×

NMB BANK
NIC ASIA

पोखरामा फूटबल मैदान छ, प्रतियोगिता छैन !

पाेखरा | साउन ६, २०८०

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कास्की जिल्ला फूटबल संघ (एन्फा) कास्कीका पूर्व अध्यक्ष खेम गुरुङलाई पोखरा रंगशालास्थित फूटबल मैदान चिरीच्याट्ट बनेकामा निकै खुशी छन् तर भव्य रंगशालामा खेल गतिविधि कम हुँदा चिन्तित छन् । उनी पोखरा रंगशालामा तुलनात्मक रूपमा फूटबल गतिविधि कम भएको बताउँछन् ।

Muktinath Bank

‘पोखरा रंगशाला ठूला–ठूला प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ तर प्रतियोगिता साह्रै कम भयो,’ एन्फा कास्कीका पूर्व अध्यक्ष गुरुङ भन्छन्, ‘कास्की एन्फा सुस्ताएको जस्तो देखियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिको राम्रो मैदानमा फूटबलको मौसम ल्याउन सक्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘अहिले सहारा क्लब पोखराको आयोजनामा आहारारा गोल्डकप हुन्छ तर भव्य रंगशाला एन्फाबाट कुनै कार्यक्रम नभएकाले रंगशाला भए/नभएको कुनै फरक छैन ।’


Advertisment
Nabil box
Kumari

आन्तरिक प्रतियोगिता गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पहल गरिनुपर्ने पूर्व अध्यक्ष गुरुङको भनाइ छ । गण्डकी प्रदेशकै उत्कृष्ट रंगशाला कास्कीमा भएकाले कास्की एन्फा चलायमान हुनुपर्ने गुरुङले बताए ।

Vianet communication
Laxmi Bank

एन्फा कास्कीको पोखरा गोल्डकप नभएको धेरै वर्ष भइसक्यो । यसको निरन्तरतामा पनि एन्फा कास्कीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । 

सवा अर्ब लागतमा निर्माण भएको पोखरा रंगशाला चिरीच्याट्ट छ । भित्री र बाहिरी संरचना हेर्दा युरोपियन देशको भन्दा कम छैनन् । उत्तरतिरका हिमालले यसको सुन्दरता झनै बढाएको छ । यो मैदानमा खेलेर आनन्द लिने धेरैको रहर र सपना हुन्छ । यद्यपि यति बजोडको रंगशालामा नगन्य प्रतियोगिताले धेरैको सपना पूरा हुन सकेको छैन । यहाँमा गत आव २०७९/८० मा ८ वटा मात्र प्रतियोगिता भए ।

कास्की जिल्ला फूटबल संघ (एन्फा) कास्की अध्यक्ष उज्ज्वल रञ्जितका यस वर्ष ८ मात्र प्रतियोगिता भएका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फूटबल प्रतियोगितासँगै आहारारा गोल्डकपलाई यहाँ भएको ठूलो प्रतियोगिताका रूपमा लिन सकिन्छ । यसबाहेक स्पेनिस फूटबल क्लब काथेरेन्यो सिपी र गण्डकी प्रदेशबीचको मैत्रीपूर्ण खेललाई अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा हेरिएको छ । यससँगै संगम क्लबको आयोजनामा क्लबस्तरीय फूटबल प्रतियोगिता, प्याब्सन र एनप्याब्सनको खेल, गण्डकी विश्वविद्यालयको जियु कप र पोखरा महानगरको वडाकप प्रतियोगिता यहाँ भए ।

एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित भने आफूहरूलाई जिम्मेवारी नदिँदा व्यवस्थापनमा समस्या परेको बताउँछन् । पश्चिमाञ्चल खेलकुद परिषद् व्यवस्थापनको काम हेरिरहेकामा एन्फा कास्कीलाई केही जिम्मेवारी हुनुपर्ने अध्यक्ष रञ्जित भनाइ थियो ।

‘यसलाई कास्की जिल्ला फूटसंघ मातहतमा राख्न सक्नुभयो भने मर्मतदेखि अरु कुरा हाम्रो संरक्षणमा राख्न सक्छौं भनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा कुरा राख्दा आफ्नो मातहतमै आएको छैन भन्नुभयो,’ अध्यक्ष रञ्जितले भने, ‘निर्माण कम्पनीसँग बुझ्दा हामीले दिइसक्यौं, हामीले अब केही मर्मत गर्दैनौं भन्छ ।’

एन्फा कास्कीले रंगशालामा बनेको फूटबल मैदानमा केही काम गरेको अध्यक्ष रञ्जितले बताए । ‘संघले पोखरा रंगशालाको वैकल्पिक फूटबल मैदानको तारवार लगाउने काम पनि सम्पन्न गरेको छ,’ अध्यक्ष रञ्जितले भने, ‘प्रतियोगिताको कुरा गर्दा जिल्ला संघले अखिल नेपाल फूटबल संघ केन्द्रीय कार्यालयको वार्षिक तालिकाअनुसार कार्य गर्ने जानकारी गराउँदछौं ।’ 

एन्फा कास्कीले नियमित ग्रासरुट फूटबल ट्रेनिङ सेन्टर सञ्चालिन गरी ९० जनाभन्दा बढीलाई प्रशिक्षण दिइरहेको अध्यक्ष रञ्जितले जानकारी दिए । रंगशाला संरक्षणको लागि जिम्मेवारी लिन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरिरहेको उनले बताए ।

रंगशाला हस्तान्तरण राष्ट्रिय खेलकुद परिषद्लाई भइसकेकाले आफूहरू मातहत आएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए । ‘केन्द्रमा राखेपमा हस्तान्तरण भइसकेको छ । केन्द्रमा भएपछि हामीलाई पनि भयो भनौं न,’ कार्यालय प्रमुख लक्ष्मण योगीले भने ।

खेलकुदका केही ठूला योजना केन्द्र आफैंले हेर्ने गरेकाले पोखरा रंगशाला पनि सोही समूहमा पर्ने भएकाले एन्फा कास्कीलाई दिने अहिलेसम्म सल्लाह नभएको प्रमुख योगीले स्पष्ट पारेका छन् ।

विक्रम संवत् २०७५ पुस १३ गते निर्माण सम्झौता भई १६ फागुनमा शिलान्यास पोखरा रंगशाला ४ वर्षमा निर्माण पूरा भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले १ अर्ब २८ करोडमा निर्माण सम्झौता गरेकोमा निर्माण पूरा हुँदासम्म ६ पटकसम्म म्याद थप गरिएको थियो ।

१६ हजार ५०० सिट क्षमताको रंगशालाको पूर्वीभागमा ५ हजार २६८, पश्चिममा ३ हजार ८१४, उत्तरमा ३ हजार ४४४ र दक्षिणमा ३ हजार ६९० सिट जडान गरिएको छ । 

अतिविशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २२८ तथा अशक्तका लागि २८ सिट जडान गरिएका छन् । फूटबल मैदान, खेलाडी चेञ्जिङ रूम, एथ्लेटिक्स ट्रयाक, तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानो लगायत पूर्वाधार निर्माण भएका छन् ।– धनबहादुर गुरुङ/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x