कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित दमौलीमा १ महिने हिन्दू महामिलन पर्व शुरू भएको छ ।
अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व मंगलवारदेखि शुरू भएको हो ।
महामिलन पर्वको उद्घाटन गर्दै विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले व्यासको भूमिलाई विश्वमाझ परिचित गराउन सबैको पहल आवश्यक रहेको चर्चा गरे । व्यासभूमिको प्रचारलाई हाल भइरहेको कार्यको प्रशंसा गर्दै उनले विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलको रूपमा यस ठाउँलाई विकास गर्नुपर्ने धारणा राखे ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेले व्यासभूमिलाई विश्वमाझ परिचित गराई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए । महामिलन पर्व कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम संकीर्तन एवं १०८ दीप प्रज्ज्वलन गरिने आयोजकले जनाएको छ ।
महामिलन पर्वको अवसरमा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ ।
यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्संकल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम संकीर्तन एवं १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महसुस गरिएकाले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले बताए । अधिकारीले भने, ‘पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, ४ वेद र १८ पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।’
व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम शुरू गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा ५ करोड ८४ लाख ८४ हजार ५२ रुपैयाँको लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपुरक अनुदान ३ करोड ८० लाख १४ हजार ६३३ रहेको छ भने व्यास नगरपालिकाले २ करोड ४ लाख ६९ हजार ४१९ लागत साझेदारी गरेको छ ।
व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरू पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।
व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विक्रम संवत् २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गरेका थिए ।
आजभन्दा करीब ५ हजार ५०० वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किलोमिटर पूर्व छाब्दी बाराहको मन्दिरदेखि करीब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको बताइएको छ ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...