×

दर्शन

आफू भलो त जगत भलो !

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको ।

सबैले आफ्नै भलो गरेपछि सम्पूर्ण समाजकै भलो हुन्छ अनि देशको भलो हुन्छ । हरेक नेपालीले आ–आफ्नो भलो हुने काम गर्ने हो भने साँच्चै देश अगाडि बढ्छ तर ‘एउटाको जरो नउखेलिई अर्को जय हुँदैन’ भन्ने भनाइ पनि छ ।


Advertisment

१९५० सालताका विश्वमा लोक कल्याणकारी राज्यको अवधारणा थियो तर आज जनताका आधारभूत आवश्यकताका उद्योग व्यवसाय समेत निजी क्षेत्रबाट सञ्चालित भई नाफा केन्द्रित छन् । सार्वजनिक भन्ने कुनै चिज छैन, यत्रतत्र निजी क्षेत्र हाबी छ । सरकार, राज्य, संघ, प्रदेश, स्थानीय सबै आ–आफ्नो भलोमा केन्द्रित छन् । कसैलाई कसैको चासो छैन, सबै व्यस्त जस्तो देखिन्छन् तर यथार्थमा कसैको उल्लेखनीय काम छैन, तैपनि अरुलाई दिने १ मिनेट समय छैन ।


Advertisment

अरुको पुत्रको जय गरे आफ्नो पुत्रको जय हुन्छ भन्ने सोच हराएको छ । सबै पैसामा दौडिरहेका छन्, कसैले कहीँ कसैका लागि १ मिनेट दिएर उसको भलो, कल्याण हुन्छ भने पनि कोही समय दिन तयार छैन । सबैतिर मानिसहरू आफ्नै कल्याणमा खटिएका छन्, कसैलाई फुर्सद छैन ।

आफ्नो भलो गर्न अरुको कूभलो गर्न नहिच्किचाउने हाम्रो समाजमा आफ्नो भलो गरेपछि जगत विश्व सबैको भलो हुन्छ भन्ने सोच हामीमा छ । आफ्नो काम बनाउनका लागि जहाँ जसरी जहिले जे पनि गर्न हामी तयार हुन्छौं । स्वार्थ, लोभ, लालचले व्याप्त हाम्रो समाजमा दया, माया, नैतिक, धर्म हराउँदै गएको छ ।

अभिभावकहरूले सन्तानलाई ‘जसो गर्दा भलो हुन्छ त्यसै गर’ भन्ने चलन छ तर भलो हुने काम गर्दा आफूलाई त फाइदा हुन्छ तर अरुको बारेमा सोच्ने कि नसोच्ने विचारणीय छ ।

‘लोक समस्ता सुखिनो भवन्तु’ संसारका सबै प्राणी सुखी र स्वतन्त्र होऊन् भन्ने शास्त्रीय चिन्तन छ तर संयुक्त परिवारबाट एकल परिवारमा गइरहेको अवस्थामा उन्मुख भइरहेको समाज पूरै समाजको हित कल्याणमा कसरी ध्यान राख्ला ?

नेताबाट आफ्नै परिवारको भलो अर्थात् नातावाद, कृपावाद, राष्ट्रसेवकबाट गैरकानूनी कुरालाई सदर गरी धनआर्जन गरी आफ्नै भलो, सेनाका उच्चबाट पनि धनआर्जन गरी आफ्नै भलो गर्ने, न्यायमूर्तिबाट समेत आफ्नै भलोका लागि डाक्टर, इन्जिनीयर, वकिल, शिक्षक, ठेकेदार, व्यापारीबाट आ–आफ्नो कर्मक्षेत्रमा आफ्नै भलो भन्दै ‘लुट्न सके लुट नेपालमै छ छुट’ भनेझै गरी आफू भलो त जगत भलो भन्दै गर्दा देश उभोतर्फ जाँदैछ ?

सयौं वर्षभन्दा बढी समयदेखि मुलुकको जेठो सञ्चारमाध्यम गोरखापत्रमा छापिएको सन्देश अर्थात् श्लोक ‘सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु माकश्चिद दुःखभाग भवेत’ जसको अर्थ सबै खुशी होऊन्, निरोगी होऊन्, भाग्यमानी होऊन्, कसैमा नराम्रो दिन नआओस् । 

‘आफू भलो जगत भलो’ भन्ने विषय समाजवादको प्रतिकूल छ तर पुँजीवादको अनुकूल छ । आफ्नो भलो गर्ने र लुट्ने विषय भिन्न छ तर यहाँ आफ्नो भलो भन्दै समाज सिध्याउँदै अरुको कूभलो गरिन्छ ।

कसैको भलो गर्न सजिलो छैन, यो सस्तो छैन, जो कोहीबाट यो आशा गर्नु गलत छ । किनकि अरुको भलो गर्नु श्रीसम्पत्ति ट्रस्टमा लेख्नु, आफ्नो व्यवसायलाई ट्रस्टमा लैजानु महान् कुरा हो । तथापि केही मानिसहरूले ट्रस्टमा दिएको सम्पत्ति पुनः आफ्नो बनाउन प्रपञ्च गर्दैछन् ।

मानिसहरू भन्छन्, ‘यसो गर, उसो गर, आफ्नै भुँडी भर’ । यो मूलतः जनताले नेतालाई आरोप लगाउने गरेका छन् । अरुको भलो गर्ने भन्दै राजनीतिमा लागेकाहरू आफ्नै भलोतिर लागेकाले देश लथालिङ्ग र भताभुङ्ग भएको छ ।

कलियुगमा दानवीर कर्ण पाउन कठिन तर दयावीर सिहंहरू भने नेपालमा यदाकदा भेटिन्छ तर अरुको भलो गर्ने विषय सहज छैन । समाज कल्याण परिषद्मा ५० हजार बढी सामाजिक संस्था अरुकै भलो गर्न स्थापित छन् तर मुस्किलले ५०० सञ्चालनमा छन् ।

बर्सेनि जिप्रकामा सामाजिक संस्थाले भलो होइन, कूभलो गरेको भनेर सयौं निवेदन पर्छन्, कारवाही हुन्छ वा हुँदैन भगवान जानून् तर अरुको भलो गर्ने विषय त्यति सहज छैन । किनकि आफूलाई बचाएर, जोगाएर अरुको कल्याण गर्नु ठूलो विषय हो ।

आफ्नो भलो गर्ने विषयमा नेपोलियन बोनापर्टको शब्दमा ‘मानिस २ कुराबाट अगाडि बढ्छ, ती हुन् डर र स्वार्थ’ । विना स्वार्थको मानिस संसारमा भेटिन्न पनि । किनकि स्वार्थको परिपूर्ति विना जीवन अनर्थ छ । तपाईंसँग केही छ भने मात्र तपाईंसँग मानिस आउँछन्, नत्र धमिराले काठ छाडेझैं छाड्छन् । त्यस अर्थमा स्वार्थ अनिवार्य छ तर स्वार्थको पनि सीमा र परिधि छ ।

प्रसिद्ध व्यवसायी तथा उद्यमी जेम्स आर कुकको भनाइमा ‘त्यागले भन्दा स्वार्थले धेरै मानिसलाई फाइदा दिन सक्छ’ । वामपन्थीहरूको शब्दमा ‘जसरी चरम पुँजीवादपछि मात्र समाजवाद आउँछ’ । भौतिकवाद र अध्यात्मवाद दुवै अहम् आवश्यक विषय हुन्, तथापि मानिसहरू अध्यात्मवादलाई मन पराउँछन् तर भौतिकवादलाई अवलम्बन गर्छन्, किनकि यो भौतिक सुख, सुविधा, मोजमस्ती, आधुनिक जीवनशैली सबै भौतिकवादमा अडेको छ ।

अरुलाई हानी नहुने तर आफूलाई फाइदा हुन्छ भने झूटो बोल्दा हुन्छ भनेर सिल्भर लाइङ्ग भनिन्छ । हामी आम मानिस आफ्नो फाइदाको पछाडि लागिरहन्छौं तर पनि फाइदा लिन सकिरहेका छैनौं ।

निस्वार्थ कर्म भन्ने अर्को गीताको वाणी छ । ‘कर्म गर तर फलको आशा नगर’ । ‘कर्मण्डे बाधिकारस्ते माफलेसु कदाचन’को सन्देश बढी भाग्यवादमा छ, ‘निस्काम कर्म’ भन्ने विषय झनै कठिन छ । 

आफ्नो भलो कसरी हुन्छ ? केही मानिसहरू सुखी जीवनका लागि एउटा बस्ने बाँस होस्, माया गर्ने श्रीमती होस्, आम्दानीका लागि जागिर होस् भन्ने गर्छन् । के यो नै भलोको विषय हो ? आफ्नो भलो गर्ने सोच समाजमा व्याप्त छ, किनकि अब अरुको भलो गर्ने विषय महंगो भइसक्यो ।

पहिला–पहिला गाउँघरतिर धर्म भकारी राखिन्थ्यो । चैत्र–वैशाखको धुपमा वरपिपलको चौतारीमा माटो घैंटोमा पानी भरेर राखिन्थ्यो बटुवालाई पिउनका लागि । दान, धर्म र नैतिक थियो । अब जहाँ पाप त्यहीँ फलिफाप छ ।

मानिस जीवनभर पैसाको पछाडि भाग्दा–भाग्दा एक दिन मृत्युको शरणमा पुग्छ, उसलाई थाहा हुँदैन कि जीवनका सुनौला दिन कसरी बिते ? उसको दिनचर्या भनेको पैसाका खाँतिर दौड्ने । यही क्रम निरन्तर चलिरहन्छ, आम दुनियाँमा हामी यसरी नै बाँचिरहेका छौं ।

नेपाली समाजमा एउटा भनाई छ, काम गर्दा सधैं बाँचिन्छ भनेर गर्ने, व्यवहार र कारोबार गर्दा एकदिन मरिन्छ भनेर गर्नुपर्छ । यो विषय गम्भीर छ, मननीय छ । किनकि मानिसको मृत्यु अनिवार्य छ तर मानिसले त्यो विषय बिर्सेर जिइरहेको छ ।

भलो गर्ने विषय आ–आफ्नै तर्कबाट व्याख्या गरिन्छ तर अरुको भलो गर्दा आफ्नो भलो हुन्छ तसर्थ व्यवसाय, व्यापार, उद्यम, इलम, उद्योग व्यवसायीले आफ्नो भलोका लागि खोलेका, निर्माण गरेका व्यवसायबाट लाखौंको भलो भएको छ, त्यसकारण आफू भलो जगत भलो भन्ने भनाईमा सत्यता छ ।

आफ्नो भलो गर्ने सोचले कुन दिन हामी गम्भीर समस्यामा पर्नेछौं, त्यतिखेर पश्चातापबाहेक हामीसँग अरु केही विकल्प रहने छैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं ‘रहेछ संसार निसा समान, आएन जिउँदै रहँदा ती ज्ञान’ हुनेछ । तसर्थ २४ घण्टामा केवल आधा मिनेट भए पनि अरुको भलो सोचौं ।

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x