साउन ३, २०८१
इप्क्षिता दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित । अघि बढ्दै जाँदा मेरो चिन्ता ...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् ।
हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइराख्न धेरै परिकारहरू खाने परम्परा बसालेका छन्, र त हामीलाई धेरै सजिलो भएको छ ।
जाडोबाट जोगिन र शरीरलाई तताइराख्ने परिकारमध्ये हाम्रा कन्दमूलहरू पनि एक प्रमुख परिकारमा पर्छन् । कन्दमूल अर्थात जमिनमुनि फल्ने फल भनेर चिनिन्छ । आलु, तरुल, भ्याकुर, गिठा, वन तरुल, सखरखण्ड, पिँडालु, स्कुसको जरा आदि कन्दमूलका रूपमा खाइन्छ ।
कन्दमूल हामीले चाडपर्व भएर मात्र होइन, जाडो भयो कि बजारमा छ्याप्छ्याप्ती देख्न सकिन्छ, र त हामी हाम्रो दैनिक भोजनमा समावेश गर्न पाउँछौं । रुट भेजिटेबल अर्थात् जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । यसका अलावा भिटामिन सी, कार्बोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम जस्ता मानव शरीरका लागि अतिआवश्यक पर्ने तत्वहरू पाइन्छ ।
हाम्रा चाडबाडका कारण खाने बहाना धेरै भए तापनि स्वास्थ्य सम्बन्धी अचुक फाइदा बोकेका हुन्छन् । माघे संक्रान्ति, ठूलो एकादशी जे चाडपर्व सम्झेर खाए तापनि यी कन्दमूल स्वास्थ्यका लागि फाइदै–फाइदा पुग्ने हुन्छन् । जमिनमुनि फल्ने हुनाले प्रोटिनको मात्रा कम भए तापनि अन्य तत्वका लागि कन्दमूल अमृतसरह हुन्छ । परापूर्व समयमा ऋषिमुनिहरूले पनि यही खाएर जीवनयापन गरेका हुन्थे ।
सकेसम्म प्राकृतिक जीवनशैलीमा आधारित स्वास्थ्य सम्बन्धी कन्दमूल सेवन गर्ने बानी बसालेमा हामी स्वास्थ रहन सक्छौं र आफ्नो परिवारलाई स्वस्थ बनाउन सक्छौं । कन्दमूल जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । तरुल, पिडालु लगायतका कन्दमूलमा मानव स्वास्थ्यमा आवश्यक पर्ने पौष्टिक तत्वहरू पाइने हुनाले दैनिक यसलाई आफ्नो परिकारमा समावेश गराउँदा एकदमै फाइदा पुग्ने पोषणविद्हरूको भनाइ छ ।
कन्दमूल सेवन मुटु, मिर्गाैला, पाचनशक्ति, बच्चाको वृद्धिविकास, आन्द्राको समस्या लगायत गर्भवती महिला, बालबालिका र बुढाबुढीहरूका लागि पनि अतिस्वास्थ्यवर्द्धक मानिएको छ ।
कुन–कुन भूमिगत सब्जी कसरी खाने ?
हरेक कन्दमूलको आ–आफ्नै खाने तरिका छ । कन्दमूल कुनै उसिनेर खाइन्छ भने कुनै तरकारी बनाएर पनि खाने गरिन्छ । नेपालको चलनचल्तीमा आलु, तरुल, भ्याकुर, गिठा, वन तरुल, सखरखण्ड, पिँडालु, स्कुसको जरा लगायतका सब्जीलाई मात्र कन्दमुल मानिन्छ तर कन्दमुलका अरु धेरै जाति र उपजाति छन् ।
यसले गाँजर, सख्खरखन्ड, चुकन्दर, मुला, डाइकन, गान्टेमुला, अदुवा, लसुन, च्यापी, प्याज, सेलरीको गाठो जरा, बेसार, जेरोसिलेम आर्टिचोक, गलङगाल, कोहलराबी, पार्सनिप्स, फिनेल बल्क अर्थात् सौंफ, ओसाबी लगायत धेरैलाई बुझाउँछ ।
वास्तवमा जरा तरकारीहरू तरकारीहरूको एक विविध समूह हो, जसले विभिन्न स्वाद र बनावटहरू प्रदान गर्दछ । तिनीहरू तिनीहरूको पाक अनुप्रयोगहरू साथै तिनीहरूको पोषण मूल्यका लागि परिचित छन् । यी तरकारीहरूले सुन्निएको कम गर्न, बढेको कलेजो कार्य र सुधारिएको पाचनसहित स्वास्थ्य लाभहरूको दायरा प्रदान गर्दछ । चाहे तपाईं यी तरकारीहरू ग्रिलमा वा ओभनमा जसरी पकाए पनि तिनीहरूले तपाईंको आहारमा उत्कृष्ट स्वाद र स्वास्थ्य थपिदिएका छन् ।
भूमिगत सब्जीहरू देश र ठाउँअनुसार फरक–फरक परिकार बनाएर खाने चलन छ । कन्दमूल विश्वका प्रायः सबै देशहरूमा उपलब्ध हुन्छन् । चाहे युरोप होस् या अमेरिका यी सब्जीहरूको निकै ठूलो डिमान्ड रहन्छ । युरोप, अमेरिकामा कन्दमूल ओभन रोस्ट गरेर खान रुचाइन्छ भने भारत, पाकिस्तान र बंगलादेशतिर करी या तन्दुरी बनाएर खान रुचाउँछन् ।
नेपालमा ज्यादा कन्दमूल उसिनेर खाने चलन छ । पहाडतिर पोलेर खाने चलन पनि निकै प्रसिद्ध छ । आलु, पिडालु, गिठा, भ्याकुर, सख्खरखण्ड आगोको भूंग्रोमा पोलेर खान निकै स्वादिष्ट हुन्छ । उसिनेर चिसो बनाइ मसला मोली डामेर खान पनि राम्रो हुन्छ । कन्दमूललाई उसिनेर सुक्खा भुटेर खान पनि सकिन्छ ।
तरकारी या दालमा हालेर पकाउँदा पनि उत्तम हुन्छ । रातो या वन तरुल भूमिगत तरुलमध्ये उत्तम सब्जी मानिन्छ । इस्कुसको गानो र सेलरीको गानो पनि विभिन्न परिकार बनाएर खाँदा राम्रो स्वादिष्ट हुन्छ । भूमिगत सब्जीको सुप, सलाद र मिठाइ पनि बनाएर खान सकिन्छ ।
भूमिगत तरकारीहरू सबैमा स्टार्च हुन्छ । यसको मतलब तिनीहरू कार्बोहाइड्रेटमा धनी छन्, जुन हाम्रो शरीरले ऊर्जाको लागि प्रयोग गर्न ग्लुकोज अनि एक प्रकारको चिनीमा परिणत हुन्छ । हाम्रो शरीरलाई कार्बोहाइड्रेट पनि चाहिन्छ तर यदि हामीले आफ्नो शरीरलाई चाहिनेभन्दा बढी खायौं भने तिनीहरू बोसोको रूपमा भण्डार हुनेछन् । चामल वा पास्ता जस्ता अनाजहरू जस्तै तिनीहरूलाई सोच्दा हुन्छ । आफ्नो भाग आकार र नियन्त्रण हाम्रो मुट्ठीको आकारको रूपमा सेवन गर्नु उचित हुन्छ ।
जरा सब्जी वा अन्य कार्बोहाइड्रेटको ठूलो परिकार एकैपटक खाँदा हाम्रो रगतमा चिनीको मात्रा बढ्न सक्छ, मधुमेहको जोखिम बढाउन सक्छ । यदि तपाईंलाई पहिले नै मधुमेह छ भने चिनीको स्पाइकले यसलाई व्यवस्थापन गर्न गाह्रो बनाइदिन्छ । तसर्थ भूमिगत सब्जी अर्थात् कन्दमूल सेवन गर्दा मात्रा मिलाएर लिँदा राम्रो हुन्छ । स्वादिष्ट छ भनेर आवश्यकताभन्दा धेरै खाँदा पनि यसले असर गर्न सक्छ ।
इप्क्षिता दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित । अघि बढ्दै जाँदा मेरो चिन्ता ...
नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...