×

NMB BANK
NIC ASIA

भक्तपुरलाई ‘सडक मानव’ मुक्त बनाउने अभियान शुरु, शनिवारमात्रै एक महिलासहित पाँच जनाको उद्धार

काठमाडाैं | साउन १४, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भक्तपुरलाई ‘सडक मानव’ मुक्त बनाउने अभियान शुरु गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान शुरु गरिएको हो । 

Muktinath Bank

साताव्यापी अभियानमा भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सार्वजनिकस्थल, मठ, मन्दिरलगायतका क्षेत्रमा अलपत्र अवस्थामा रहेका परिवार एवं घरबारविहीन, अनाथ, असहाय मानवको उद्धार गरी आश्रममा आश्रय दिने र जिल्लालाई सडक मानवमुक्त बनाउने गरी अभियान सञ्चालन गरिएको अभियानकर्मी नवराज काफ्लेले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियान अन्तर्गत पहिलो दिन शनिवार राति पाँचतले मन्दिर क्षेत्रबाट शुरु गरिएको सडक मानव उद्धारमा एक महिला र चार पुरुषसहित पाँच जनाको उद्धार गरिएको जानकारी दिँदै अभियानकर्मी काफ्लेले तीन जनालाई आफ्नो आम सेवा घरमा र दुई जनालाई मानवआश्रम सेवा घरमा राखिएको जानकारी दिए । उद्धार गरिएकाको परिवार हुनेहरूको परिवारसँग पुर्नमिलन गराउने र नहुनेलाई जिल्लामा सञ्चालित विभिन्न आश्रममा आश्रय दिइने उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

अभियानमा अभियानकर्मी नरेश रञ्जितले भक्तपुर नगरपालिकाबाट शुरु गरिएको अभियान यही साउन १९ गते रातिसम्म चारवटै नगर क्षेत्रमा सडक मानवको खोजी एवं उद्धार कार्य जारी राख्ने बताए ।

Vianet communication
Laxmi Bank

उनले पाटीमा बस्ने सबै सडक मानव सडक मानव नभएको शनिवारको उद्धारमा पाइएको जनाउँदै मठ मन्दिर र पाटीमा बस्ने धेरै जस्ता दिनभर प्लाष्टिक तथा कवाडी टिप्ने र राति कोठा भाडा तिर्न नपरोस भनेर बाहिर सुत्ने गरेको पाइएको बताए । ​

कतिपयले कोठा भाडामा लिएको तर कोठामा नगई पाटी र मठमन्दिरमा बस्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता व्यक्तिलाई अबदेखि मन्दिर, पाटीमा नबसी कोठामै गएर बस्न भनिएको उनले बताए । सडक मानवमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सडक मानव आफ्नो टोलमा भए खबर गर्नसमेत आह्वान गरे । 

केही दिन अगाडि जिल्ला समन्वय समितिको आयोजनामा सडक मानवमुक्त बनाउने अभियानका बारेमा भएको सरोकारवालाबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुरमा स्थापना भएका आश्रमले यो अभियान सञ्चालन गर्दै सडक मानव मुक्त बनाउन निर्देशन दिएका थिए ।

सडक मानवको उद्धार गर्ने भनेर संस्था सञ्चालन गर्ने तर पारदर्शी नहुने, सडकमा रहेका मानवको प्रहरीले उद्धार गरेर आश्रममा पठाउँदा विभिन्न बहाना बनाएर आश्रममा राख्न नमान्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता कार्य नगर्न संस्थालाई निर्देशनसमेत दिएका थिए ।

जिल्ला प्रहरी परिसर, मानस सेवा घर झौखेल, मानव सेवा आश्रम कौशलटार, आफ्नो वडा नेपाल, गैर सरकारी संस्था महासङ्घ, लायन्स क्लब, पतञ्जली योग सेवा केन्द्र, वेभ ग्रुप, आफ्नो घर आफ्नो आश्रम, स्वच्छ हावा सञ्जाल, तौमढी यूथ क्लबलगायतका सङ्घ संस्थाको संयुक्त आयोजनामा सात दिने अभियान शुरु गरिएको र पहिलो चरणको अभियान साउन १९ गते राति सम्पन्न गरिने अभियानकर्मी काफ्लेले जानकारी दिए ।

कार्यक्रमका बारेमा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले  प्रदेशलाई नै सडक मानवमुक्त बनाउने सरकारको लक्ष्य रहेको बताउँदै प्रदेशमा पहिलो भक्तपुर जिल्लालाई सडक मानव मुक्त जिल्ला बनाउने अभियान सफल पार्न आह्वान गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x