जेठ १०, २०८०
युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ । गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...
बैशाख २५, २०८०
‘शरणार्थी प्रकरणको विषय पत्रपत्रिकामा आएपछि जानकारी पायौं । यस्तो आपराधिक क्रियाकलापलाई कुनै हालतमा मान्दैनौं, जति निन्दा गरे पनि कम हुन्छ,’ देश नै तरंगित बनाउने नक्कली भुटानी शरणार्थी ठगी प्रकरणबारे सरकारका अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पदाधिकारी बैठकपछि शुक्रबार भनेका थिए, ‘यसमा को–को संलग्न छन्, अनुसन्धानले बाहिर ल्याउला । न्याय निरुपण होला । जो–जो सहभागी छन्, कानूनी दायरामा आउनुपर्छ ।’
उनी यत्तिमै सीमित भएनन् । राज्यसंयन्त्रले कसैको पनि संरक्षण नगर्ने दाबी उनले गरे ।
‘राज्य संयन्त्रले कसैलाई पनि संरक्षण गर्न सक्दैन । यो कल्पना पनि गर्ने विषय होइन,’ महतले भनेका थिए, ‘जसले गलत काम गरेको छ, त्यसको पर्दाफास हुनुपर्छ । कानूनी कठघरामा आउनुपर्छ ।’
सरकारको सबैभन्दा ठूलो दलका नेताले यसो भन्नुअगाडि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शरणार्थी ठगी प्रकरण ट्रेलरमात्रै भएको भन्दै वास्तविक फिल्म रिलिज हुनै बाँकी रहेको बताएका थिए ।
यसकै भोलिपल्ट शनिवार यो तरंगपूर्ण ठगीको विषयमा कांग्रेसकै प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि जोडिएको समाचार छरपस्ट भए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगीमा खाँणविरुद्ध पक्राउ पुर्जी जारी भएन । तर, उनी मुछिएको र प्रक्रियामा सहभागी भएको आधारसहितका समाचार नै बाहिरिए ।
यो मुद्दा प्रभावित बनाउन अनुकूलका गृहसचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा ल्याएको र पटक–पटक झापा पुगेर विचौलियालाई भेटेको आरोप खाँणमाथि लाग्न पुग्यो । खाँणले आफ्नाविरुद्ध तथ्यहीन र आधारहीन समाचार आएको भन्दै शनिवार यस्ता चरित्रहत्या हुने समाचार सम्प्रेषित गर्न आग्रह गर्दै छोटो विज्ञप्ति जारी गरे ।
‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिनुहुन अनुरोध छ ।’
तर, आइतवारसम्म आइपुग्दा साँच्चै भुटानीलाई होइन ‘नेपालीलाई नक्कली भुटानी शरणार्थी’ बनाएर अमेरिका पुर्याउने ठगी प्रकरणमा थप प्रमाण तथ्य आए ।
शुरूमा यो ठगी प्रकरणमा प्रमाण पुग्ने पुष्टिपछि बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ पुर्जी जारी गर्दै पक्राउ गरियो ।
एमाले सचिव टोपबहादुर रायमाझी फरार भए उनका छोरा सन्दीप रायमाझी र पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परे ।
तर, खाँणले विज्ञप्ति जारी गरेको भोलिपल्टै उनकै पत्नी मञ्जु खाँण र कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको यो ठगीमा पैसा बुझेको दाबीसम्बन्धी अडियो नै सार्वजनिक हुन पुग्यो । जिम्मेवार नेताका श्रीमतीमात्रै होइन, बहालवाला सांसद एवं पार्टी केन्द्रीय सदस्यद्वय नै संलग्न भएको विषय आएपछि कांग्रेसवृत्त झन् तरंगित हुन पुग्यो ।
आफूविरुद्ध गम्भीर आरोप लागेपछि आरजुले आइतबार प्रतिनिधिसभा बैठकमै आफूले नबिराएको भन्दै नडराउने बताइन् ।
‘के हामी भ्रष्टाचारको कुरामा साँच्चिकै कति सिरियस छौं ? हुँदै नभएका कुरालाई इंगित गर्दै अनेक प्रश्न उठाइएका छन् । एकजना नारी अगाडि बढेको छ र आफ्नै हैसियतमा राजनीति गरेको विषय यो देशमा सहृय भएको छैन,’ आरजुले आफ्नो सफलता पुरुषहरूका लागि असह्य भएको भन्दै भनिन्, ‘नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा यस्तो समस्या छ । हामीले यस्तो गलत प्रवृत्तिविरुद्ध संविधानमा लेखेका छौं । यसैले मैले केही बिराएको छैन । त्यसैले म डराउँदिनँ ।’
इति मात्रै होइन, पाँचटपक प्रधानमन्त्री भएका आफ्ना श्रीमान देउवा र आफ्नोसमेत सम्पत्ति विवरण राज्यलाई बुझाएको बताइन् । बरु सम्पूर्ण सांसदको सम्पत्ति विवरण वेबसाइटमा सार्वजनिक गर्न चुनौती नै दिइन् ।
छुटेका शरणार्थीलाई समेट्न भन्दै ठगी गर्ने नियतले कार्यदल गठन गर्ने, प्रतिवेदन तयार पार्ने मिलेमतोमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, खाँण र मन्त्रालयका सचिव संलग्न रहेको तथ्य एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।
खाँणको निर्देशन भन्दै छुट शरणार्थीको विषयको प्रक्रियालाई अघि बढाउन दिँदै झापा प्रशासन कार्यालयलाई विभिन्न नीतिगत निर्णय कार्यान्वयन गर्न पठाइएको एउटा पत्र नै सार्वजनिक भएको छ । यो ठगीमा मुछिएका विचौलियाले उच्च राजनीतिक नेतृत्व र कर्मचारीलाई करोडौं खुवाएको बयान दिएपछि ठगीको फेहरिस्त सार्वजनिक भएका हुन् ।
नक्कली शरणार्थी बनाउन बिचौलियाले मञ्जुलाई ६ करोड र आरजुलाई २ करोड बुझाएको दाबी गरिएको अडियोले कांग्रेस वृत्तमा झन् ठूलो तरंग पैदा गरिदिएको छ ।
सत्तारुढ दल भएकै आधारमा पक्राउ पुर्जीको तहसम्म नपुगे पनि प्रहरीले आवश्यक प्रमाण जुटाउन अनुसन्धान गरिरहेको छ ।
कांग्रेसभित्र तरंग
शुरूमा अनुसन्धानको सुई एमाले सचिव रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, सचिव टेकनारायण पाण्डेतिर सोझिएको थियो ।
विपक्षी खेमातिर गम्भीर ठगीको सुई सोझिँदा कांग्रेसले संस्थागत धारणा नै सार्वजनिक गरेको थियो । तर, एकपछि अर्को गर्दै आफ्ना जिम्मेवार नेता नै आपत्तिजनक ठगी प्रकरणमा जोडिन थालेपछि कांग्रेसमा अनेक तरंग देखिन थालेका छन् ।
प्रहरीले यो विषयमा अनुसन्धान गरेर एउटा टुंगोमा पुग्न बाँकी छ । तर, गम्भीर ठगीमा नाम जोडिनु, पैसा लेनदेनमा नाम जोडिनु, पदमा हुँदा नीतिगत निर्णय गर्नुले नेतामाथि गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ ।
आफ्ना नेताविरुद्ध गम्भीर सवाल उठेपछि महामन्त्री गगन थापाले अब नसहने भन्दै आइतबार धम्कीपूर्ण टिप्पणी गरेका छन् । उनको आशय मन्त्री चयनतिर देखिए पनि प्रहार पछिल्लो काण्डलक्षित देखिन्छ ।
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरुँ, तर हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ थापाले चुनौतीको भाषामा सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो !’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गत शुक्रवार पदाधिकारी बैठकपछि ठगीमा जुनसुकै नेता संलग्न भए पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका थिए ।
‘निर्दोष कारागारमा नपरुन, दोषी नउम्किउन । कसैले पनि मेरो दलको भन्नुभएन । भ्रष्टाचारमा हदम्याद राखिनु हुन्न । भुटानी शरणार्थीको मात्रै होइन ७ सालदेखिको फाइल खोलौं । दलका नेता पर्दा दलले संरक्षण गर्नु हुँदैन । कानूनले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ,’ शर्माले भनेका थिए, ‘कांग्रेस विधिको शासनमा विश्वास गर्छ । प्रश्न दलको व्यक्ति भन्नेतिर लाग्नु नै हुँदैन । विधिको विषयमा कांग्रेस र एमाले भन्ने हुँदैन । तथ्यमा आधारित भएर गहिरो अनुसन्धान गर्नुपर्छ । कानूनले काम गर्दा राजनीति चुप बस्नुपर्छ ।’
शुरूमा अनुसन्धानप्रति र प्रशासकतिर मात्रै सोझिँदा कांग्रेसका संस्थापन नेताहरूले घटनाको गम्भीर अनुसन्धानमा जोड दिएका थिए । तर विस्तारै एकपछि अर्को नेता जोडिएको आशंकायुक्त घटना बाहिर आएपछि उनीहरू प्रतिक्रियाविहीन बन्न पुगेका छन् ।
विरोध गर्दा पार्टीका नेताको विरोधमा देखिने नगर्दा गम्भीर ठगीमा समर्थन गरेको जस्तो देखिने दोसाँधमा धेरै नेता कार्यकर्ता रहेका देखिन्छन् । राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कुनै नेतामाथि ठगीको वा कुनै आरोप लाग्नु सिंगो पार्टीमाथिको हो भनेर बुझ्न नहुने बताउँछन् ।
‘पार्टीका कोहीमाथि कुनै आरोप लाग्यो भने अनुसन्धान र थप अनुसन्धान हुनुपर्छ । तर भ्रष्टाचार वा ठगी पार्टीको कुरा होइन । यो व्यक्तिगत सहभागिताको कुरा हो । कसैको परिवारको सदस्य छ भने कारवाही हुनुपर्छ,’ दाहालले भने, ‘नेपालको कुनै पनि ठूलो नेता भनेर दाबी गर्नेहरू सबैमाथि एकपटक अनुसन्धान गर्नुपर्छ । किनकी उनीहरूले नीति निर्माणमा भ्रष्टाचार गरेका छन् । नीति कार्यक्रम विचौलियाको सेटिङमा बनाउँछन् ।’
उनीहरूलाई पैसा र शक्तिको लोभले आफू नै भगवान भएको भ्रमबाट मुक्त गराउन पनि कारवाही गर्नुपर्ने उनी बताउँछन् । तर कसैलाई संरक्षण गर्न र कसैलाई नियतवश फसाउन खाजेको हो भने त्यो गलत हुने दाहाल बताउँछन् ।
गठबन्धन पनि अप्ठ्यारोमा
प्रधानमन्त्रीले यो ठगी प्रकरणलाई ट्रेलर मात्रैको संज्ञा भनेका छन् । तर उनले भनेजस्तो पूरै फिल्म देखाउन कठिन हुने देखिएको छ किनकी आफूलाई सत्तामा टिकाएको कांग्रेसकै नेतामाथि अनुसन्धान बढाउन प्रचण्ड नेतृत्वको सरकारलाई सहज देखिन्न ।
बरु अनुसन्धानको प्रक्रियालाई कमजोर बनाउन कांग्रेस र एमालेको दबाब सामना गर्नुपर्ने अवस्थामा उनी छन् । एमाले अध्यक्ष केपी ओलीको निरन्तरको दबाब र कांग्रेस संस्थापनकै नेता मुछिने परिस्थिति आउँदा प्रधानमन्त्रीले चाहेर पनि यो अनुसन्धान सहजै अगाडि बढ्नेमा अनेक आशंका देखिन्छन् । किनकी कांग्रेसका जिम्मेवार नेता मुछिएको बयानलाई मेट्न र नलिन गरिएका प्रयासले पनि यही कुरालाई बल प्रदान गरेको छ ।
युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ । गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
रूपान्तरण र पुस्तान्तरणको बहस हुँदै आएको कांग्रेसमा आधा कार्यकाल पूरा नगर्दै सभापति शेरबहादुर देउवामाथि एकपछि अर्को प्रश्न उठ्न थालेका छन् । पुरानो ढर्राको नेतृत्वले बदलिँदो समयलाई सम्बोधन नगर्दा चुनौती थपिएको...
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् । संसद्लाई जानकारी ...
दिनहुँजसो दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा निस्किन्छन्, भाषण गर्छन्, यो वर्षौंदेखिको नियमित कर्म हो । तुइन विस्थापित नहुँदा विद्यालय हिँडेका बालबालिका नदीमा खस्ने देशका नेताहरू लाखौंको हेलिकप्टर चा...
चौतर्फी आलोचनाका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषलाई ब्युँताएर प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ५ करोड बजेट छुट्याए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाक...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...