×

एकजना मान्छेको नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् हुँदैन– ओली

विराटनगर | जेठ १०, २०८१

सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकजना मान्छेको नागरिकताको विषय छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् नहुने प्रतिक्रिया दिएका छन् । 

विराटनगरमा बिहीबार साँझ एमालेको मोरङ जिल्ला कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रेससँग सम्बन्धित विषय नभएको स्पष्ट पारेका हुन् ।


Advertisment

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नक्कली नागरिकताका विषयमा छलफल गर्दा प्रेस स्वतन्त्रता हनन् भएको भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाङ्गो–टिङ्गो खेल खेलेको आरोप लगाए ।


Advertisment

‘सबै कुरालाई कांग्रेसले बाङ्गो–टिङ्गो बनाएर उचालेको छ,’ उनले भने,  ‘यसले केही अर्थ राख्दैन ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले इगो साँधेकोजस्तो देखिन्छ नि ? भन्ने प्रश्नमा उनले देख्दा त्यस्तो देखिएको भएपनि गृहमन्त्रीले आफ्नो कर्तव्यस्वरुप कारबाहीलाई अगाडि बढाएको जवाफ दिए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता कीर्ते गरेको आरोपमा प्रहरीले मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको थियो । 

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x