×

NMB BANK
NIC ASIA

सास्ती लम्बिने संकेत

'ग्वार्को फ्लाइओभर'को काम ५ महिनामै ठप्प: किन गर्न खोजियो 'रि-डिजाइन' ? [भिडियो]

काठमाडाैं | असार २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै ग्वार्को 'फ्लाइ ओभर' (ओभरपास) निर्माण कार्य रोकिएको छ ।

Muktinath Bank

निर्धारित गहिराइमा गएर काम गर्ने उपकरण उपलब्ध हुन नसकेको कारण देखाएर निर्माण कम्पनीले रि–डिजाइन गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

'काम गर्न चाहिने इक्विपमेन्ट नेपाल र भारत दुवैतिर उपलब्ध हुन नसकेकाले पहिले पेश भएको डिजाइन रिभ्यु गर्न खोजिएको हो, पूरै काम बन्द भएको हैन,' भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सी.डी.ई. राकेश महर्जनले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

उनले थपे, 'मुख्य समस्या आएको पायलमा हो । निर्माण कम्पनीले पहिलाभन्दा पायलको संख्या बढाएर गहिराइ घटाउने गरी रिभ्यु गर्न खोजेको छ ।'

null

हाल प्राविधिक टोलीले अध्ययन गरिरहेको भन्दै उनले केही दिनमा नै 'रि-डिजाइन' गरेर काम सुचारु हुने जानकारी दिए ।

काठमाडौं उपत्यकामा बढ्दो सवारी चापका कारण ग्वार्को चोकमा लामो-लामो जाम हुने गरेको छ । जामबाट सर्वसाधारणलाई मुक्ति दिन भन्दै ग्वार्को चोकमा 'फ्लाइ ओभर' निर्माण कार्य शुरूआत गरिएको हो ।

फ्लाइ ओभर निर्माणपछि चक्रपथको सातदोबाटो-बालकुमारी सडक खण्ड र अर्कातर्फ मंगलबजार-इमाडोल-लुभू सडक खण्डमा चल्ने सवारी साधन साधन सहजै ग्वार्को चोक पार गर्न सक्ने अपेक्षा गरिएको छ ।

null

मुख्य लेन बन्द गरेर शुरू गरिएको काम रोकिँदा निर्माण कार्य समयमै सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । काममा ढिलाइ हुँदा यात्रुहरू निकै सास्ती झेल्न बाध्य छन् ।

यसअघि पनि ‘फ्लाइओभर’ निर्माण माघबाट शुरू हुने भनिएकोमा डिजाइन स्वीकृत हुन समय लाग्दा फागुनबाट मात्र शुरू भएको थियो ।

निर्माणको जिम्मा आरसी, समानान्तर र रेलिग्रे जेभीले पाएको छ ।

null

एमएसी वाल प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइमा फ्लाइओभर तयार गर्ने योजना छ । फ्लाइ ओभरको लम्बाइ कुल ४९० मिटर हुनेछ ।

फ्लाइओभर बालकुमारीतर्फ २८० मिटर र सातबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्‍याम निर्माण गरिनेछ ।

null

डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुने सम्झौतामा उल्लेख छ ।

हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर फ्लाइओभर निर्माण गर्न लागिएको हो ।

विस्तृत हेर्नुहोस्,भिडियोमा:

null

null

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x