×

Nic Asia
Dabur
Prabhu Bank

आर्थिक संकटबीच गम्भीर लापरवाही

बजेटको तयारी गर्नुपर्ने बेला अर्थमन्त्रालय सुनसान, राजस्व संकलन नराम्ररी प्रभावित

काठमाडाैं | फागुन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बनाउने तयारीकै बीच १६ दिनदेखि अर्थ मन्त्रालय नेतृत्वविहीन छ । १५ फागुनमा एमाले सरकारबाट बाहिरिने निर्णय गरेपछि अर्थसहितका महत्त्वपूर्ण मन्त्रालयले विभागीय मन्त्री पाएका छैनन् । विभागीय मन्त्री नहुँदा जुन गतिमा दैनिक प्रशासन चलाउने, औपचारिक निर्णय गर्ने, दीर्घकालीन महत्त्वका नीति निर्माण गर्नेदेखि कर्मचारीको खटनपटनसम्म प्रभावित भइरहेको छ । 

yONNEX
IME BANK INNEWS

अर्थतन्त्र संकटोन्मुख भइरहेको अहिलेको सन्दर्भमा अर्थमन्त्रालयको नेतृत्व एक दिन पनि खाली राख्न नहुनेमा मन्त्री पद १६ दिनदेखि खाली छ । अझै हप्ता १० दिन नयाँ मन्त्री नियुक्त हुने सम्भावना छैन । जसको प्रभावस्वरूप अर्थमन्त्रालय सुनसानजस्तो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपति निर्वाचनपछि मात्रै सरकार विस्तारको तयारी गर्ने तयारी गरेका छन । ५ चैतसम्म संसद् बैठक स्थगित भएकाले त्यसपछि बस्ने बैठकबाट विश्वासको मत लिएर मात्रै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अर्थ मन्त्रालयमा बजेट बनाउने चटारोका बेला हो । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँको बजेट सिलिङ दिइसकेको छ । यही सिलिङवरिपरि रहेर अर्थ मन्त्रालयले बजेट बनाउनुपर्छ । सबै मन्त्रालयलाई तोकिएको सीमाभित्र रहेर कार्यक्रमसहित बजेट माग्न अर्थ मन्त्रालयले निर्देशन दिई पनि सकेको छ । 

औपचारिक अनौपचारिक छलफल, नीतिगत निर्णय गर्नेदेखि दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने समयमा नै अर्थ मन्त्रालय खाली छ । मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने निकाय, त्यसमा पनि अर्थतन्त्रका सूचक नकारात्मक भइरहेको बेला सरकार बढी जिम्मेवार हुनुपर्ने हो, तर त्यस्तो देखिएको छैन ।


Advertisment
Lokantar App
Saurya island

मन्त्री नभएपछि दैनिक हुने भेटघाट, अन्तर मन्त्रालय समन्वय, दैनिक राजस्व प्रशासन चलाउने, कर्मचारीलाई निर्देशन दिने, बजेट निर्माणको तालिका बनाएर जाने, खारेज भएको राजस्व परामर्श समितिको विकल्पमा प्रभावकारी संयन्त्र बनाउनेसहितको काम प्रभावित भएको छ । अहिले अर्थमन्त्री हुन्थे भने मन्त्रालयमा बजेटकै विषयमा हुने अन्तर मन्त्रालय, निकाय, निजी क्षेत्रसँगको समन्वय शुरू भइसक्ने थियो । अर्थ मन्त्रालयकै एक कर्मचारीले भने, ‘मन्त्री नहुँदा कर्मचारीले आफ्नै गतिमा काम त गरेका छन्, तर एउटा कार्यालयमा हाकिम हुँदाको जस्तो गति नहुँदा नहुने रहेछ । औपचारिकतामा मात्रै सीमित भएर काम गरिरहेको अवस्था छ ।’

अर्थ मन्त्रालयले बजेट तर्जुमा दिग्दर्शन, २०७५ मै केन्द्रित भएर काम गरिरहेको हो  ।  यो दिग्दर्शनपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा आएको थियो ।

Vianet communication

उक्त ऐनको स्पिरिटमा निर्देशिका बनिसक्नु पर्ने थियो । अहिलेसम्म हुन नसक्दा भर्खरै निर्देशिकाको ड्राफ्ट बनेर अर्थ सचिवकोमा पुगेको छ । यो वर्ष संशोधन गर्ने नै कार्ययोजना भए पनि मन्त्री भएको अवस्थामा छिटो हुने काम अहिले ढिला भएको बुझाइ अर्थकै अधिकारीहरूको छ ।

सुनसान देखिएको अर्थमन्त्रीको कार्यकक्ष

अहिले बजेट महाशाखाले गर्नुपर्ने काम आन्तरिक रूपमा गरिरहेको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगबाट प्राप्त बजेटको मन्त्रालयगत सिलिङ सम्बन्धित मन्त्रालयमा पठाएको छ ।

सम्बन्धित मन्त्रालयले सोही सिलिङका आधारमा कार्यक्रम तथा बजेट बनाएर अर्थ पठाउँछन् । त्यो बेलासम्म अर्थले आन्तरिक तयारी गर्ने, बजेटको स्रोतको पहिचान गर्नेलगायतका काम गर्नुपर्ने हुन्छ ।

अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने मन्त्री नहुँदा पनि कर्मचारीको तहबाट हुने काम भइरहेको बताउँछन् । राजस्व परामर्श समिति नभए पनि अन्य नौ वटा उपसमिति गठन भएर त्यसले काम गरिरहेको उनले बताए । यी उपसमितिहरूलाई चैतभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । मन्त्री हुँदा गर्नुपर्ने नयाँ प्रक्रिया पूरा गर्न नसक्दा पुरानै प्रक्रियाअनुसार राजस्व सचिवको संयोजकत्वमा गठित समितिबाट काम भइरहेको छ ।

औपचारिकरूपमा मन्त्रालयबाट हुने काम नरोकिएको र दैनिक हुनुपर्ने काम भइरहेको प्रवक्ता काफ्लेको भनाइ छ । विभागीय मन्त्री हुँदाजस्तो गति नहुँदा नहुने उनी स्वीकार्छन् ।

अर्थमन्त्री नहुँदा दैनिक बजेट फुकुवा गर्नुपर्ने, मन्त्रिपरिषदमा पेश हुने प्रस्तावका लागि विभिन्न मन्त्रालयगत निकायले अर्थको राय लिनुपर्ने काम रोकिएको छ । दातृ निकायसँग सहायता लिने विषयमा समन्वय गर्नुपर्ने, दैनिक राजस्व प्रशासन नियन्त्रण लिनुपर्ने, परिचालन गर्नुपर्नेसहितका काम प्रभावित भइरहेको छ । 

अहिलेको बेला जति समय मन्त्री हुँदैनन्, त्यो समयमा पुगेको क्षति पुनःस्थापना गर्न त्यो भन्दा बढी समय लाग्ने अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन् । राजस्व संकलन लक्ष्यको तुलनामा निकै कमजोर बनेको छ । चालू आर्थिक वर्षको ८ महिना बित्न लाग्दासमेत राजस्व संकलन ४१ प्रतिशत मात्रै छ । सरकारको राजस्व संकलन लक्ष्यभन्दा २५ प्रतिशत बढीले घटिरहेको छ । 

महालेखा नियन्त्रकको तथ्यांकअनुसार सरकारले राजस्व संकलनबाट हालसम्ममा ५ खर्ब १६ अर्ब मात्रै संकलन गरेको छ । यो अवधिमा भएको कर्मचारी खर्च मात्रै ६ खर्ब ४ खर्ब रुपैयाँ पुगेको छ ।

सरकार कर्मचारी पाल्न पनि आन्तरिक ऋण उठाउने अवस्थामा पुगेका बेला अर्थतन्त्रकै बागडोर सम्हाल्ने निकाय खाली रहनुले अवस्था थप भयावह हुने चिन्ता बढाएको छ ।

अर्थ मन्त्रालयका अनुसार २८ फागुनसम्ममा भएको जम्मा राजस्व संकलन ५ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै छ । यस्तो राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा १ खर्ब ६ अर्ब रुपैयाँले कम हो ।

गत वर्ष फागुन २८ सम्ममा ६ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । सरकारको बजेटको प्रमुख स्रोत राजस्व संकलनमा परेको असरले अर्थतन्त्रका अन्य सबै क्षेत्रमा पर्ने हुन्छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात फागुनसम्ममा १० खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात १९ प्रशितले घटेको भए पनि यसको असर निर्...

चैत ११, २०७९

नेपाल राष्ट्र बैंकले शनिवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...

चैत ११, २०७९

यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्यो । साताको कारोबारको पहिलो दिन गत आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएर हालसम्मकै सर्वाधिक रेकर्ड कायम भयो । त्यसपछि भने सातोक...

चैत ११, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुटनुपर्ने बेला आएको बताएका छन्। राजश्वले चालू खर्च समेत धान्न र राजश्व लक्ष्यसमेत पूरा नहुने अवस्थ...

चैत ८, २०७९

पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनीमा लापरवाही बढ्न थालेको छ । शनिवार बिहान काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आयो । ७२ सीट क्षमत...

चैत १०, २०७९

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले आफू निर्वाचित भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीबीच सेतुको रूपमा काम गर्ने बताएका छन्। कोशी प्रदेशको काँकरभिट्टामा बु...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x