×

NIC ASIA

चालु आवको मौद्रिक नीति

जोखिम भार हेरफेरको सीमा– शेयर धितोमा ५० लाख र अटोमा २५ लाखसम्म मात्र

काठमाडाैं | साउन ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको शेयर धितो र २५ लाखसम्मको ‘अटो लोन’मा जोखिम भार कम गरेको छ ।

Muktinath Bank

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको शेयर धितोमा जाने कर्जाको ‘थ्रेस होल्ड’ घटाउने गरी जोखिम भार पुनरवलोकन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘अहिले २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार छ भने अब ५० लाखसम्म पुर्‍याइने भएको छ ।’


Advertisment
Nabil box
Kumari

५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जामा भने १५० प्रतिशत नै जोखिम भार कायम रहने उनले बताए ।

Vianet communication

आवासीय घरकर्जा र अटोलोनमा पनि जोखिम भार पुनरवलोकन गरिएको उनले बताए । अटो लोनमा २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत कायम गरिएको छ ।

 

यसअघि जुनसुकै अटोलोनमा १५० प्रतिशत जोखिम भार रहने व्यवस्था थियो ।

परिवर्तित व्यवस्थाबारे स्पष्ट पार्ने गरी एक साताभित्रमा मौद्रिक नीतिको कार्यान्वयन निर्देशिका आउने छ ।

जोखिम भार कम हुँदा बैंकको कर्जा प्रवाह बढ्ने र बजारलाई चलायामान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

जोखिम भार बढी भएको क्षेत्रमा बैंकहरूले खासै लगानी गर्दैनन् । जोखिम भार जति बढी हुन्छ त्यही अनुसारको रकम बैंकले प्रोभिजनिङमा राख्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x