×

NMB BANK
NIC ASIA

आज कागतिहार, यो श्लोकका साथ गर्नुहोस् कागपूजा

कात्तिक ६, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

आजबाट यमपञ्चक शुरू भएको छ  । यमपञ्चकको पहिलो दिन कागतिहार मनाउने गरिन्छ । त्यस दिनमा कागलाई पूजाआजा गरी स्वादिष्ट खानेकुरा खुवाउने चलन छ ।

Muktinath Bank

आफूले भात खानुअघि बिहानपख टपरीमा भात राखी त्यसमा अलिकति तिलको तेल हालेर छतमा राख्नुपर्छ । कागले भोजन गरिसकेपछि मात्र आफूले भोजन गर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कागलाई छुट्याइने भोजनलाई काकबलि भनिन्छ । यो श्लोक उच्चारण गर्दै काकबलि दिनुपर्छ :


Advertisment
Nabil box
Kumari

ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतस्तथा ।
वायसाः प्रतिगृह्णन्तु मया दत्तं बलिं त्विमम् ।।

Vianet communication

अर्थात्, पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशा अनि यमलोकमा समेत रहेका कागदेवताहरूले मैले दिएको यो बलि ग्रहण गरून् । (प्रत्येक दिशाको देवतालाई यहाँ इंगित गरिएको छ । जस्तै, ऐन्द्र भन्नाले पूर्व दिशाका देवता इन्द्र, वारुण भन्नाले पश्चिम दिशाका देवता वरुण, वायव्य भन्नाले उत्तर दिशाका देवता वायु अनि याम्य भन्नाले दक्षिण दिशाका देवता यमराज अनि नैऋत भन्नाले यमलोकलाई इंगित गरिएको हो । अनि वायस भनेको काग हो ।)

आजैको दिन दिदीबहिनीहरूले दाजुभाइलाई भाइटीकाको निम्ता दिने गर्छन् । निम्ता दिँदा सुपारी दिने चलन छ । त्यसैगरी दूबोलाई तिलको तेलमा चोपेर कपालमा दलिदिने अनि कानमा घुसाउने चलन छ ।

दूबो अमर हुन्छ भन्ने मान्यताका कारण यो लगाइदिने चलन चलेको हो ।

यमराजको दूत 
यमपञ्चकमा कागको पूजा गर्नुमा काग यमदूत हो भन्ने मान्यता छ । काग मृत्युदेव यमराजको दूत भएका कारण उसले यमलोकमा रहेका हाम्रा पूर्वजहरूको आत्मालाई हाम्रो बारेमा बताइदिन्छ । हामी धर्म र अध्यात्म अपनाएर बसेका छौं भन्ने सन्देश कागले पितृहरूलाई पु-याएमा उनीहरू सन्तुष्ट हुन्छन् ।

कागको धार्मिक महत्व 
कागको पूजा गर्नुका पछाडि यसको धार्मिक महत्व रहेको छ । पुराणहरूमा कागले अमृतको स्वाद चाखेको हुनाले यसको स्वाभाविक र प्राकृतिक मृत्यु हुँदैन भनी उल्लेख गरिएको छ ।

कागलाई भोजन गराउनु भनेको आफ्ना पितृहरूलाई भोजन गराउनु हो भन्ने मान्यता छ । शास्त्रमा क्षमतावान आत्मा कागका रूपमा धर्तीमा विचरण गर्ने कुरा उल्लेख गरिएको छ । कागलाई भोजन गराउँदा पितृहरू तृप्त हुन्छन् । विष्णुपुराणमा भक्ति र श्रद्धाका साथ कागलाई भोजन गराउनुपर्छ भनी लेखिएको छ ।

काग अत्यन्त बुद्धिमान् चरा हो । समस्याको समाधान गर्ने र सञ्चार गर्ने अद्भुत क्षमता कागमा हुन्छ । उदाहरणका लागि, कुनै कागले दुष्ट मान्छे भेट्यो भने अन्य कागलाई कसरी त्यो मान्छे चिन्ने भनी बताइदिन्छ । अनि कागले कहिल्यै पनि मान्छेको अनुहार बिर्संदैन भनी अनुसन्धानले समेत पत्ता लगाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x