×

NMB BANK
NIC ASIA

भोजकुमारी शाहलाई चिन्न अब गाह्रो छैन । काम र साहसले पछिल्लो समय उनलाई धेरैले चिन्न थालेका छन् ।

Muktinath Bank

किचनको कमाण्ड महिलाले सम्हाल्नु घरका लागि त कुनै ठूलो कुरा होइन तर चारतारे होटलको ‘एक्जिक्युटिभ सेफ’ सम्हाल्न भने त्यति सजिलो जोकोहीलाई हुँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकन ब्रान्ड रमदा इन्कोर होटल ठमेलको हेड सेफको जिम्मेवारी भोजकुमारी शाहले सम्हालिरहेकी छन् ।


Advertisment
Nabil box
Kumari

भारतमा लामो समय काम गरेका कारण उनलाई नेपालमा खासै गाह्रो लागेको छैन । किचनको काम निकै टफ हुन्छ, त्यसमा पनि भारतमा त सितिमिति काम गर्न गाह्रो हुन्छ । त्यसैकारण पनि नेपालको तारे होटलहरूमा स्टाप लिँदा भारत र खाडीमा काम गरेका जनशक्तिलाई प्राथमिकता दिइन्छ ।

Vianet communication
Laxmi Bank

डेढ दशक भारतमा काम गरेका कारण भोजकुमारीलाई नेपालमा काम पाउन कुनै गाह्रो भएन । अभिभावकको इच्छा नर्स पढाउने थियो तर उनको इच्छा भने किचनमै थियो । उनी किचनमै करिअर बनाउन सफल भएकी छन् ।

किचनमा लाग्न उनका दाजुले धेरै सहयोग र साथ दिएका थिए । नर्सको सट्टा उनले होटल म्यानेजमेन्ट रोजिन् र भारतबाट अध्ययन पूरा गरिन् ।

शाह सुनसरीको इटहरी उपमहानगरपालिका–४ भेटघाट चोककी स्थायी वासिन्दा हुन् । सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा इन्टनशिप सकिनासाथ भारतकै द पार्क होटलबाट जागिरको रूपमा उनले किचनको करिअर शुरू गरेकी हुन् । भारतमै बसेर १ दर्जन जति तारे होटलको जिम्मेवार पदमा रहेर काम गरेको अनुभव उनीसँग छ । देशका अधिकांश होटलहरूको ‘एक्जिक्युटिभ सेफ’मा पुरुष सेफहरूको अधिपत्य रहेकोमा उनी एक मात्र महिला सेफ हुन् । होटल रमदा एन्कोरका प्रबन्ध निर्देशक महेश फुयाल भन्छन्, ‘उहाँको कमान्डिङ र जब नलेज एकदम राम्रो छ । आफ्नो काममा एकदमै प्यासनेट हुनुहुन्छ ।’

‘भारतका किचनमा गर्नुपर्ने काम हेरेर त मलाई खासै केही गाह्रो लागेन,’ उनले भनिन्, ‘भारतमा काम गर्न निकै गाह्रो छ तर नेपालमा मलाई कुनै अप्ठ्यारो लागेन ।’

नेपालमा महिला सेफहरूको खडेरी नै छ । होटल म्यानेजमेन्ट कलेजहरूबाट अध्ययन गर्ने अधिकांश महिलाहरू कि त बाहिर नै ताक्छन् कि सर्भिस, सेल्स, फ्रन्ट अफिसमा काम गर्न बढी रुचाउँछन् । होटलको किचनमा काम गर्न निकै अप्ठ्यारा झेल्नुपर्ने, ड्युटीको कुनै समय नमिल्ने भनेर महिलाहरू कमै मात्र किचनमा काम गरेको पाइन्छ ।

null

दर्जनौं किचन स्टाफलाई आफ्नो मातहतमा राखेर खाना जस्तो संवेदनशील कुरा तयार गरी पाहुनालाई खुशी तुल्याउनु अलि गाह्रो नै हुन्छ तर भोजकुमारी यी सबै कुरालाई कुनै अप्ठ्यारो नमानी बर्षौंदेखि झेलिरहेकी छन् । अब त उनलाई आदत नै भइसक्यो । सबैजसो चलेका देशको खाना बनाउने र पाहुनाको चाहनालाई बुझेर मेनु बनाउनमा उनी पोख्त छिन् ।  

किचन कमान्ड गर्न निडर, दूरगामी, प्रष्ट सञ्चार, जिम्मेवार, खुला दिल, सकारात्मक सोच, प्रोत्साहित, अरुको इज्जत गर्ने, सबैसँग सुमधुर, इमान्दारिता, आफ्ना कार्य सदस्यहरूसँग नजिक, व्यक्तिगत र व्यावसायिक वृद्धिलाई प्राथमिकता दिने जस्ता गुण हुन जरुरी हुन्छ । यी सबै गुण भएका कारण उनी एक पूर्ण व्यावसायिक र दक्ष हेड सेफको रूपमा सबैमा लोकप्रिय छिन् । 

सिक्ने र सिकाउने कार्य कहिल्यै नसकिने हुँदा यो कुरालाई नजिकबाट बुझेर उनले आफ्ना सहकर्मीहरूलाई आदेश र गालीभन्दा पनि मायाले सिकाउँछिन् र आफूले नजानेको कुरा सिक्न पनि रुचाउँछिन् । कम्पनीको लक्ष्य र अपेक्षाहरूलाई आत्मसाथ गरी सबै आफ्ना कर्मचारीलाई प्रष्ट रूपमा बताउँछिन् ।

आफू नेतृत्व दिने पदमा बसेका कारण आफ्ना सहकर्मीहरूको समस्यालाई नजिकबाट नियालेर उनीहरूलाई परेको समस्या सकेसम्म चाँडो समाधान गरिदिने उनको बानी छ । समय अनुकूलतालाई ध्यानमा राखेर काम गर्न रुचाउने उनको पुरानो बानी हो, जसले गर्दा हरेक कार्यमा उनले समयलाई ध्यान दिएर काम गरेकी हुन्छिन् । नयाँ विचारहरूलाई खुला दिलले स्वीकार्ने हुँदा उनलाई धेरैले रुचाउँछन् । आत्मजागरुकता राख्नुपर्ने कुरामा उनी प्रष्ट छिन् र कुनै अवस्थामा निडर भएर बोल्नुपर्छ भन्ने पनि थाहा छ ।

विश्वसनीयता भन्ने कुरा सेफ पेशामा नभई नहुने गुण हो, जुन उनले राम्ररी बुझेका कारण सबैसँग सम्बन्ध सुमधुर राख्न केन्द्रित रहन्छिन् । पूर्वाग्रही भएर काम गर्दा धेरै बाधा–अड्चन आउने हुँदा सबैसँग मिलेर काम गर्नु नै आजको आवश्यकता हो भन्ने उनलाई लाग्छ । रुष्ट भएर प्रदर्शन हुनुभन्दा नम्रतापूर्वक उपस्थित हुनु नै बुद्धिमानी हो भन्ने उनको सिद्धान्त छ । 

आफ्ना सदस्यहरूलाई सशक्त राख्न सके मात्र समयमा कार्यसम्पादन हुने उनलाई लाग्छ । आफू स्थिर र सुसंगत रूपमा प्रस्तुत हुन सक्नुलाई नै सफल सम्झिने शाहको निडर र प्रष्ट विचार छ । आफ्ना मातहतका सहकर्मीहरूको माझमा एक रोल मोडल साबित हुन सके भने आफ्नो पेशामा सफल भएको ठान्ने उनको सोचाइ नै छ । 

उनको नेतृत्व विकास गर्ने गुण अरुको भन्दा अलि भिन्न र फरक तवरको छ । किनकि उनी सधैं उपस्थिति जनाउने कोसिस गर्छिन् र गर भनेर आदेश दिनुभन्दा पनि प्रेमपूर्वक गरेर देखाउने बानी छ । हुन पनि पाक पेशामा आफू नै उपस्थिति जनाएर प्रदर्शन गर्न सके मात्र यसको गुणस्तरमा बृद्धि हुन जान्छ ।

समग्रमा भोजकुमारी शाहबाट सिक्न सकिने र प्रेरणाका गुणहरू धेरै छन् । पाककलामा व्यावसायिक रूपमा लाग्ने नयाँ पुस्ताका लागि उनी एक रोल मोडल पनि हुन् । उनीसँग भएको बलियो आत्मबल, तीब्र इच्छा र कामप्रतिको लगाबले उनलाई आजको एक सफल नारी सेफको रूपमा चिनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x