×

NIC ASIA

सम्भावित जोखिमलाई बेवास्ता गर्दा ‘किशोरी–सुत्केरी’को ज्यान गयो

पुस २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउनसक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्यचौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ । 

Muktinath Bank

प्रसूतिपश्चात् आउनसक्ने सम्भावित जोखिमलाई ख्याल नगर्दा पाँचथरको कुम्मायक गाउँपालिका–२ की १९ वर्षीया सुत्केरी मनिषा आचार्यको ज्यान गएको पाइएको हो । सुत्केरी बेथाले च्यापेपछि परिवारले आचार्यलाई यही पुस २० गते बिहान ९ बजे माङ्जाबुङ स्वास्थ्यचौकीमा प्रसूतिका लागि भर्ना गरेका थिए । स्वास्थ्यकर्मीका अनुसार उनले मध्याह्न ११ः५५ बजे साधारण अवस्थामै २.७ किलोग्राम तौल भएको शिशु जन्माएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रसूतिपश्चात् केही समय आचार्यको स्वास्थ्यावस्था सामान्य रहे पनि केही क्षणपछि रक्तस्राव सुरु भएको थियो । रक्तस्राव रोक्ने प्रयास गरेका स्वास्थ्यकर्मीले उनको उमेर, तौल, रक्तचाप र शारीरिक अवस्थालगायत कारण आउनसक्ने जोखिमलाई ध्यान नदिँदा सोही दिन उनको ज्यान गएको हो ।


Advertisment
Nabil box
Kumari

उक्त स्वास्थ्य चौकीका इञ्चार्ज सचिन्द्र मेहताका अनुसार प्रसूति भएको केही समयपछि आचार्यमा रक्तस्रावको समस्या देखिएको थियो । स्वास्थ्यकर्मीले औषधि दिइ रक्तस्राव रोक्ने प्रयास गरेका थिए । यद्यपि आचार्यमा देखिएको रक्तस्रावको समस्या हल भए÷नभएको विषयमा स्वास्थ्यकर्मी र मृतकका आफन्तजन तथा स्थानीयवासीका धारणा बाझिएका छन् । दिउँसो ३ बजे जाउलो र दाल खाएपछि सुत्केरी बेहोस भएको स्वास्थ्यकर्मीले बताएका छन् । यता मृतकका आफन्तजन र स्थानीयवासीले भने रक्तस्रावको समस्या निको नभएको र स्वास्थ्यकर्मीले समयमै सुविधासम्पन्न अस्पताल नपठाउँदा सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् । 

Vianet communication

मृतकका दाजु मदन आचार्य शव परीक्षण रिपोर्टमा आन्तरिक रक्तस्राव र कम रक्तचापका कारण बिरामीको निधन भएको देखिएकाले स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नी बहिनीको ज्यान गएको बताए । “स्वास्थ्यकर्मीले आन्तरिक रक्तस्राव, रक्तचाप र बिरामीको अवस्थाबारे ख्याल गर्नुपर्ने थियो”, आचार्यले भने, “हामीलाई ४ः३० बजेमात्रै बिरामीको अवस्था कमजोर भएकाले बाहिर लैजान भनियो ।” प्रसुतिपछि कम रक्तचापका कारण बिरामी उठ्न नसक्ने अवस्थामा पुग्दासमेत स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल पठाउनेतर्फ ध्यान नदिई स्वास्थ्यचौकीमै राखेको परिवारको गुनासो छ । 

स्वास्थ्यकर्मीले बिरामीको अवस्थालाई ख्याल गरेर समयमै बाहिर लैजान भनेका भए समयमै जिल्ला अस्पताल पु¥याउनसक्ने मृतकका दाजु मदनको भनाइ छ । मृतकका परिवारले स्वास्थ्यकर्मीले जोखिमलाई ख्याल नगरेको र बिरामीको अवस्थाबारे लापरवाही गरेकाले छानविन हुनुपर्ने माग गरेका छन् ।

माङ्जाबुङको चौथी बजारकी रेनुका खड्काका अनुसार अत्यधिक रक्तस्राव भएपछि समयमा जिल्ला अस्पताल नपठाउँदा सुत्केरीको अवस्था कमजोर बनेको थियो । “अलि चाँडो भएको भए बिरामीको ज्यान बच्न सक्थ्यो”, खड्काले भनिन् ।

स्वास्थ्यकर्मी भने बिरामीको अवस्था जटिल बनेपछि आफूहरूले बाहिर लैजानु भनेको बताउँछन् । “४ बजेतिर बिरामी एक्कासि बेहोस भएपछि हामीले बाहिर लैजानु भनेका हौँ । अवस्था छ जटिल भनेका थियौँ”, स्वास्थ्यचौकीका इञ्चार्ज मेहताले भने, “सोभन्दाअघि अवस्था त्यस्तो गम्भीर थिएन ।”

मृतकका जेठाजु नेत्रप्रसाद गड्तौला भने रक्तस्रावपछि तीन घण्टाभन्दा बढी समय स्वास्थ्यचौकीले बाहिर नपठाउँदा बुहारीको ज्यान गएको बताउँछन् । “भनेजस्तो उपचार गर्न नपाई बुहारीको निधन हुँदा मलाई साह्रै दुःख लागेको छ”, गड्तौलाले भने, “बिरामीसँग रहेका आफन्तले तपाईंहरूले सक्नुहुन्न भने बाहिर पठाइदिनुभन्दा समेत दिनभरि राखेर साँझ परेपछि जिल्ला पठाउने काम भयो । तत्कालै गाडी व्यवस्था गरेर जिल्ला लगे पनि बाटैमा बुहारी बितिन् ।” उपचार असम्भव भएपछि मात्रै स्वास्थ्यकर्मीले बिरामीलाई रेफर गरेको र ध्यान नदिएको गुनासो जेठाजु गड्तौलाको छ । 

अर्कोतिर सुत्केरीलाई उपचारका लागि सदरमुकामसम्म लैजान एम्बुलेन्ससमेत नहुँदा ट्याक्सीमा हालेर लगिएको थियो । बेहोस भइसकेकी सुत्केरीलाई ट्याक्सीको सिटमा अड्याएर फिदिमस्थित जिल्ला अस्पताल पु¥याइएको भए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

घटनापछि कुम्मायक गाउँपालिकाका जनप्रतिनिधिले स्थलगतरूपमा घटनाको विवरणबारे जानकारी लिएका छन् । सुत्केरीको अवस्थाबारे जानकारी गराई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरका माध्यमबाट सुत्केरीलाई सुविधासम्पन्न अस्पताल पु¥याउने सम्भावना हुँदाहुँदै जोखिमलाई ख्याल नगरिएको स्थानीयवासीको गुनासो छ । मनिषाले जन्माएका नाबालकको अवस्था भने सामान्य रहेको परिवारजनले जनाएका छन् । मनिषाका श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बुझिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x