×

NMB BANK
NIC ASIA

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला

कात्तिक १९, २०७९

NTC
Premier Steels

कालीगण्डकी बेंसीको महत्त्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा केलादीघाटलाई लिइन्छ ।

Muktinath Bank

पाल्पा, स्याङ्जा र तनहुँको संगमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रूपमा रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकआपसमा जोड्ने गरेको छ । स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रूपमा यहाँका वासिन्दाले यो स्थललाई लिने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

विशेषगरी हरिबोधनी एकादशी पर्वका अवसरमा लाग्ने केलादीघाटको मेलाले कालीगण्डकी बेंसीको रहनसहन, संस्कार संस्कृति, सामाजिक भावनाको विकासलाई एकताबद्ध बनाएको छ । मेलाले फरक समुदायलाई एकै ठाउँमा पनि जोडेको छ ।
 
धादिङ जिल्लाको गंगा जमुना गाउँपालिकाका सरबहादुर तामाङ पहिलोपटक केलादी मेला अवलोकन गर्न आए । केलादीको नाम धेरै सुनेको तर आउने अवसर नमिलेकाले  यस पटकको मेलमा धान राख्ने भकारी बिक्री गर्ने सिलसिलामा यहाँ आएको बताए ।
    
‘केलादी मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको रहेछ, सामाजिक सद्भावको विकास र केही नयाँ कुरा सिक्ने अवसर जुराएको छ, यहाँको सिकाइ अन्यत्र पनि प्रयोग गर्नु अति उपयोगी हुनेछ, यसले एकआपसमा आत्मीयताको भावना बढाउँदै जानेछ,’ उनले भने ।
       
यहाँ लाग्ने मेला हेर्ने र स्थानीय उत्पादनको व्यापार गर्न यसपटक केलादीमा आएको तनहुँको जिल्ला भिमाद बस्ने खुमबहादुर थापाले बताए । एकादशीका बेला यसभन्दा अघिल्ला वर्षमा उनी चितवन लगायत अन्य स्थानमा सुन्तलाको व्यापार गर्न जान्थे । सामाजिक रीतिरिवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोगजस्ता सम्बन्ध विस्तार हुने जानकारी पाएपछि अन्यत्रको मेला छाडेर यस पटक व्यापार पनि हुने र मेला पनि भर्ने उद्देश्यले यहाँ आएको उनले बताए ।
       
‘अन्य ठाउँको तुलनामा यहाँको मेला बेग्लै खालको पाइयो, नयाँ ठाउँ भए पनि नौलोपनको आभास भएन,’ उनले भने, ‘भाइचाराको सम्बन्ध स्थापित, पारिवारिक र आनन्ददायी वातावरण देख्दै लोभलाग्दो छ, मेलामा १० क्विन्टल सुन्तलाको व्यापार पनि भयो ।’

Vianet communication

केलादी मेलामा विशेष गरी सुन्तला, सखरखण्ड, केरा, तरुल, बाँसजन्य सामग्रीको राम्रो व्यापार हुन्छ । यी सामान खरिद गर्नकै लागि पनि टाढाबाट मानिसहरू मेलामा आउने गर्दछन् । बाँसबाट बन्ने आकर्षक सामान खरिद गर्नेको ठूलो सहभागिता हुन्छ ।

पछिल्ला वर्षमा भने यहाँको मेलामा माटोबाट तयार पारिएको सामग्री भने देखिएन । उत्पादन नभएपछि माटोबाट बनेका सामग्री मेलामा पाउनै छाडिएको छ ।

स्याङ्जा चापाकोट नगरपालिका–६ बस्ने तिलबहादुर थापाले बर्सेनि मेलामा सुन्तलाको व्यापार गर्दै आएका छन् । मेलाको मुख्य आकर्षणमा सुन्तला पनि परेकाले घरमा उत्पादन भएका सुन्तला बिक्रीका लागि उनी यहाँ आउने गरेका हुन् । मेलाले स्थानीयस्तरका उत्पादन व्यापार गर्ने राम्रो अवसर मिलेको थापाले बताए ।

यस वर्षको एकादशीको अवसरमा लागेको मेला करीब ५ हजारभन्दा बढीले अवलोकन गरेको अनुमान गरिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी लगायत विभिन्न जिल्लाबाट भक्तजन मेला अवलोकन गर्न भित्रिएका थिए । पछिल्लो समय सडक सुविधा विस्तार, केलादीघाटमा पक्की पुल भएसँगै मेला हेर्न जाने बढ्दै गएका हुन् ।
       
केलादीघाट ऐतिहासिक र पौराणिकघाट हो । लामो समयदेखि हरिबोधनी एकादशीका दिन यहाँ तोरण तार्ने गरिँदै आइएको छ । पहिला भक्तजन स्नान गर्न मात्रै आउँथे भने अहिले मनोरञ्जन, संस्कृतिको संरक्षण र चाडबाडलाई बढी महत्त्व दिएर आउनेको संख्या बढ्न थालेको स्थानीय घनश्याम खनालले बताए ।

नेपाली धर्म, अध्यात्म, वैदिक सनातन र सभ्यतामा  जोडिएका जति पनि सांस्कृतिक पर्व छन्, तिनमा धार्मिक र आध्यात्मिक महिमा पनि उत्तिकै छ । विश्वमै शालिग्राम पाइने एक मात्र नदी भएकाले शालिग्राम जननी माताका रूपमा लिइने यस नदीमा तोरण तारेमा जन्मजन्मान्तरसम्म सामाजिक र धार्मिक दृष्टिले गरिएका सबै पाप नाश भएर जाने धार्मिक विश्वासले पनि एकादशी मेलामा कालीगण्डकी नदीमा तोरण तार्ने गरिन्छ ।
       
यो पर्वमा विभिन्न ठाउँबाट भक्तजन मेलामा आउँदा पारिवारिक रूपमा सम्बन्ध कायम भएका आफन्तजनसँग भेटघाट हुने, विचार आदानप्रदान हुने, सन्चो बिसन्चो खबर, सूचना सन्देश प्रवाह गर्न राम्रो माध्यम बनेको अर्का स्थानीय लेखनाथ बस्ताकोटीले बताए । आफूले उत्पादन गरेका उपज यहाँ बिक्री गर्न पाइने र यहाँ उपलब्ध नहुने वस्तु खरिद गर्ने मेलाका रूपमा पनि केलादी मेला प्रसिद्ध छ । – सुशिला रेग्मी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x