×

NIC ASIA

युवासंघ विराटनगरका अध्यक्ष लामाविरुद्ध पक्राउ पुर्जी जारी, ५ लाख दिएर १८ लाख असुलिसकेको आरोप

कात्तिक ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ विराटनगरका अध्यक्ष किरण लामाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विराटनगर – ८ का ३४ वर्षीय नवल यादव र २४ वर्षीय अभिषेक साहलाई अपहरण तथा शरीर बन्धक बनाएको उनीमाथि आरोप लागेको छ । शरीर बन्धक बनाएको उजुरीको आधारमा मोरङ प्रहरीले जिल्ला अदालतबाट आइतवार दिउँसो पक्राउ पुर्जी जारी गरेको हो ।

Muktinath Bank

मोरङ अदालतका सूचना अधिकारी सुवोद लामाले अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ पुर्जी जारी भएको जानकारी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले पीडितले दिएको उजुरीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरीमा उजुरी परेपछि लामा भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै पीडितलाई शुक्रवार लामाले आफ्नै घरमा बोलाएर बन्धक बनाएका थिए । शुक्रवार नै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा ठाडो निवेदन दिएका थिए । शनिवार भने जाहेरी दरखास्त दिएका थिए । जाहेरीमा लामाका सहयोगी ३२ वर्षीय अनुज मगरलाई पनि विपक्षी प्रतिवादी बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

जाहेरीमा जनपथ टोलस्थित घरमा शुक्रवार मध्यान्ह १२ बजे लामाले बोलाएको उल्लेख छ । मिटर ब्याजमा लिएको पैसा नदिएको भन्दै लामाले शुक्रवार दिउँसो दुवै पीडितलाई आफ्नै घरमा बोलाएर बन्धक बनाएर कुटपिट गरेका थिए । लामा समूहका कुटपिटबाट घाइते भएका दुईमध्ये अभिषेक उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका नवललाई फेला पारेर प्रहरीले उद्धार गरेको थियो ।

Vianet communication

विराटनगरको हस्पिटल चौकमा औषधी पसल सञ्चालन गर्ने नवलले लामाबाट गत असार २९ गते पाँच लाख रुपैयाँ सापटी लिएका थिए । यादवले लामासँग फार्मेसी व्यवसाय सञ्चालन गर्न पैसा सापटी लिएका हुन् । लामाले तीन महिनामै पाँच लाख रुपैयाँको मिटर ब्याज कारोबारमा १८ लाख असुलिसकेको आरोप रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x