कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ ।
लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोनातन्त्र सूत्र उपन्यासभित्र १०१ वटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।
कोरोनाको वैश्विक महामारीको शुरूदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रूपमा बुनेका छन् । कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । पुस्तकको केन्द्रीय पात्र डा. शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।
हामीले भोगेका निरंकुशतन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्यो भन्ने बिम्बलाई पुस्तकमा लेखिएको छ ।
इन्डिगो इन्कले बजारमा ल्याएको पुस्तक महामारीको जीवन्त दस्तावेजको रूपमा रहने विश्वास गरिएको छ ।
महामारीको यो अत्याशलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यंग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो – कोरोनातन्त्र । लघुकथाका थुँगाहरूलाई पृथक आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो भएकाले यसलाई सूत्रउपन्यास भन्नु वाञ्छनीय हुन्छ । यो उपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताका लागि महामारी गतिलो इतिहास हुनेछ ।
नेपाली साहित्य विशेषगरी लघुकथा र लघुकथात्मक उपन्यासका सशक्त सर्जक रवीन्द्र समीरका तेस्रो आँखा (२०५३), पोस्टमार्टम् (२०६२), विकिरण (२०६३), ईश्वरका कथा (२०६५), अर्जुनदृष्टि (२०६७), अणु र पहाड (२०६९), व्यंग्यम् शरणं गच्छामि (२०७०) तथा एकलव्य दृष्टि (२०७१) गरी ८ वटा लघुकथा संग्रह प्रकाशित छन् । यसबाहेक समीरका चाँदीको घेरा ( मुक्तक संग्रह, २०६२) , ग्रेटवालको ग्रेट अनुभूति ( नियात्रा संग्रह, २०६६ ), भूकम्पमा मल्हमपट्टि ( संस्मरण, २०७३), मृत्युको आयु (उपन्यास, २०७६) पनि प्रकाशित छन् । कोरोनातन्त्र (सूत्र उपन्यास) उनको तेह्रौं साहित्यिक कृति हो ।
समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विद्याभूषण पदक लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् ।
कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यंग्य गरेका छन् । कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताको लागि संग्रहणीय उपन्यास हो ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...