२२ असार २०८३, सोमबार

भारतको कारण डुबान समस्या निम्तिएको भन्दै एमालेले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

कात्तिक २०, २०७४
भारतको कारण डुबान समस्या निम्तिएको भन्दै एमालेले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौं, २९ साउन— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी र पहिरोका कारण देशभर उत्पन्न कठिन अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।Logo_of_CPN_(UML) (1)
एमाले उपाध्यक्ष भीम रावलले ऋषिकेश शाह र शत्रुघन महतोको समर्थनमा आइतबार संसद सचिवालयमा दर्ता गराएको प्रस्तावमा भारतले सीमा नजिककै तटबन्ध तथा बाँध बनाएका कारणले तराईमा डुबानको समस्या भयावह भएको उल्लेख गरिएको छ।
एमालेले बाढी पहिरोबाट व्यापक जनधनको क्षति भएको भन्दै पीडितलाई राहत तथा उद्दार, वेपत्ताको खोजी र घाइतेको तत्काल उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्