×

NMB BANK
NIC ASIA

पालिकास्तरीय अस्पतालको भवन निर्माण

म्याग्दी | असार २, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा अस्पताल भवन निर्माण भएको छ ।

Muktinath Bank

संघीय सरकारले ३ वर्षअघि अघि सारेको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोवामा अस्पताल भवन निर्माण गरेको हो । ५ शय्या क्षमताको भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री अस्पतालको भवन निर्माण भएको गाउँपालिकाका इन्जिनीयर ईश्वर भण्डारीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ । भवन निर्माणका लागि विक्रम संवत् २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग ५ करोड १२ लाख ६० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 


Advertisment
Nabil box
Kumari

सम्झौतालगत्तै निर्माण व्यवसायीले मजदुर, उपकरण परिचालनसँगै सामग्री जुटाएर निर्धारित समयमै भवन बनाएका हुन् । विक्रम संवत् २०७९ फागुन मसान्तसम्म सम्झौताको म्याद भए पनि बजेट अभावमा भुक्तानी हुन नसक्दा हस्तान्तरण गर्न बाँकी छ । बेनी–जोमसोम सडकको भिरकाटे खण्डदेखि २ किलोमिटर ५०० मिटरको दूरीमा अस्पताल भवन बनाइएको हो । 

Vianet communication

संघीय सरकारसँग बजेट माग गरेर भवन हस्तान्तरण प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुुवेदीले बताए । ‘अस्पतालको भवन निर्माण भएको छ । जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर अस्पताल चाँडै सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठूलो खर्च व्यवस्थापन गर्नुपर्नेछ ।’

आगामी आर्थिक वर्षमा अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । दोबाका वासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x