कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
चाडपर्वको मौसममा अधिकांश महिलाले कपालको स्टाइलिङका लागि कपालमा तातो (आइरन) लगाउने गर्छन् । यति मात्र होइन, कपाल स्टाइलिस बनाउन महिलाहरू घण्टौँसम्म पार्लरमा जान्छन्, जहाँ स्टाइलका लागि विभिन्न केमिकल पनि प्रयोग गरिन्छ । उक्त केमिकलका कारण दुई दिनपछि कपाल सुख्खा र निर्जीव हुन्छ । यस्तो अवस्थामा धेरै पटक स्टाइलिङ गर्ने र केमिकल उत्पादन वा तताउने उपकरणको प्रयोग गरिएमा कपाललाई स्थायी रूपमा क्षति पुग्न सक्छ । यदि कपाललाई उचित हेरचाह गर्ने हो भने फेरि चम्किलो र नरम बनाउन सकिन्छ । स्टाइल गरेपछि कपालको हेरचाह कसरी गर्ने ? केही उपायहरू थाहा पाउनुहोस् ।
केमिकल फ्री स्याम्पुको प्रयोग
जहिले पनि कपालमा हेयर स्टाइलिङ गरेपछि कपाललाई राम्ररी स्याम्पु गर्नु अति आवश्यक हुन्छ । वास्तवमा, कपाल स्टाइल गर्दा धेरै रासायनिक उत्पादनहरू प्रयोग गरिन्छ । यदि यी रसायन कपालमा रह्यो भने यसले कपाललाई धेरै नोक्सान पुर्याउन सक्छ । दोस्रो दिनमा नै ‘माइल्ड स्याम्पु’ले कपाल सफा गर्नु राम्रो हुन्छ ।
तेल मालिस
कपाल स्टाइल गरेपछि कपालमा पोषण र कोमलता ल्याउन कपालमा तेलको मसाज धेरै महत्वपूर्ण हुन्छ । कपालमा तेल लगाउनाले कपाल ‘हाइड्रेटेड’ रहन्छ र बलियो पनि रहन्छ । नरिवलको तेललाई हल्का न्यानो पार्नुहोस् र त्यसपछि हल्का हातले कपालको ‘स्क्याल्प’मा मालिस गर्नुहोस् ।
प्राकृतिक तरिकाले कपाल सुकाउने
ड्राई हेयर स्टाइल गरेपछि कपाल धेरै सुख्खा र कमजोर हुन्छ । जसका कारण सजिलै भाँचिन्छन् । यसका लागि कपाल स्टाइल गरिसकेपछि कपाललाई प्राकृतिक रूपमा सुकाउन दिनुहोस् । कपाल धोएपछि कहिल्यै ड्रायर प्रयोग नगर्नुहोस् ।
घरेलु कपाल मास्ककाे प्रयोग
जब कपालमा केमिकल र तताउने हुन्छ, त्यसपछि भोलिपल्ट कपाल धुनुहोस् र कपालमा मास्क लगाउनुहोस् । घरमै हेयर मास्क बनाउनु राम्रो हुन्छ, यसो गर्नाले कपालको चमक फिर्ता आउँछ र बलियो हुन्छ ।
कपासको सट्टा साटन वा रेशमको प्रयोग
कपालको स्टाइल गर्दा कपाल कमजोर हुन्छ । यस्तो अवस्थामा कपासको तकिया कभरको सट्टा साटन वा रेशम प्रयोग गर्नुहोस् । यसो गर्दा कपाल फुट्दैन ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...