निर्माता एवं निर्देशक शोभित बस्नेतले शनिवार फेसबुकमा नेपाली अभिनेत्रीहरूप्रति लक्षित गर्दै एक स्टाटस् लेखेका छन् ।
उनी लेख्छन्, ‘हाम्रा हिरोइनहरु १८ लाख लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’
प्रियंका कार्की, ऋचा शर्मा र बेनिशा हमाल अभिनित ‘चि मुसी चि’, सारा सिर्पाइली अभिनित ‘गुञ्जन’ र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ प्रदर्शनरत रहँदा शोभितले लेखेको स्टाटसलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको छ ।
उनको स्टाटसमा कतिपयले सहमत जनाएका छन् । कतिपयले हाउसफुल बनाउने हिरोइनले नभएको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय प्रदर्शनमा आएका नेपाली चलचित्रले हलमा अपेक्षित दर्शक तान्न सकिरहेका छैनन् ।
शुक्रबारदेखि प्रदर्शनमा आएका दुई चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’लाई हलमा दर्शकहरुको खडेरी देखिएको छ ।