
चीनका अर्बपति व्यापारी ज्याक मा अहिले जापानमा लुकेर बसेको फाइनान्सियल टाइम्सले खबर दिएको छ ।
उनी टोक्योमा आफूलाई लो प्रोफाइलमा राखेर बसिरहेका छन् । व्यक्तिगत सुरक्षाका लागि उनी चीनबाट जापान पुगेको बताइएको छ ।
चीन सरकारको आर्थिक नीतिलाई आलोचना गरेपछि मालाई निशाना बनाइएको थियो । उनको एन्ट ग्रुपले निकाल्न लागेको संसारको सबभन्दा ठूलो आईपीओ पनि रोकिएको थियो र उनीमाथि अर्बौं डलरको जरिवाना लगाइएको थियो ।
त्यसपछि मा लामो समय गायब भएका थिए ।
सन् २०२१ मा उनको एक भिडियो सार्वजनिक भएको थियो । भिडियोमा उनले कोभिड महामारी अन्त्य भएपछि भेटघाट हुने बताएका थिए ।
जापानमा समय बिताउनका लागि माले वाटर कलर पेन्टिङ गर्ने गरेको बताइएको छ । चीन सरकारको कोपमा परेपछि मालाई स्पेन र नेदरल्यान्ड्समा पनि देखिएको थियो ।