२२ असार २०८३, सोमबार

तनहुँ १ : ५ महिनामै रास्वपाको मत २८ हजार बढ्यो, कांग्रेस र एमालेको कति घट्यो ?

बैशाख १२, २०८०
तनहुँ १ : ५ महिनामै रास्वपाको मत २८ हजार बढ्यो, कांग्रेस र एमालेको कति घट्यो ?

वैशाख १० गते तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले गत चुनावभन्दा २८ हजार ८७५ मत बढाएको छ ।

५ महिनाअघि गत मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । तर उपनिर्वाचनमा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजार ९१९ मत पाएर विजयी भएका छन् ।

मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएपछि वैशाख १० गते उपनिर्वाचन भएको हो । उतिबेलाको चुनावमा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका छन् ।

यतिबेलाको उपनिर्वाचनसम्म आउँदा नेपाली कांग्रेस र नेकपा एमालेको भोट घटेको छ । यतिबेला कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका छन् ।

मंसिरको निर्वाचनभन्दा उपनिर्वाचनमा कांग्रेसको ५ हजार २३९ मत र एमालेको ११ हजार ४९३ मत घटेको छ । 

salt training

कमेन्ट गर्नुहोस्