
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताएका छन् । उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू सबै निष्क्रिय भइसकेको बताएका हुन् ।
उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट शुरु हुने बताए । धमलाका अनुसार राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको बताए । उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकहरूको पुनः नयाँ प्रक्रिया (शून्यबाट) शुरु हुने बताए ।
‘संघीय संसदको एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भएका छन् । प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय हुने भन्ने व्यवस्था छ । तर, राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरू १२ वटा छन् । ति विधेयकहरू विचाराधीन अवस्थामा नै छन् । अधिवेशन शुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट शुरु हुन्छन् । तीभन्दा बाहेकका अरु सबै विधेयकहरू निष्क्रिय भए’, धमलाले भने, ‘यदी सरकारले तिनै विधेयकहरू ल्याउन चाह्यो, फरक ढंगले ल्याउन चाह्यो वा कुनैपनि विधेयक संघीय संसदमा दर्ता गर्न ल्याए फेरि ति विधेयकहरूको नयाँ प्रक्रिया शुरु हुन्छ । जिरोबाट शुरु हुन्छ । राष्ट्रिय सभाबाट आएका राष्ट्रिय सभाबाट नै अघि बढ्छन्, प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्छन् ।’
सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए ।