्री खाण बाधक बनिरहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

अर्कोतर्फ, कांग्रेसमा यी दुई नेता फरक खेमामा छन् । खाण प्रधानमन्त्री देउवा निकट हुन् भने भण्डारी संस्थापनइतर समूहमा छन् । गुल्मीबाटै चुनाव लड्दा पनि भण्डारीलाई टिकट लिनै हम्मे पर्ने चर्चा स्थानीय नेताहरूले गर्ने गरेका छन् । गुल्मी– १ मा प्रधानमन्त्री देउवाका विश्वासपात्र चन्द्र केसीले चुनावी तयारी गरिरहेका छन् । 

गुल्मीको क्षेत्र नम्बर– २ मा पनि नेताहरूले मतदाताको मनस्थिति परीक्षण गरिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा एमालेका सचिव गोकर्ण विष्टले चुनाव जित्दै आएका छन् । तर, यसपटक एमालेका केन्द्रीय सदस्य राजेन्द्र अर्यालले पनि टिकटको दाबी गरिरहेका छन् ।

एमालेभित्र गोकर्ण विष्टलाई पार्टी अध्यक्ष केपी ओली खेमाले असहयोग गर्न सक्ने भएका कारण आगामी चुनावमा उनले निर्वाचन क्षेत्र परिवर्तन गरेर काठमाडौं– ६ बाट उम्मेदवार बन्नेबारे सामान्य चर्चा गरेको उनी निकट नेताहरू बताउँछन् ।

गुल्मी क्षेत्र नम्बर– २ बाटै उम्मेदवार बन्ने चर्चामा रहेकी एकीकृत समाजवादीकी सचिव तथा युवा नेतृ रामकुमारी झाँक्री अहिले भूगोलमा खटिएर मतदातासँग छलफल गरिरहेकी छिन् । 

आफ्नो जन्मथलो भएको र राजनीति जीवन पनि त्यहीँबाट शुरू भएका कारण गुल्मीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको रामकुमारीले बताउने गरेकी छिन् । उनी गुल्मीबाटै उम्मेदवार बन्ने अवस्थामा आफ्नै अग्रज नेता गोकर्ण विष्टसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

गुल्मी क्षेत्र नम्बर– २ अनुकूल नदेखेको अवस्थामा रामकुमारीले काठमाडौं क्षेत्र नम्बर–२ मा पनि चासो राखेकी छिन् । तर, काठमाडौं– २ मा एमाले र राप्रपाले चुनावी सहकार्य गर्न सक्ने भएकाले उनले यो क्षेत्रलाई त्यति सुरक्षित मानेकी छैनन् ।

शहरी विकास मन्त्री हुनुभन्दा अघि रामकुमारीले काठमाडौं क्षेत्र नम्बर– ५ को मतदाताको पनि मनस्थिति बुझ्ने प्रयास गरेकी थिइन् । तर, उनले काठमाडौं– ५ आफ्नो लागि त्यति अनुकूल नदेखेको निकटस्थहरूसँग बताउने गरेकी थिइन् । 

चुनावी तयारीका सन्दर्भमा उनले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिन चाहने व्यक्तिहरूलाई समेत इंगेज गराइरहेकी छिन् । 

रामकुमारी काठमाडौंबाट उम्मेदवार बन्न चाहने अवस्थामा स्वतन्त्र उम्मेदवारहरूले सहयोग गर्ने वचन उनलाई दिएका छन् । रामकुमारी र स्वतन्त्र उम्मेदवारहरूका बीचमा बाक्लो संवाद भइरहेको उनी निकट एक नेताले जानकारी दिए । 

एकीकृत समाजवादीका सचिव एवं प्रदेश– १ का मुख्यमन्त्री राजेन्द्र राईलाई पार्टीले सुनसरी क्षेत्र नम्बर– १ बाट उम्मेदवार सिफारिश गरेको छ । यसअघि २०७४ को चुनावमा राई भोजपुर प्रदेश ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

सुनसरी– १ बाट सिफारिश भएपछि राईले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने सोच नभएको प्रस्ट्याएका छन् । 

सुनसरी– १ बाट भएको सिफारिश पार्टीको मूल्यांकन र त्यहाँका नेता कार्यकर्ताको चाहनाको आधारमा भएकाले त्यसका आफ्नो कुनै माग नभएको राई बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x