×

NMB BANK
NIC ASIA

आँबुखैरेनी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन

जेठ २, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ ।

Muktinath Bank

आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैंले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उपचार केन्द्रको सोमवार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘हामी बरु भत्ता नलिउँला तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौं । हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नि !’

Vianet communication

चुमानले गाउँपालिका आफैंले अस्पताल सञ्चालन गर्दै आएको र अस्पतालबाट सिफारिस गरेर बिरामी लैजानपरे एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने गरिएको बताए । उनले भने, ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छाैं, आवश्यक परे विकास बजेट घटाएर पनि स्वास्थ्यमा लगानी गरिनेछ ।’

चुमानले आँखाको उपचारका लागि आँबुखैरेनीका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका बासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा अब आँबुखैरेनीमै उपचार केन्द्र स्थापनापछि सबैलाई सहज हुने बताए । भरतपुर आँखा अस्पतालसँगको सम्झौताअनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक २ कोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । आँखा उपचार केन्द्र स्थापनाका लागि चालू आर्थिक वर्षदेखि निरन्तर वार्षिकरूपमा ५ वर्षसम्म ६ लाख रुपैयाँका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिनेछ । 

आँखा उपचार केन्द्रका लागि १ जना सहायकस्तरको कर्मचारी राखिएको छ । आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पताल चितवनको सहकार्यमा ओपिडी टिकट र आँखा उपचार केन्द्रमा टाँसिने ब्यानरमा नेपाल सरकारका लोगो राख्न स्वीकृति दिने सम्झौता भएको छ । 

आँखा उपचार केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक पर्ने औजार, उपकरण, औषधि, चश्मा, लेन्स तथा स्टेसनरी उपलब्ध गराउनेछ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति संघको नियमअनुसार उपलब्ध गराउने सहमति भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x