×

NIC ASIA

गृहकै कार्यदलको प्रतिवेदन : सीमामा हुने तस्करीमा दलका नेताको समेत मिलेमतो !

पुस २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको समेत मिलेमतो रहने गरेको पाइएको छ । 

Muktinath Bank

गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनले चुनावको समयमा विभिन्न सीमा नाकाबाट भएका तस्करीमा राजनीतिक दलका तल्लो तहदेखि केन्द्रसम्मका नेताहरूको मिलेमतो रहेको खुलाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदलमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल, सशस्त्र प्रहरीका डीआईजी किशोर प्रधान र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी समेत सदस्य रहेका थिए ।


Advertisment
Nabil box
Kumari

‘हामीले सीमा क्षेत्रमा अनुसन्धान गर्दा स्थानीय तहका कार्यकर्तादेखि केन्द्रका शक्तिशाली नेताहरूको समेत दबाब खेप्नुपरेको गुनासो प्रहरी र सशस्त्र प्रहरीहरूले गरेका छन्,’ कार्यदलका एक सदस्यले लोकान्तरसँग भने ।

Vianet communication

‘चुनावको समय छ, हामीले खर्च गर्नुपर्छ, सानोतिनो विषय त हो, छाडिदिनुपर्‍यो भन्दै फोन आउँछ हजुर,’ अनुसन्धानका क्रममा आएको बयान उल्लेख गर्दै ती सदस्यले थपे ।

त्यति मात्र होइन, अन्य समयमा पनि नियन्त्रणमा लिइसकेका व्यक्तिलाई छुटाउन माथिल्लो तहकै नेताको समेत दबाब आउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

विशेष गरेर सुपारी, केराउ, ल्वाङलगायतका खाद्य वस्तु नेपालबाट भारतमा तस्करी हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

तेस्रो मुलुकबाट ल्याएको सुपारी, केराउलगायतका खाद्य वस्तु बोर्डर क्षेत्रमा भण्डारण गरेर राख्ने र त्यसलाई नेपाली भनेर कागजात बनाई व्यापारीहरूले नै भारत निर्यात गर्ने गरेको देखिएको समितिका ती सदस्यले लोकान्तरलाई बताए ।

‘कानूनमा नेपाली सुपारी र केराउ भारत निर्यात गर्न मिल्ने व्यवस्था छ । त्यसको फाइदा उठाउँदै व्यापारीहरूले नै चीनबाट ल्याएका सुपारी र केराउलाई नेपाली हो भन्ने कागज बनाएर दैनिक टनका टन भारत पठाउने गरेको पाइयो,’ ती सदस्यले भने, ‘अर्को, उनीहरूले बोर्डरमै टँसाएर गोदाम राख्ने र सुरक्षाकर्मी नदेख्नेबित्तिकै पोका बनाएर भारततर्फ तस्करी गर्ने गरेको पनि देखियो ।’

प्रतिवेदनमा विशेष गरेर झापाको काँकडभित्ता नाकाबाट त्यसरी सुपारी तस्करी हुने उल्लेख छ ।

प्रतिवेदनले भारतबाट नेपालतर्फ पनि विभिन्न तरिकाले तस्करी हुने गरेको उल्लेख गरेको छ । भारतबाट दैनिक उपभोगका लागि सानो मात्रामा चिनी, खाने तेल लगायतका वस्तुहरू ल्याउन पाउने प्रावधान छ । तर, तस्करहरूले स्थानीयलाई प्रयोग गरेर भारतबाट सामान ल्याउने र त्यसलाई गोदाम बनाएर नेपालमा बिक्री गर्ने गरेको देखिएको छ ।

प्रतिवेदनले ती गोदामहरूमा छापा मार्न र तिनलाई निस्तेज पार्न सिफारिस गरेको छ  ।

छोटी भन्सारमा ६ महिना पनि बस्दैनन् कर्मचारी

प्रतिवेदनमा तस्करी लगायतका कारणले गर्दा राजस्व संकलनमा पनि असर पुगेको उल्लेख छ । 

यस्तै छोटी भन्सारहरूमा वर्षमा ६ महिना पनि कर्मचारी नबस्दा राजस्व गुमेको औंल्याइएको छ । प्रतिवेदनमा ‘भन्सारका कर्मचारी, आन्तरिक राजस्व कार्यालय र राजस्व उठाउने निकायको सक्रियता अभाव रहेको’ उल्लेख छ ।

‘कर्मचारी नहुँदा व्यापारीहरूले कर तिरेर ल्याउँछु भन्दा पनि नपाएको देखियो,’ कार्यदलका एक सदस्यले भने, ‘एकजना व्यापारीले कर तिर्छौं भन्दा पनि पाइन्न भनेर हामीसँग गुनासो गर्नुभयो ।’

तस्करी नियन्त्रण गर्न नसक्नुमा सुरक्षा निकायको पनि कमजोरी पाइएको छ ।

‘केही प्रहरीहरू नै प्रलोभनमा परेर तस्करीमा लागेको पाइएको छ । त्यसले गर्दा तस्करी गर्नलाई तस्करहरूलाई झन् सहज भइरहेको प्रतिवेदनमा उल्लेख छ,’ ती सदस्यले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x