×

NMB BANK
NIC ASIA

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ ।

Muktinath Bank

हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्‍यो भने हामीले न्युरोडको गुदपाक पसललाई सम्झिहाल्छौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षाैंदेखि गुदपाक व्यवसायमा लागेर गुजारा गर्नेहरू न्युरोड र आसपास धेरै छन् ।


Advertisment
Nabil box
Kumari

गुद प्रयोग गरेर बनाइने नेपालको अर्को प्रसिद्ध परिकार भनेको सुत्केरी मसला पनि हो । सुत्केरी मसलाको माग नेपालमा निकै नै छ । शरीर बानिने र दुखाइ कम हुने हुनाले सुत्केरी भएको समयमा यो मसला या गुदपाक खुवाइने पुरानो चलन छ । सुत्केरी मसला बनाउँदा विना गुद बनाउन सकिन्न । जुन मसलामा गुद, गरम मसला र विभिन्न ड्राइ नट्सलाई शुद्ध घ्यूमा भुटेर ब्ल्यान्ड गरिन्छ ।

Vianet communication
Laxmi Bank

गुद केबाट बन्छ ? यसको खेती कसरी गरिन्छ ?

धेरै कमलाई मात्र थाहा छ । गुद गुदपाक बनाउन र सुत्केरी मसला बनाउन मात्र प्रयोग हुँदैन । गुद धेरै खानाका परिकार बनाउँदा मात्र होइन, औषधीय प्रयोजनका लागि पनि निकै प्रसिद्ध छ ।

गुद या बबुलको वैज्ञानिक नाम अकासिया हो । यो विरुवा संसारको जुनसुकै स्थानमा उपलब्ध हुँदैन । गुदको रुख अस्ट्रियामा निकै पाइन्छ र यसलाई स्थानीय भाषामा वाटल भनेर चिनिन्छ भने अफ्रिकामा भेल्ड अर्थात् सबान्ना नामले प्रसिद्ध छ । गुद भनेको एक विरुवाको चोप हो, जुन निकै गडक हुन्छ । गुदलाई दूधमा मिसाएर खान सकिन्छ भने लड्डु बनाउँदा पनि निकै उपयोगी मानिन्छ । विभिन्न थरिको हलुवा बनाउँदा पनि गुद घ्यूमा फुराएर मिसाउने चलन छ ।

हड्डीको समस्या हुनेलाई पनि गुद खुवाइनु निकै उपयोगी मानिन्छ । शरीरमा स्फूर्ति बढाउन पनि बेलाबेला गुदको सेवन गर्नु राम्रो मानिन्छ । मुटु सम्बन्धी समस्या हुनेहरूका लागि पनि गुदको सेवन उत्तम मानिन्छ । पुरुषहरूका लागि झन् गुद सेवन अत्यन्त फाइदाजनक मानिन्छ, जसले शरीरका सम्पूर्ण अंगहरू मजबुत बनाउन मद्दत गरेको हुन्छ ।

दाँतका लागि झन् गुद निकै राम्रो दवाइ नै मानिन्छ । मिस्री, दही, दूध या कुनै पनि मिठाइमा गुद मिसाएर खान सकिन्छ र यसका कैयौ फाइदाहरू छन् । गुद खानाले लु लाग्ने डर पनि हुँदैन । क्यान्सर, घाँटीमा गलगाड, शरीरमा हुने इन्फेक्सन सबैजसो समस्याहरूको समाधानका लागि गुद बहुउपयोगी हुन्छ । घाँटीमा टन्सिल हुने समस्याका लागि पनि गुद उपयोगी मानिन्छ ।

खासै भन्ने हो भने गुदको खेती किसानहरूले गर्दैनन् । गुदको रुख जंगल या मरुभूमितिर आफैं हुर्केको हुन्छ । किसानहरूले जंगलमा गएर कुनै हतियारले रुखलाई केही भाग काटेर चोट लगाइ छाडेको हुन्छ र त्यहीबाट चोप झर्न थाल्छ र जम्छ । जमेपछि यसको रंग क्रिस्टल या मिस्री जस्तो देखिन्छ र यसलाई बजारमा बेच्न लगिन्छ ।

बजारमा गुदको माग बढ्दो छ र किलोको ३०० देखि ३ हजार रुपैयाँसम्ममा बेचिन्छ । गुदको माग दिनानुदिन बढ्दै जाँदा भारतीय किसानहरूले यसको व्यावसायिक खेती समेत शुरू गरेका छन् । १२–४५ डिग्री सेन्टिग्रेट तापक्रममा यसको खेती सजिलै गर्न सकिन्छ, जहाँ उर्बराशक्ति कम छ, त्यो ठाउँमा गुदको खेती गर्न सकिन्छ ।

भारतमा गुदको खेती गर्नेलाई सरकारबाट ५० प्रतिशतसम्म अनुदान प्रदान गरिएको छ । बजारमा यसको माग दिननुदिन बढ्दै जाँदा जंगलबाट संकलन गरिएको गुद अपुग भएका कारण सरकारले किसानलाई प्रोत्साहनस्वरूप यसको खेती गर्न अनुदान प्रदान गर्दै आएको छ ।

विभिन्न औषधि बनाउन प्रयोग गरिने गुद आयुर्वेद दुनियाँमा पनि निकै उपयोगी जडी मानिन्छ । मूत्रदोषको समस्या निदानका लागि पनि गुद राम्रो मानिएको छ । कब्जियत समस्या हुनेका लागि पनि गुदका धेरै गुणकारी फाइदा छन् । महिलाहरूको स्तन बढाउन पनि गुद फाइदाकारी मानिएको छ । पकवान क्षेत्रमा पनि गुदको ठूलो योगदान छ । सलाद बनाउँदा होस् या सस बनाउँदा होस्, गुद हालेर बनाउँदा छुट्टै मिठास र स्वास्थ्यलाभ मिल्छ । 
विभिन्न मिठाइ तथा आइसक्रिम बनाउन पनि गुदको प्रयोग गरिन्छ । गुद एक प्राकृतिक जडीको गम भएका कारण खासै साइडइफेक्ट पनि हुन्न । गुदको कुनै–कुनै प्रजाति भने हानिकारक पनि हुनसक्छ । तसर्थ खान मिल्ने गुदको रुखबाट मात्र चोप निकालेर सुकाइ प्रयोग गर्नुपर्ने हुन्छ । मासिक रक्तश्राप गडबड हुनेलाई पनि गुद सेवन फाइदाजनक छ । माइग्रेन र टाउको दुख्ने समस्या हुनेलाई पनि गुद राम्रो मानिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x