×

NMB BANK
NIC ASIA

आर्थिक संकटको प्रभाव

बैंकहरूको खराब कर्जा डेढ खर्ब नाघ्यो, एउटै बैंकको ११ अर्ब भन्दा बढी

काठमाडाैं | असार ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा डेढ खर्ब रुपैयाँ नाघेको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेर उठाउन नसकेको यस्तो रकम १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ५४ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४८ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तो कर्जा प्रवाहको सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूकै छ । वाणिज्य बैंकहरूले मात्रै यो अवधिसम्ममा ४८ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर प्रवाह गरेको कर्जा नै ४३ खर्ब २० अर्ब रुपैयाँ छ ।

Vianet communication
Laxmi Bank

हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरूको औसत खराब कर्जा २.२३ प्रतिशत छ । यस्तो कर्जा गत वर्षको वैशाखसम्मको तथ्यांकमा १.४९ प्रतिशत मात्रै थियो । 

वाणिज्य बैंकहरूको मात्रै खराब कर्जा ५५ अर्ब रुपैयाँबाट बढेर ९६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । विकास बैंक, फाइनान्सको खराब कर्जा वाणिज्य बैंकको तुलनामा बढी रहेको छ । विकास बैंकको औसत खराब कर्जा ३.४० प्रतिशत पुगेको छ । खराब कर्जा बढाउनेमा फाइनान्स कम्पनी अगाडि छन् । 

फाइनान्स कम्पनीको खराब कर्जाको औसत दर नै ९.१९ प्रतिशत पुगेको छ । फाइनान्स कम्पनीहरूले कुल कर्जाको हिस्सा विकास बैंकको तुलनामा कम हुने भए पनि खराब कर्जा दर भने बढी छ । 

null

खराब कर्जा थुपार्नेमा हिमालय बैंक सबैभन्दा अगाडि

पछिल्लो समय ऋण लिएर नतिर्नेको संख्या बढेसँगै बैंकहरूलाई खराब कर्जाको व्यवस्थापनसमेत टाउको दुखाइको विषय बनेको छ । 

एउटै वाणिज्य बैंकको खराब कर्जा ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको तथ्यांकले देखाएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार खराब कर्जा थुपार्नेमा सबैभन्दा अगाडि हिमालयन बैंक छ ।

खराब कर्जा धेरै हुने बैंकको सूचीमा कृषि विकास बैंक समेत छ । यो बैंकको खराब कर्जाको दर ४.२० प्रतिशत पुगेको छ । सरकारी बैंक नेपाल बैंकको पनि खराब कर्जा दर ४.१६ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । 

हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि यसको रिकभरी हुन समय लाग्दा अरू बैंकको तुलनामा खराब कर्जा बढी देखिएको हो ।

पछिल्लो तथ्यांकअनुसार खराब कर्जा सबैभन्दा कम बनाउनेमा भने एभरेष्ट बैंक छ । यो बैंकको खराब कर्जा दर जम्मा ०.७० प्रतिशत रहेको छ ।

त्यसपछि कम खराब कर्जा कायम गर्न सक्नेमा एनआईसी एशिया बैंक छ । यो बैंकको खराब कर्जा दर ०.८५ प्रतिशत मात्रै छ । 

पछिल्लो समय बैंकहरूको खराब कर्जा बढिरहेको छ । पछिल्लो ६ महिनादेखि यस्तो खराब कर्जा अस्वाभाविक रूपमा बढेको देखिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । 

उनका अनुसार ऋण नतिर्ने र बाध्यताले तिर्न नसक्नेको दर बढेका कारण खराब कर्जाको तथ्यांक पनि पछिल्लो २ वर्षदेखि उकालो लागेको हो ।

अर्थतन्त्रको अवस्था कमजोर भएको र आन्तरिक र बाह्य कारणको प्रभावले बैंकहरूले पनि केन्द्रीय बैंकको निर्देशन पालना नगर्दा खराब कर्जा बढ्दै गएको देखिन्छ ।

यस्तो खराब कर्जा घटाउन बैंकको रिकभरी स्थिर हुनुपर्ने, नन बैंक एसेट राइटअप हुनुपर्ने, लोन लस प्रोभिजनका लागि केन्द्रीय बैंकले दिएको निर्देशन कडाइका साथ पालना गर्नुपर्ने पोखरेलको भनाइ छ । 

केन्द्रीय बैंकले जोखिम भारको व्यवस्थालाई निर्देशनबाटै सम्बोधन गर्ने प्रयास पनि गरिरहेको छ । पछिल्लो समय बढिरहेको यस्तो खराब कर्जा आगामी महिना घटेर आउँछ कि भन्ने अपेक्षा गर्दै काम भइरहेको छ ।

छिमेकी मुलुक भारतमा पनि केही समय अगाडि १० प्रतिशतसम्म खराब कर्जा पुगेको थियो । नेपालमा कडाइका कारण नै स्थिति नियन्त्रण बाहिर गइनसकेको पोखरेलले बताए ।

बैंकहरूले गरेको लगानी जोखिम क्षेत्रमा गएका कारण फिर्ता नआउँदा उत्पन्न समस्या समाधान गर्ने जिम्मा सम्बन्धित बैंकको हो । 

सम्बन्धित बैंकले नै ऋणको वर्गीकरण गरेर जानुपर्ने हुन्छ । बैंकहरूले भाका नाघेको एक महिनादेखि नै त्यो ऋण रकमको प्रोभिजनिङ गर्दै जानुपर्छ । 

१ वर्ष भाका नाघेको ऋण खराब कर्जाको सूचीमा पर्ने भएकाले कति महिना नाघेको ऋणलाई कसरी वर्गीकरण गर्ने भन्ने जिम्मेवारी पनि सम्बन्धित बैंकको नै भएको पोखरेल बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x