मंसिर २, २०८०
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
निश्चित बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको गीत ‘साली मन पर्यो’ले युट्युबमा एक सय मिलियन भ्युज पाएको छ । ‘घामड शेरे’ चलचित्रमा समावेश यस गीतलाई युट्युबमा १० करोड बढी पटक हेरिएको हो ।
तीन वर्षअघि सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर छ । कालीप्रसादकै शब्द एवं संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।
आफूहरुले नृत्य गरेको गीतले युट्युबमा १० करोड भ्युज पाएसँगै निश्चल र स्वस्तिमाले फेसबुकमार्फत खुशी शेयर गरेका छन् । स्रोता एवं दर्शकहरुको मायाका लागि निश्चलले आभार व्यक्त गरेका छन् ।
अभिनेत्री स्वस्तिमाले सम्पूर्ण दर्शक एवं स्रोतामा धन्यवाद दिएकी छिन् । उनले संगीतको महत्व आफ्नो करिअरमा सधै नै रहेको फेसबुकमा उल्लेख गरेकी छिन् । ‘मलाई आज पनि कति दर्शकले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनेको अवस्था छ । त्यसको उदाहरण ‘कुटुमा कुटु सुपारी दाना’ गीत हो । जुन आजसम्मकै सर्वाधिक हेरिएको गीतमा पर्न सफल छ’ स्वस्तिमाले लेखेकी छिन्, ‘अहिले आएर ‘साली मन पर्यो’ गीतले पनि १० करोड पटक हेरिएर तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको खुशी थपिएको छ ।’
स्वस्तिमाले नृत्य गरेको ‘कुटुमा कुटु सुपारी दाना’ आजसम्मकै युट्युबमा सर्वाधिक हेरिएको गीत हो । जुन गीतले अहिलेसम्म १८ करोड भ्युज पाएको छ ।
दोस्रो सर्वाधिक हेरिएको गीत भने टिका प्रसाईँको गीत ‘माया लुकी लुकी’ हो । यस गीतले युट्युबमा १३ करोड १४ लाख भ्युज पाएको छ ।
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...