×

राउण्ड अप

सरसर्ती २४ घण्टा : सांसद शर्मा रिहादेखि संसदको जारी गतिरोधप्रति राष्ट्रपतिको चासोसम्म

काठमाडाैं | साउन २७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा जारी गतिरोधप्रति निरन्तर चासो व्यक्त गर्न थालेका छन् । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीवार भेट गरेपछि पौडेलले शुक्रवार सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा संसद्को गतिरोधमा चासो दिँदै भेट गरेका हुन् ।  
राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैरश्यता बढ्ने र कानून निर्माणमा समेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  
यसैबीच शुक्रबारको प्रतिनिधि र राष्ट्रियसभा बैठकपछि एमालेको अवरोधका कारण अवरुद्ध बनेको छ । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध भएको प्रतिनिधिसभा बैठकको सेवा सुविधा नलिने घोषणा गरेको छ ।
रास्वपाका सभापति एवं दलका नेता रवि लामिछाने सभामुख देवराज घिमिरेलाई अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने जानकारी गराउँदै पत्र लेखेका हुन् ।
००००
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले चर्चामा ठूला काण्ड र अनियमितताको प्रकरणको उच्च स्तरीय निष्पक्ष संयन्त्र बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराई पूर्वप्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म जोडिएका सबैको निष्पक्ष छानबिन गरी देशमा सुशासनको काम गर्नुपर्ने बताए ।
००००
तस्करीबाट भित्रिएको करीब एक क्विन्टल सुन प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । अडुकियालाई प्रहरीले शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 
बुवा राकेशकुमार अडुकिया र छोरा रोहन अडुकियालाई सुन प्रकरणमा प्रहरीले खोजिरहेको थियो ।
००००
सरकारले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्नेलाई नियन्त्रण गर्ने भएको छ ।
नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्दै सरकारले इन्टरनेटको प्रयोगमा संवेदनशील हुन आग्रहसहित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगमा भ्रामक जानकारी सम्प्रेषणलाई नियन्त्रण गर्ने नीति लिएको हो ।


Advertisment

‘इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण गरिनेछ’ नीतिमा उल्लेख छ, ‘महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ ।’ इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं भेदभावलाई नियन्त्रण गरिने पनि जनाइएको छ ।
००००
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको करीब १ क्विन्टल सुन सिनामंगलबाट बरामद भएपछि राजधानीबाहिर स–सानो परिमाणमा सुन बरामद हुन थालेको छ ।


Advertisment

यसरी राजधानीबाहिर स–सानो परिमाणको सुनको सम्बन्ध क्विन्टल सुन प्रकरणसँग त छैन भनेर आशंका व्यक्त हुन थालेको छ ।
विमानस्थल भन्सार बाहिरबाट करीब एक क्विन्टल सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले काठमाडौं उपत्यकाका ४ वटा गोदाममा छापा मारेको थियो ।

त्यहाँ भेटिएका ब्रेक प्याडलगायतका सवारी पार्टसबाट सुन निकालिसकेको पाइएको थियो । यसरी निकालिएको तस्करीको सुन कहाँ र्पुयाइयो भन्ने अझै खुल्न सकेको छैन । 
यस्तो अवस्थामा राजधानीबाहिर धमाधम सुन बरामद हुनु शंकास्पद देखिएको छ ।
००००
कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् । जसपाकी एक्ली प्रदेश सांसद लिम्बूले  शुक्रवार शपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबारस्थित जसपाको संसदीय दलमा आज पत्रकार सम्मेलन गरी जसपाले यही साउन २३ गते गृह मन्त्रालय र रुपसागर देवी उपाध्यायबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई नै बिथोल्ने कार्य गरेको आरोप लगाएको छ ।
००००
नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका सांसद सुनिल शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ।
लोकान्तरलाई प्राप्त प्रमाणपत्रमा राष्ट्रिय परीक्षा बोर्डले उनको शैक्षिक प्रमाणपत्र कैफियत जनाउँदै ‘अपुष्ट’ भनेको छ । यद्यपि शर्मा शुक्रबार जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भइसकेका छन् । 
०००००
आफ्ना प्रत्यक्ष निर्वाचित सांसद डा सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेको विषयलाई एजेन्डा नै नबनाएको कांग्रेसले अन्ततः यो विषयलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको छ ।

बिहीवार कांग्रेस संसदीय दलको बैठक शुरू हुँदा शर्मा पक्राउ परे पनि कांग्रेसले यो विषयमा आपत्ति जनाएको थिएन । के आधारमा पक्राउ गरिएको हो सीआईबीबाट जानकारी लिने सामान्य निर्णय गरेको थियो । काठमाडौं जिल्ला अदालतले शुक्रवार साँझ सांसद शर्मालाई साधारण तारेखमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिइसकेको छ ।
००००
सांसद शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् । 
शुक्रवार काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामुक्त भएसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महत रहेको दाबी गरे ।

नक्कली सर्टिफिकेट प्रकरणमा शर्मा रिहा भएपनि अन्य सात जना भने हिरासतमै छन् । एकै प्रकृतिको मुद्दामा सुनिललाई भने सुविधा मिलेको हो ।
००००
नेपाल प्रहरीले रु ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट रु ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
००००
नेकपा एमालेले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ । 
पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९।८० सम्मको लेखा परीक्षण आयोगमार्फत आगामी कात्तिक मसान्तसम्ममा अनिवार्यरूपमा गराउन निर्देशन दिएको आयोगका अध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए ।
००००
काठमाडौँ महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिका–१० मा पर्ने धोबी खोलादेखि सातल्लेसम्मको खहरे खोला सतहमा नापजाँचअनुसार खोलामा राखिएको ‘ह्युम पाइप’ निकाल्ने सहमति भएको छ ।

बूढानीलकण्ठ १० का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले खहरे खोला खुला गर्न काठमाडौँ महानगरले ल्याएको डोजर चलाउने सहमति गरिएको जानकारी दिए । उनले बिहीबार महानगरले कुनै सहमति तथा समन्वय नगरी आफ्नै हिसाबमा डोजर चलाउन शुरु गरेकोमा बूढानीलकण्ठ नगरपालिकाले असहमति गरेको स्पष्ट पारे ।
००००
दाङको तुलसीपुर उपमहानगरपालिकाबाट विभिन्न पत्रकार तथा सम्बन्धित संघसंस्थाहरुले इन्धन सुविधा लिएको खुलेको छ । उपमहानगरपालिकाले पत्रकार महासंघ दाङ शाखालाई लिखित रुपमै विवरण उपलब्ध गराएपछि यसबारे खुलासा भएको हो ।
 


 

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x